विकासन्युज

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओ बाँडफाँड

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओको बाँडफाँड मंगबार सम्पन्न भएको छ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो । १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले गत फागुन २२ गते सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्त्ता सेयर निष्कासन गरेको थियो । कुल १९ लाख ६५ हजार ८११ जनाले निवेदन दिएकोमा १० हजार १२६ जनाको आवेदन रद्द र ११ लाख ५५ हजार ६८५ आवेदन स्वीकृत भएको थियो । मागभन्दा धेरैको आवेदन परेकाले गोलाप्रथामार्फत आईपीओ बाँडफाँड भएको थियो । गोलाप्रथाबाट १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन् । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको कूल २२ लाख ५० हजार ००० कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई ३ प्रतिशत अर्थात ६७ हजार ५०० कित्ता साधारण सेयर कम्पनीका कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेपश्चात् बाँकी रहेको १ लाख ८४ हजार ५०० कित्ता साधारण सेयरहरु सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

जापानमा एक वर्ष : बैंकको किस्ता र साहुको ऋण

परदेशमा आत्महत्या गर्नेहरूको संख्या बढ्दै गएको देखेपछि मेरो मनमा लागेका, परदेश आएपछि मैले भोगेका, देखेका र अनुभव गरेका केही तीतामीठा सन्दर्भहरू जस्ताको त्यस्तै यस आलेखमार्फत प्रस्तुत गर्न मन लागेर पाठकहरूमाझ यो सामग्री पस्केको छु । हेर्दाहेर्दै स्वदेश छाडेर विदेशी बनेको पनि करिब एक वर्ष पुरा हुन लागेछ । यो एक वर्षको अवधिमा मैले परदेशमा केही कुरा सिक्ने, देख्ने र भोग्ने अवसर पाएँ । परदेश के रहेछ ? घरदेश र परदेशमा के फरक रहेछ ? परदेशमा नेपालीको अवस्था कस्तो छ ? नेपाली-नेपालीबीचको व्यवहार कस्तो हुँदो रहेछ ? के-कस्ता काम गर्नुपर्ने रहेछ ? काम पाउन र कमाउन कत्तिको सजिलो, असजिलो रहेछ ? भन्ने बारेमा मैले प्रत्यक्ष देखे-भोगेका अनुभव र थाहा पाएका केही कुरा यस आलेखमार्फत प्रष्ट पार्ने कोसिस गरेको छु । हामी धेरैलाई थाहा भएकै कुरा हो, परदेश आफ्नो देशभन्दा बाहिरको देश हो । नेपालको सन्दर्भमा भन्नु पर्दा हाम्रो देशको सिमाना भन्दाबाहिर जानु परदेशिनु हो । मानिसहरू विभिन्न कारणले परदेशिने गर्दछन । रोजगारी, अध्ययन, व्यापार व्यवसायका लागि मान्छे विदेशिन्छ । घरदेश र परदेशबीच धेरै कुराहरूमा भिन्नता छ । अहिलेलाई यसरी बुझौं जहाँ हाम्रो जन्म हुन्छ, हाम्रो पहिचान हुन्छ, समाज र संस्कृति हुन्छ । भाषा, परिवार र घर हुन्छ त्यो हाम्रो घरदेश हो । जहाँ हाम्रो लागी सबै चिज नयाँ हुन्छ । हामीले जानेको केही पनि हुँदैन । हाम्रो कोही पनि हुँदैन । हाम्रो बस्ने खाने वातावरण फरक हुन्छ । भाषा, संस्कृति र अपनत्वको कमी हुन्छ । संघर्ष र अवसर दुवै हुन्छन, त्यो परदेश हो । धेरैको मनमा लाग्न सक्छ, घर छोडेर विदेशिएका नेपालीहरूको परदेशमा व्यवहार कस्तो हुन्छ होला ? उनीहरूबीचको सम्बन्ध कस्तो हुन्छ होला ? यो विषय व्यक्तिमा निर्भर हुने विषय हो । व्यक्तिले जन्मसिद्ध बोकेर ल्याएको र सामाजिक वातावरणले तयार गरेको आनीबानी उसले घरदेश वा परदेश जहाँ भएपनि अभिव्यक्त गर्दछ । कसैको सहयोगी, दयालु र