इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने
काठमाडौं । इसेवाले नगद चाहिएको खण्डमा प्रयोगकर्ताहरूलाई सहजता प्रदान गर्न आफ्नो एटीएम विथड्र सेवा विस्तार गरेको छ । अब इसेवा प्रयोगकर्ताहरुले आवश्यक परेको खण्डमा एनआईसी एशिया बैंकको एटीएमबाट सजिलै पैसा निकाल्न सक्नेछन् । यस अघि एभरेष्ट बैंक मार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एशियामा पनि बिस्तार गरेको हो । यो प्रक्रिया दुई चरणको रहेको छ । पहिलो चरणमा इसेवा प्रयोगकर्ताहरुले आफ्नो इसेवा एपमा गई ओटीपी प्रक्रिया पूरा गर्नुपर्नेछ भने दोस्रो चरणमा नजिकैको एनआईसी एशिया बैंकको एटीएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ । यो प्रक्रिया सहजसँगै सुरक्षित पनि रहेको इसेवाका रणनीतिक बैंकिङ तथा वित्तीय समाधान प्रमुख हेम घिमिरेले बताएका छन् ।
चीनको कार बिक्री जनवरीमा १२ प्रतिशतले घट्यो, एक वर्षकै सबैभन्दा ठूलो गिरावट
काठमाडौं । चीनको कार बिक्री जनवरीमा १२ प्रतिशतले घट्यो, जुन सेप्टेम्बरयता पहिलो गिरावट हो र झण्डै एक वर्षमा सबैभन्दा ठूलो गिरावट हो । यो कमी संसारकै सबैभन्दा ठूलो अटो बजारमा बढ्दो प्रतिस्पर्धाको संकेत हो । पहिलो दुई महिनामा यात्रु सवारी बिक्रीमा ठूलो उतारचढाव देखिने गर्छ । विश्लेषकहरूका अनुसार सन् २०२४ को अन्त्यतिर वार्षिक बिक्री लक्ष्य पूरा गर्न अटोमोबाइल कम्पनीहरू दौडधूपमा लागेका थिए, जबकि उपभोक्ताहरूले सरकारी अनुदान सकिनुअघि छुट लिन हतारिएका थिए । अनुदान विस्तारबारे घोषणा गत महिना मात्रै गरिएको थियो । चीन यात्री सवारी संघ (सीपीसीए) का अनुसार विद्युतीय सवारी (ईभी) र प्लग-इन हाइब्रिड (एनईभी) बिक्री १०.५ प्रतिशतले वृद्धि भएर कुल बिक्रीको ४१.२ प्रतिशत हिस्सा ओगट्यो । यो दोस्रो महिना हो, जहाँ एनईभी बिक्री पेट्रोल गाडीभन्दा कम भएको देखिएको छ। सीपीसीएका महासचिव भन्छन्, ‘लुनार न्यू इयर अघि ग्रामीण क्षेत्रमा गाडी किन्ने चाप उच्च हुने गर्छ, जसमा पहिलो पटक गाडी किन्नेमध्ये अधिकांशले पेट्रोल गाडी रोज्ने गर्छन् ।’ २०२५ भरि एनईभी बिक्री ५७ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन २०२४ मा ४७ प्रतिशत थियो । चीनको अटो बजार यस वर्ष बिस्तारै बढ्ने देखिए पनि सरकारी अनुदान जारी राखिएको छ । बीवाईडीजस्ता ईभी कम्पनीहरू तेस्रो वर्ष पनि मूल्य युद्ध गर्दैछन् । बीवाईडीले सोमबार उन्नत स्वचालित ड्राइभिङ विशेषता भएको ईभीको प्रारम्भिक मूल्य ९ हजार ५५५ सम्म घटाएको छ, जसले टेस्लाजस्ता प्रतिस्पर्धीलाई ठूलो चुनौती दिएको छ । टेस्लाले चीनमा छुट र वित्तीय प्रोत्साहनहरू विस्तार गर्यो जबकि एक्सपेङ्ग र निओले पनि शून्य ब्याजदरमा पाँच वर्षसम्मको वित्तीय योजना उपलब्ध गराए । कार निर्यातको वृद्धि सुस्त देखिएको छ । जनवरीमा निर्यात ३ प्रतिशत मात्र बढेर ३ लाख ८० हजार युनिट पुगेको छ, जुन डिसेम्बरको ६ प्रतिशत वृद्धिभन्दा सुस्त हो । मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै चीनमा टेस्ला कारको बिक्री ११.५ प्रतिशतले घट्यो, घरेलु प्रतिस्पर्धा बढ्दै