समन्वयतात्मक भावना हुन्छ । उनीहरुमा मानवीय पक्ष सवल हुन्छ । दुःख अनि आपत विपतमा परेकाहरूलाई सहयोग गर्नु उनीहरुको आदत हुन्छ । अर्काथरिमा मानवीय भावनामा सहयोगी भाव कम हुन्छ । ‘आफू भलो त जगत भलो’ भन्ने सोच राख्ने उनीहरूमा दया, मायाभन्दा आडम्वर, स्वार्थ र निर्दयीपना बढी हुन्छ । जसले कुनै प्रकारको मानवीय कार्यमा सहभागिता जनाउनुलाई फगत समयको बर्बाद सम्झन्छन । परदेश आएका धेरै नेपालीहरू विभिन्न समस्याले जेलिएका हुन्छन । काम नपाउनुमात्र हैन समय-समयमा दुःख बिरामी हुनु नेपालीहरूको समस्या हो । यति मात्र होइन, कहिलेकाहीँ त प्राणघातक रोगहरू पनि लाग्ने गर्दछ । यस्तो रोग लाग्दासमेत पहिलो थरिका नेपालीहरू सहयोग गर्न अघि सरेका हुन्छन, अभियान सञ्चालन गरेर सहयोग गर्नु आफ्नो धर्म र कर्म दुवै सम्झन्छन । दोस्रो थरि मान्छेलाई यी सब चिज फगतजस्तो लाग्छ । मलाई यस्तो लाग्दैन कि परदेशमा सबैलाई राम्रो छ । यसको मतलब यो पनि होइन कि परदेशमा सबैलाई नराम्रो छ । यो सबै आफ्नो भाग्य, मिहिनेत र परिश्रमको कुरा हो । मैले यहाँ राम्रो कमाएर राम्रो प्रगति गरेका मान्छेहरू पनि देखेँ । अर्को, यहाँ बिचल्लीमा परेका खान बस्न समेत समस्या भएका र कलेजको शुल्क जुटाउन समेत धौ–धौ भएका मान्छेहरु पनि देखेँ । यस्तो समस्या मैले पनि भोगेँ । परदेश आएको एक वर्ष पुग्नै लाग्दा यस अवधिमा मैले करिब ६ महिना मात्रै काम गर्ने मौका पाएँ । ६ महिना कमाएको पैसाले विदेशमा ६ महिना पनि खान पुग्दैन । नेपालबाट आउँदा लागेको ऋणको त के कुरा गर्नु र ? एक दिन मात्रै काम नगरेर खाली बस्ने हो भने कति गाह्रो छ कति । त्यो विदेशमा आएर काम नपाएर बसेकालाई मात्रै थाहा हुँदो रहेछ । परदेशमा एक्लै रहने अनि हर परिस्थितिमा खुशी हुँदै संघर्ष र परिश्रम गर्नुपर्ने हुन्छ । हामीले घरदेशबाट हेर्दा सामाजिक सञ्जालमा देखिने मनोरम र सुन्दर दृश्यहरु हाम्रा लागि बनेका हैनन् कि जस्तो लाग्छ । ‘हाफ फआई’ गर्दै ढल्कदै हिँडेका, चिल्लो कारको अगाडी पछाडी बसेर, चिल्ला सडकमा गगनचुम्बी महललाई दायाँ–बायाँ पारेर खिचेका फोटाहरु घरदेशबाट हेरे जस्तो छैन परदेश । आफुभित्र अलिकति हिम्मत नभएपछि निकै गाह्रो हुनसक्छ परदेश । कोही नभएपनि आफ्नो लागि भएपनि बाँच्नु पर्छ भन्ने सकारात्मक सोंचको विकास गर्न सक्ने जस्तोसुकै खराब परिस्थिति सँग पनि मुकाविला गर्न सकिन्छ । आफुप्रतिको विश्वास टुट्न नदिनु मुख्य कुरा हो । मनोवल सधैँ उच्च राख्ने काम गर्नुपर्छ, कहिल्यै पनि हिम्मत हार्नु हुँदैन । परदेश आइसकेपछि समय परिस्थिति अनुसार जे जस्ता समय र परिस्थिति आएपनि म सहन सक्छु र जमेर सामना गर्ने औकात छ भन्ने उच्चस्तरको आत्मविश्वास हुनु पर्दछ । परदेश आएपछि यति चाहिँ सोच्नैपर्छ कि घरमा रहेका ती बुढा आमाबुवाको आर्शीवाद लिएर निधारमा टिका लगाई दिँदा दिएको आशीषवचन । बुवा आमाले आशिरवचनका साथ बोलेको शब्दहरु हाम्रो मानसपटलमा सधैँ ताजा रहनु पर्दछ । ती बुढा आमाबुवाको खुसीका लागी भएपनि केही गर्नेपर्छ । परदेशी जीवन यस्तै हो । श्रम गर्दा पसिना बग्छ नै । आफन्तजन र प्रीयजनहरुको यादले आँसु बग्छ । चाडपर्वको समयमा त अझ बढी घरदेशको यादले मुटु पोल्छ, अनि छाती चिरिएको भान हुन्छ । तर, पनि हामीले कहिल्यै हिम्मत भने हार्नु हुँदैन । आफुले आफैसित प्रतिस्पर्धा गर्नुपर्छ न कि अरु सँग । अरुको कमाइ कति छ ? अरुको घर परिवार कस्तो छ ? अरुको तलब कति छ ? यस्ता कुरामा कहिल्यै ध्यान दिनु हुँदैन । मेरो कसैसँग प्रतिस्पर्धा छ भने त्यो म आफै हो भनेर सोचाइ राख्नुपर्छ । आफुलाई अरुको तुलना गर्दा मान्छे कहिल्यै सुखी र खुसी हुँदैन । आफुलाई कमजोर बनाउने काम कहिल्यै गर्नु हुँदैन । आत्महत्या गर्ने सोंच कहिल्यै राख्नु हुँदैन । हामी करोडौ शुक्रकिटहरुलाई जितेर आएका हौं । आमाको गर्भमा रहँदादेखि नै प्रतिस्पर्धा र संघर्ष गर्दै आएका हामी संघर्षदेखि किन डराउनु ? हामीले कहिल्यै पनि हार मान्नु हुँदैन । हामीले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार भएर बस्नु पर्छ । परिस्थिति अनुकुल भए ठिकै छ प्रतिकुल भए अनुकुल बनाउने प्रयासमा लाग्नु पर्दछ । परदेश आएपछि धेरै कुरामा तनाब हुन सक्छ । कहिले एक्लै भइएला, एक्लै भए भनेर निराश होइन, भोलीको आशमा अघि बढ्नु पर्छ । धेरैमा त डिप्रेशनको समस्या देखिने गर्छ । यस्तो बेला आफुमा आत्मविश्वास अधिक हुनु पर्दछ । सधैँ सकारात्मक सोंच राख्नु पर्छ । आफ्नो मन लाई नियन्त्रण गर्ने क्षमताको विकास गर्नुपर्छ । आत्मविश्वका साथ आफैसँग लड्नु पर्छ, भिड्नु पर्छ । परदेशमा हामी घरदेशमा सोचेको जस्तो सजिलो छैन । सपनाको गन्तव्य त कति टाढा छ कति । मेहनत गर्न मन लाग्दैन । मेहनत नगरेसम्म गन्तव्यमा पुग्न सकिँदैन । गन्तव्यमा नपुगेसम्म हाम्रो आत्मबल दह्रो हुँदैन र बनाउन सकिँदैन । त्यो गन्तव्यसम्म पुग्न निकै कठिन हुन्छ । आएको चार पाँच वर्षसम्म नेपालबाट आउँदा लागेको ऋण तिरी नसकेका हरु पनि थुप्रै भेटेको छु । पदरदेश आएपछि मान्छेलाई पैसाको मात्रै ऋण हुँदैन । यहाँ कतिपय गुनासोका पनि ऋण हुन्छन् । कसैको बैैगुनको ऋण हुन्छ । कतिपयको बचनको ऋण हुन्छ । सबैभन्दा ठूलो कुरा यहाँ आएपछि इज्जतको ऋण हुन्छ । सुनौलो भविष्य निर्माण गर्ने इच्छा हुन्छ । त्यसैले पीडा बिनाका मान्छे भेटाउन नै गाह्रो हुन्छ । पीडा कसलाई हुँदैन र ? सबैलाई छ फरक यत्ति हो कसैले रोएर देखाउम्छन त कसैले मनभित्रै गुम्साएर राख्छन् । त्यसैले आत्महत्या समस्याको समाधान कदापी होइन । बरु के भएको छ, आफ्नो परिवारसँग कुराकानी गर्नुपर्छ । सबै कुरा बुझ्न सक्ने मान्छेलाई आफ्ना समस्या सुनाउनु पर्छ । कसैले पनि गलत निर्णय लिनु हुँदैन । एकदिन सबै सोचेको जस्तो हुन्छ भनेर मनलाई चित्त बुझाउनु पर्छ । सान्त्वना दिनुपर्छ । विदेशमा बस्ने हामी पनि यहाँ गरिने संघर्ष र पश्रिमका कहानीहरुलाई वास्तवविक रुपमा देखाउनुपर्छ । जस्तो बि विदेश आउँदा साहु महाजनवाट लिएको ऋण, अनि हरेक महिना बैंकलाई तिर्नु पर्ने किस्ताले दिने पीडा, परदेशमा आएपछि होटल, रेष्टुराँ, अस्पताल, सुपरमार्केटमा खटेर गर्नु पर्ने काम । के कस्तो काम गर्दै हुनुहुन्छ त्यो पनि बताई दिनु पर्छ । कामको शिलशिलामा हुने मानसिक तनाव र पीडाहरू पनि भनिदिनु पर्छ । विदेशमा बस्दा घरपरिवार, समाज रीतिरिवाज, चाडपर्व लगायत सामाजिक कारणले हुने पीडा पनि सुनाउनुपर्छ । कति समय खट्नु पर्छ त्यो पनि भनिदिनु पर्छ । सामाजिक सञ्जालमा देखिने तपाईंको मोजमस्तीको जीवनशैली तडकभडक भन्दा सामान्य जीवनशैली जीउन सक्नुपर्छ । (लेखक केसीको घर गंगादेव गाउँपालिका ६ रोल्पा हो, हाल उनी जापानमा छन् ।)