सेयर बजारमा ७ अर्बको कारोबार, ४ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १३४ कम्पनीको मूल्य बढ्दा ९८ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार २९९ कम्पनीको १ करोड ३९ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै सीइडीबी होल्डिङको भएको छ । सीइडीबीको ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी हाइड्रोपावरको ३५ करोड, युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १९ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । मंगलबार ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । विकास बैंक समूह २.३७, जलविद्युत् १.५७, लगानी ०.४८, उत्पादन तथा प्रशोधन ०.०१ र म्युचुअल फन्ड ०.५२ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.२०, वित्त ०.२९, होटल तथा पर्यटन ०.४७, जीवन बीमा ०.०८, लघुवित्त ०.०४, निर्जीवन बीमा ०.४३, व्यापार १.०५ र अन्य समूह ०.०१ प्रतिशतले घटेको छ ।
सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यसै क्रममा सानिमा बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेलगाउँस्थित न्यानो लुगा हस्तान्तरण गरेको हो । कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको हो । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो । बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्ने योजना जनाएको छ ।
नेपाल पर्वतारोहण संघका स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा सुविधा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी र नेपाल पर्वतारोहण संघबीच सम्झाैता भएकाे छ । नेपाल पर्वतारोहण संघका आफ्ना स्रोत सदस्य पदयात्रा एजेन्सीहरूमार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकहरुका लागि न्यूनतम मूल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता भएकाे हाे। हालै भएको सम्झौतापत्रमा संघका अध्यक्ष नीमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ)चंकी क्षेत्रीले हस्ताक्षर गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावली अनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरूको लागि न्यूनतम १५ लाख रुपैयाँ बरावरकोको दुर्घटना बीमा, ४ लाख रुपैयाँ बराबरको स्वास्थ उपचार बीमा तथा अमेरिकी डलर १० हजार बराबरको खोजतलास तथा हेलिकोप्टर उद्धार बीमा गरिनुपर्ने व्यवस्था अनुरुप नेपाल पर्वतारोहण संघद्वारा सूचीबद्ध २७ चुचूराहरुको लागि विशेष बीमा योजना ल्याएको हो । साविकमा पदयात्रा एजेन्सीहरुले महंगो शल्कमा बीमालेख खरिद गर्नु परेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा यो बीमा योजना ल्याएको हो । यो सिजनका लागि ट्रेकिङ बीमा योजना मार्च ०१, २०२५ देखि लागु हुनेछ ।