ट्रम्पको ट्यारिफ असर : ओईसीडीले घटायो विश्वव्यापी आर्थिक वृद्धिको अनुमान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफले संसारभरि हलचल मच्चाएको छ । उनले चीन, मेक्सिको र क्यानडामा ट्यारिफ लागू गरिसकेका छन् भने अर्को महिना धेरै देशहरूमा ट्यारिफ लगाउने घोषणा गरेका छन् । उनका संरक्षणवादी नीतिहरूले संसारमा व्यापार युद्ध निम्त्याउन सक्छ र महँगी बढ्न सक्ने विश्लेषकहरू बताउँछन् । यही परिस्थितिलाई ध्यानमा राख्दै वैश्विक आर्थिक संगठन अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओईसीडी)ले विश्वव्यापी आर्थिक वृद्धिको अनुमान घटाएको छ । ओईसीडीको भनाइ छ कि व्यापारिक तनाव र भू-राजनीतिक अन्योलताले आर्थिक सम्भावनामा असर परेको छ । ओईसीडीले सन् २०२५ मा विश्वव्यापी वृद्धिको अनुमान घटाएको छ । विश्व अर्थतन्त्रमा असर ‌ओईसीडीका प्रमुख अर्थशास्त्री अल्भारो सान्टोस परेरा भन्छन्, ‘हामी कठिन समयबाट गुज्रिरहेका छौं । महँगी बढ्नेछ ।’ ओईसीडीको रिपोर्टअनुसार अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमन ठूलो चिन्ताको विषय हो । उनका संरक्षणवादी नीतिहरूले व्यापार युद्ध निम्त्याउन सक्छ र महँगीमा वृद्धि गर्न सक्छ । २०२४ मा विश्वको जीडीपी वृद्धिदर ३.२ प्रतिशत रहेको थियो तर २०२५ मा यो ३.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन पहिला ३.३ प्रतिशत हुने अनुमान गरिएको थियो । यसको मुख्य कारण जी-२० देशहरूमा व्यापारिक बाधाहरूको वृद्धि हो । भू–राजनीतिक र नीतिगत अन्योलताका कारण निवेश र घरेलु खर्चमा असर परेको छ । अमेरिका र युरोपमा सुस्त वृद्धि ओईसीडीको अनुमानमा २०२५ मा अमेरिकाको जीडीपी वृद्धिदर २.२ प्रतिशत रहने अपेक्षा गरिएको छ, जुन डिसेम्बरको अनुमान २.४ प्रतिशतभन्दा कम हो । साथै २०२६ मा अमेरिकाको वृद्धि दर १.६ प्रतिशतमा झर्ने सम्भावना छ, जुन अघिल्लो अनुमानभन्दा ०.५ प्रतिशत कम हो । त्यस्तै, युरोपेली क्षेत्रको वृद्धि दर तीन महिना पहिले १.३ प्रतिशत अनुमान गरिएकोमा अब घटेर १.० प्रतिशत मात्र रहनेछ । २०२६ मा यो १.२ प्रतिशत पुग्ने अनुमान छ । यता चीनमा २०२५ मा ४.८ प्रतिशत र अर्को वर्ष ४.४ प्रतिशतको स्थिर वृद्धि कायम रहने अपेक्षा गरिएको छ । (एजेन्सीहरूको सहयोगमा)

दाङमा राजस्व संकलन वृद्धि

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४२ करोड १३ लाख ६७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २५ करोड ८२ लाख ८१ हजार रुपैयाँ बढी अर्थात २२ दशमलव २ प्रतिशतले राजस्व संकलन वृद्धि गरेको राजस्व कार्यालय प्रमुख श्रीधर टन्डनले जानकारी दिए । चालु आवको माघ मसान्तसम्म लक्ष्यको ८२ दशमलव ५० प्रतिशत राजस्व संकलन गरिएको उनको भनाइ छ । कार्यालयले चालु आर्थिक वर्षमा एक अर्ब ७२ करोड ८७ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । आन्तरिक राजस्व कार्यालय दाङको कार्यक्षेत्र दाङसहित रोल्पा, रुकुमपूर्व, रुकुम पश्चिम, सल्यान र प्युठान जिल्ला रहेको छ । सल्यानमा करदाता सेवा कार्यालयसमेत रहेको छ । जसले रुकुम पूर्वी भाग र रुकुम पश्चिममा सेवा प्रदान गर्दै आएको छ । त्यस्तै चकचकेमा रहेको करदाता सेवा कार्यालयले प्युठान जिल्लामा सेवा प्रवाह गरिरहेको छ । तुलसीपुर कार्यालयमार्फत दाङका १० स्थानीय तह र रोल्पाका तीन स्थानीय तहमा सेवा प्रवाह गर्दै आएको छ । पटक–पटक छुटको अफर आउँदा पनि कर तिर्न नआउने गरेको प्रमुख टन्डनले बताए । उनका अनुसार फागुन मसान्तसम्म शूल्क, ब्याज र जरिवाना छुट गरिएको थियो । आयकर ऐन, बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आन्तरिक राजस्व कार्यालयमा आय विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।

भन्सारसम्बन्धी विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाऔं : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाउनुपर्ने बताएका छन् । मंगलबारको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थ समितिको बैठकमा आज भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भएको थियो । सोही बारेमा अर्थमन्त्री पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट, सकेसम्म राम्रो बनाउनुपर्ने र अर्कोतिर छिटो भन्दा छिटो टुंगोमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले छिटो र राम्रो गर्नुपर्ने आवश्यकताका बीचमा तादात्म्यता कायम गरिकन समितिले यो विधेयकलाई अगाडि बढाइरको भन्दै खुसी व्यक्त गरे । अर्थमन्त्री पौडेलले भने,‘हामीलाई दुईवटा चिजसँगै गर्नुछ । एकातिर विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट, सकेसम्म राम्रो बनाउनुपर्ने एकातिर छ भने अर्कोतिर छिटो भन्दा छिटो टुंगोमा पु¥याउनुपर्ने आवश्यकता छ । छिटो र राम्रो गर्नुपर्ने आवश्यकताका बीचमा तादात्म्यता कायम गरिकन समितिले यो विधेयकलाई जसरी अगाडि बढाएको छ । त्यसका निम्ति खुसी व्यक्त गर्न चाहन्छु ।’ समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सार भनेको भिन्नै ग्रह हो र भिन्नै ग्रहका लागि भिन्नै नियम बनाइरहेका छौं भन्नेगरी सोच्न नहुने बताए । उनले बैंक ग्यारेन्टीको अर्को एउटा विकल्प राख्दा अन्यथा नहुने बताए । अर्थ समितिमा केही दिनयता भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भइरहेको छ ।

ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्ककालिन राजा शाहले भिलेनको रुपमा भुमिका खेलेको टिप्पणी गरे । उनले पूर्वराजा शाहले मूर्खतामार्फत पनि आफूहरुलार्य सहयोग गरेको बताए । सात राजनीतिक दलहरुमाथि धोका नदिएको भए राजतन्त्र अझै केही वर्ष टिक्ने जिकिर उनको छ । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार पूर्वराजा शाहले तयार पारेका बताए । ‘भिलेनको रुपमा ज्ञानेन्द्रको भुमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ । अहिले पनि फेरि राजतन्त्र पुनःस्थापनाको कला बिहीन नाटक प्रदर्शन गरिएको छ । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार तयार पारेका छन्, ’ उनले भने । अध्यक्ष दाहालले अहिले संविधान संशोधन नभइ समीक्षाको जरुरी रहेको बताए । उनले संविधानको समीक्षा गरेर मात्रै संशोधन गर्न आवश्यक रहेको बताए । उनले सबै शक्तिहरु एक ठाउँमा आएर समीक्षात्मक बहस सुरु गरेपछि मात्रै संशोधनले सही आकार लिनसक्ने जिकिर गरे । अध्यक्ष दाहालले भने, ‘मैले विभिन्न मञ्चबाट अब संविधानबारे समीक्षा बहस सुरु गरौँ । यो समीक्षा सबै राजनीतिक दल, सबै राजनीतिक शक्तिहरु सहभागी भएर समीक्षा गरौँ । जसले संविधान सभाबाट संविधान घोषणा गर्ने झन्डै ७० वर्ष पुरानो एजेण्डालाई स्थापित गरेका थिए । ’ अध्यक्ष दाहालले उत्पीडित वर्ग समुदायमा चेतना बिस्तार भइरहेको बताए ।

एथर स्कूटरको टेस्ट राइड जोन सुरु, २० हजार रुपैयाँसम्म क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर

काठमाडौं । एथर स्कूटरले बौद्धमा पहिलो टेस्ट राइड जोन सुरुवात गरेको छ । प्रिमियम ईभी प्रविधिलाई अझ सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता अनुरूप यो विशेष टेस्ट राइड स्पेस चैत्र ५ गते किबु अपार्टमेन्ट, फूलबारी, बौद्धमा सञ्चालनमा आएको हो । वैद्य इनर्जी प्रालिले टेस्ट राइड जोनको उ‌द्घाटन परम्परागत बौद्ध पूजासहित गरेको हो । टेस्ट राइड जोनको सुरुवातसँगै एथरले २० हजार रुपैयाँसम्मकाे क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर पनि दिने भएकाे छ । याे अफर सीमित अवधिको लागि मात्र हुनेछ । सुरुका ५० ग्राहकलाई मात्र यो अफर प्राप्त हुनेछ । एथर ४५० सिरिजका स्कूटरहरूको टेस्ट राइड गर्न पाउने वैद्य इनर्जी प्रालिले जनाएकाे छ । नेपालमा आफ्नो सुरुवातदेखि नै एथरले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहकहरूको विश्वासका साथ ईभी बजारलाई पुनः परिभाषित गर्दै आएको छ । हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, र बुटवलमा गरी ६ वटा एक्सपेरियन्स सेन्टर सञ्चालनमा छन् । साथै एथरले काठमाडौं, भक्तपुर र चितवनमा तीनवटा सर्भिस सेन्टर सञ्चालन गरिसकेको छ भने चाँडै नै पोखरामा चौथो सर्भिस सेन्टर खुला गराउन लागेकाे छ। यसैगरी, एथरले नेपालभरका प्रमुख स्थानहरूमा २० वटा फास्ट चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ ।

पुनः भूमि बैंकको स्थापना गर्ने तयारीमा सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी । काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमि बैंक बनाउने प्रक्रिया पुनः सुरु गर्न लागेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भूमि बैंक बनाउने कुरा विगतमा पनि आएको तर विरोध भएपछि रोकिएको भन्दै अहिलेको सरकारले पुनः भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल सुरु गरेको जानकारी दिए । उनले भूमिसम्बन्धी अध्यादेश भूमिसम्बन्धी समस्याहरू समाधानका लागि छोटो बाटोबाट समस्या समाधान गर्न भूमिसम्बन्धी अध्यादेश ल्याएको भएपनि अब ऐन नै ल्याउने तयारी गरेको बताए । भूमि व्यवस्था समस्या आयोगले आफ्ना काम सुरु गरेको र वास्तविक सुकुम्वासी र भूमिहिनलाई सरकारको नियमानुसार जग्गा उपलब्ध गराउने मन्त्री अधिकारीले प्रतिबद्धता जनाए ।