कोदोको ब्राण्डिङमा आर्क्स ग्रुप, निर्यात गरेर विश्वव्यापी बनाउने रणनीति
काठमाडौं । आर्क्स ग्रुपले नेपालको ग्रामीण भेगमा फल्ने कोदोलाई अन्तर्राष्ट्रियकरण गर्ने योजनाअनुरुप कोदोको विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । होटल, मोटर्स, हेल्थकेयरलगायत क्षेत्रमा लगानी गरिरहेको यस ग्रुपले अहिले कोदोको प्रडक्टहरु पनि बजारमा ल्याएको हो । ग्रुपले आर्क्स फुड अन्तर्गत कोदोका प्रडक्टहरु बनाएर अहिले बिक्री गरिरहेको छ । आक्र्स फुड यो ग्रुप अन्तर्गतको एउटा कम्पनी हो । जसले सिङ्गापुरकै कफी ब्रान्ड म्याग कफी, चाइनाबाट डीडीएन ब्रान्डको सोडा क्र्याकर बिस्कुट र भारतबाट चकलेट लगायतका फुड आइटम आयात गरेर बिक्री गर्दै आएको छ । लामो समयदेखि विदेशी फुडलाई आयात गर्दै नेपालमा बजारीकरण गरिरहेको आर्क्स फुडले अहिले स्वदेशी फुड उत्पादन गरेर नेपाली बजारमा ल्याएको बताएको छ । आयातलाई जोड दिइरहेको आर्क्स फुडले कोभिड १९ पछि भने स्वदेशी उत्पादनलाई जोड दिएको बजार निर्देशक गोपालकृष्ण श्रेष्ठले बताए । ‘ल्याउन पनि सजिलो, बिक्री गर्न पनि सजिलो, बजारमा पनि सहजै बिक्री हुँदा कुनै टाउको दुखाइ थिएन । तर, कोभिडपछि बजारमा आर्थिक समस्या देखियो त्यसपश्चात् नेपालमै उत्पादन भएको प्रयोग गरौं भन्ने कुरा आयो अनि यतातिर लाग्यौं,’ उनले भने । नेपाली कुन प्रडक्टलाई कसरी बजारमा ल्याउने, त्यसको मार्केट कस्तो गरी बजारमा ल्याउने भन्ने विषयमा ग्रुपभित्र विविध छलफल भयो । त्यसपछि कोदोलाई बजारीकरण गर्ने उद्देश्यका साथ अहिले कोदोको विभिन्न परिकार बनाएर बिक्री गरिरहेको उनले बताए । विगत २ वर्षदेखि आफ्नै उद्योग स्थापना गरी आर्क्स ग्रुपले आर्क्स फुड बजारमा ल्याएको छ । आर्क्स फुडले अहिले बजारमा आफैले उत्पादन गरेको बिस्कुट, कुकिज, पफ ल्याइरहेको छ । ‘हामीले नेपाली बजारलाई मात्र टार्गेट गरेर हुँदैन, यसलाई विदेशी बजारसम्म पुर्याउन सक्नुपर्छ,’ बजार निर्देशक श्रेष्ठ भन्छन्, ‘अहिले हामीले निर्यातमा विशेष जोड दिइरहेका छौं ।’ कोदोमा जोड नेपालमा प्राचीनकालदेखि फल्ने महत्वपूर्ण अन्नबाली हो कोदो । जसलाई नेपालीहरूले गरिबको खानाको रूपमा चिन्ने गरेका थिए । नेपाली बजारमा मैदा, चामल आएसँगै धेरै नेपालीले कोदो खान छोडिसकेका थिए । यतिसम्मकि यो अन्नलाई हेला गरी धेरैले खेती लगाउन समेत छोडे । तर, विस्तारै नेपालीहरूले रैथाने खानालाई बुझ्न थालेका छन् । श्रेष्ठ यही मौकामा कोदोको फुड बजारमा ल्याएको बताउँछन् । उनका अनुसार कोदोको फुड बजारमा ल्याउनुको अर्को कारण पनि छ । आर्क्स फुडले उद्योग सञ्चालनमा ल्याइसकेपछि सुरुमा ‘दामी पफ’ बजारमा ल्यायो । दामी पफ बजारमा आउँदा उपभोक्ता स्वास्थ्यप्रति निकै सचेत भइसकेको पाइयो । धेरैले मैदा खान हुँदैन भन्ने बुझिसकेका थिए । दामी पफ वितरण गर्दैगर्दा धेरै उपभोक्ताले आर्क्स फुडलाई सल्लाह नै दिन थाले । उपभोक्ता नै मैदाबाट टाढा हुन थालिसकेपछि आर्क्स फुडलाई फेरि सोच्न बाध्य बनायो । नेपालमै उत्पादन गर्न उद्योग पनि स्थापना भइसक्यो तर, उपभोक्ता यो खान तयार भएन,’ श्रेष्ठ भन्छन्, ‘यो कुराले हामीलाई नेपालमै उत्पादन भएको नेपाली अन्नबाटै बनाउनुपर्छ भन्ने भयो । यो कुरामा धेरै वर्कआउट गर्यौ- कोदोलाई सुपर फुड पनि भनिँदो रहेछ, यो स्वस्थकर पनि रहेछ र कोदो मैदाको उत्कृष्ट विकल्पको रूपमा कोदोलाई पायौं ।’ उपभोक्ताको रुचि र स्वास्थ्यलाई रोज्दै कोदोको फुड बजारमा ल्याएको उनको भनाइ छ । सहजै रूपमा कोदो उपलब्ध धेरैजसो नेपालीले कोदोको महत्व बुझेपनि उत्पादन गर्नेहरूको संख्या भने थोरैमात्र छ । अहिलेको युवापुस्ता धेरैजसो विदेश र नेपालमा भएका युवाहरू पनि कृषिमा आकर्षण छैन । जसकारण कोदोको उत्पादन पर्याप्त नभएपनि अपर्याप्त भने अहिले छैन । गोपालकृष्ण श्रेष्ठ । पश्चिमी पहाडमा अहिले पनि कोदोको उत्पादन राम्रै हुन्छ । बजार निर्देशक श्रेष्ठ सहजै रूपमा कोदो पाइरहेको बताउँछन् । आर्क्स फुडले बनाइरहेको सामग्री अहिले त्रिशुली क्षेत्रको कोदोको हो । बिस्कुट, कुकिज, पफको उत्पादन भक्तपुरको च्यामासिंहमा फ्याक्ट्री बनाइएको छ । श्रेष्ठले फुडको लागि नेपालमै उत्पादन गरिएको कोदो प्रयोग गरिएको बताए । बजारमा रुचाइयो आर्क्स फुडले कोदोको सामाग्री उत्पादन गरेर बजारीकरण सुरु गरिएको ६ महिना भयो । ६ महिनामै यसले उपभोक्ताको मन जितेको श्रेष्ठको दाबी छ । अहिले बजारमा जताततै खोजी हुने खाद्यान्नमा कोदोको पिठो पर्छ । ‘छोटो समयमै हाम्रो उपभोक्ताले फुड मन पराएका छन्,’ उनी भन्छन्, ‘अहिले हाम्रो उत्पादन पूर्वको बिर्तामोडदेखि पश्चिम महेन्द्रनगरसम्म पुगेको छ, विदेशमा पनि यसको माग बढिरहेको छ ।’ ‘सुरुमा हामीलाई डर लागेको थियो, कोदो स्वस्थकर मात्र भएर भएन, यसमा बिस्कुटको टेस्ट पनि मिलाउनुपर्ने थियो, बजारमा सामग्री ल्याउँदो कस्तो प्रभाव पर्छ भन्ने थियो तर, पहिलोे ट्रायलमा राम्रो प्रतिक्रिया आयो,’ उनले थपे । श्रेष्ठ उत्पादन गरेको टेस्ट सबैले मन पराउँदा निकै खुसी लागेको बताउँछन् । पहिले काठमाडौंलगायतका केही मार्केटमा सुरु गरेको फुडको राम्रा प्रतिक्रिया आएपछि पोखरा, वुटवल, नारायणगढ, लगायत विभिन्न सहरमा सामग्री पुगेको छ । निर्यातकाे लक्ष्य आर्क्स फुडले लक्ष्य गरेको बजार विदेशी हो । स्वदेशसँगै विदेशलाई प्राथमिकतामा राखेर उद्योग सञ्चालनमा ल्याइएको हो । श्रेष्ठ नेपालको बजार पर्याप्त नभएको बताउँदै यसले मात्र व्यवसाय धान्न मुस्किल पर्ने बताउँछन् । आर्क्स फुडले उत्पादन गरेको ‘दामी पफ’ अहिले अस्टे«लिया, न्यूजिल्याण्ड निर्यात सुरु गरिएको छ भने कोदो विस्कुट र कुकिजको लागि पनि यी दुई देशबाट माग आइसकेको श्रेष्ठले बताए । आर्क्स ग्रुपले करिब ५ करोडको लगानीमा यो उद्योग सुरु गरेको हो । यो उद्योगले ५५ देखि ६० जनालाई उत्पादनतर्फ प्रत्यक्ष रोजगारी दिएको छ भने मार्केटिङमा २२ जनाले रोजगारी पाएका छन् । यो ग्रुपको अध्यक्ष राजेश काजी श्रेष्ठ हुन् । आगामी योजना कोदोको फुडले राम्रो बजार लिएपछि आर्क्स फुडले बजार बढाउने योजना बनाएको छ । जसका लागि निरन्तरता आवश्यक हुने श्रेष्ठको भनाइ छ । यसले चाँडै कोदोको पफ बजारमा ल्याउने योजना बनाउको छ भने निकट भविष्यमै फापर मकैको बिस्कुट तथा कुकिज सार्वजनिक गर्ने योजना बनाएको छ । ‘युके, डेनमार्क लगायतका देशमा पनि यसको माग छ,’ उनी भन्छन्, ‘गर्न सक्यो भने राम्रै हुँदो रहेछ, अब हामी कोदोको नयाँ आइटम पनि ल्याउँछौं । लोकल उत्पादनलाई जोड दिन्छौं ।’ यसका लागि प्रत्यक्ष किसानसँग पुग्ने योजना यो ग्रुपले बनाएको छ । अहिले पनि नेपालमा कोदो बाहिरबाट आयात हुन्छ । नेपाली कोदोको पीठोको बजार मूल्य १ सय २० देखि ४० हुँदा आयातित पिठो निकै सस्तो छ । श्रेष्ठ भन्छन्, ‘हामीले आयातित् पिठो प्रयोग गर्दैनौं, सकेसम्म नेपालमा नेपालीले उत्पादन गरेको अन्न प्रयोग गर्छौं, यसले राम्रो मूल्य किसानले पाउन्, हामीले पनि राम्रो सामग्री पाऊँ भन्ने अपेक्षा हो ।’ आर्क्स फुडले उत्पादन गरी बजारमा ल्याएको कोदोको बिस्कुट र कुकिजको मूल्य कच्चा पदार्थ प्रयोग गर्दा मूल्य धेरै पर्छ तर अहिले बजारको अन्य बिस्कुट, पफ, कुकिजको मूल्य सरह बेचिएको उनले बताए । ‘हामीलाई अहिले फाइदाभन्दा पनि मार्केट राम्रो बनाउनु छ । अहिले यसको टेस्ट र बजारको लागि अरू मैदावाला सरह नै मूल्य राखिएको छ, मार्केट बनिसक्छ त्यसपछि मूल्य हेरफेर गर्न सकिन्छ,’ उनले भने ।
८ करोड बढी खर्चेर बनाइयो पालिकाको पक्की भवन
त्रिवेणी । आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ । विसं २०७९ माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई सात करोड ५९ लाख ६२ हजार ६८५ रुपैयाँ भुक्तानी भइसकेको छ । तीनतले उक्त भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ ।
लीपमोटरको ‘२० हजार डलर’ को ‘स्मार्ट ईभी’ सार्वजनिक
काठमाडौं । लीपमोटरले मंगलबार स्मार्ट ड्राइभिङ प्रविधिसहितको नयाँ विद्युतीय सवारी (ईभी) सार्वजनिक गरेको छ । सार्वजनिक गरेको सवारीको मूल्य १ लाख ५० हजार युआन (२०,५३५ डलर) भन्दा कम राखिएको छ । यो घोषणा बीवाईडीले यस्ता स्मार्ट ईभीको मूल्य घटाएको भोलिपल्ट आएको हो । लीपमोटरले आफ्नो बी टेन मोडेलको प्रारम्भिक बिक्री मार्च १० देखि सुरू गर्ने जनाएको छ । यो कम्पनीको पहिलो ईभी हो, जुन लिडार (एउटा दूरसंवेदन प्रविधि जसले लेजर प्रयोग गरेर दूरी मापन गर्छ र पृथ्वीको सतहको थ्रीडी मोडेल सिर्जना गर्छ) र सहरी ट्राफिक स्मार्ट ड्राइभिङ क्षमतासहित आउनेछ । चीनको बीवाईडीले सोमबार अधिकांश मोडेलहरूमा उन्नत स्वचालित ड्राइभिङ सुविधाहरू समावेश गर्ने घोषणा गर्यो, जसमा केही मोडेलहरूको मूल्य ९ हजार ५५५ जति कम राखिएको छ । विश्लेषकहरूका अनुसार यो रणनीति टेस्लाजस्ता प्रतिस्पर्धीहरूलाई ठूलो चुनौती दिनेछ र ईभी बजारमा नयाँ मूल्य युद्ध सुरु गर्नेछ । लीपमोटर स्टेलान्टिसको चिनियाँ साझेदार हो ।