विकासन्युज

दिपलको नयाँ सोरुम चितवनमा, विभिन्न अफरसहितको टेस्ट ड्राइभ र एक्सचेन्ज

चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनमा दिपल इभीहरूको बिक्रीवितरणलाई औपचारिक रुपमा सुरु गरेको छ । बुधबार आयोजना भएको कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस ०७ एल र दिपल ई ०७ लाई सार्वजनिक गरेका हुन् ।  दिपल इभी सार्वजनिक गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले चित्तवनमा चांगानको सफलताको कामना गरे । साथै उनले चांगान र अन्य ब्रान्डहरूले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । त्यसैगरी, एमएडब्लु वृद्धि प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ वटा भन्दा दिपल बिक्री भइसकेको र  यसको डिजाइन तथा प्रविधिका कारण यो इभीप्रेमीको रोजाइमा परेको बताए । उनले दिपलको विक्री र बिक्रीपछिको सेवालाई देशभर विस्तार गर्ने क्रममा चित्तवनका लागि राजहंग अटोमोबाइल जोडिएकोमा धन्यवाद पनि प्रकट गरे ।  दिपलको नयाँ सोरुम चितवनमा  एमएडब्लु वृद्धिले राजहंस अटोमोबाइलमार्फत चित्तवनका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको छ । चितवनमा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले बिहीबारबाट तीनदिनका लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरेको छ । यो अवधिमा चितवनका इभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७, दिपलएस०७ एल र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन् । टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले मात्र २० प्रतिशत डाउनपेमेन्टमा दिपल इभी खरिद गर्न सक्नेछन् । यसका साथै, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउनेछन् ।  साथै, दिपलका इभी टेस्टड्राइभ गर्नु हुने सबैले दिपलको तर्फबाट उपहार पाउनेछन् । दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन् जसका कारण यो इभी नेपाली बजारमा आठ सयभन्दा बढी बिक्री भइसकेको छ । 

ट्रम्पको कृपाले मस्कले तोडे कमाइको रेकर्ड, शीर्ष १० धनीले कमाए १४० अर्ब डलर

  काठमाडौं । अमेरिकी सेयर बजारमा बुधबार उच्च वृद्धि देखिएको छ । यसले प्रविधि कम्पनीहरूको सेयर रहने नासडक सूचकांकलाई १२.१६ प्रतिशतले बढायो । यो वृद्धिले अमेरिकी धनीहरूको सम्पत्तिमा पनि वृद्धि ल्याएको छ ।  शीर्ष १० धनीको नेट वर्थमा करिब १४० अर्ब डलरको वृद्धि भएको छ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्यमा २२.६९ प्रतिशतले उछाल आएको छ । यसबाट कम्पनीका सीईओ र संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थमा ३५.९ अर्ब डलरको वृद्धि भएको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्स अनुसार मस्कको नेट वर्थ अहिले ३२६ अर्ब डलर पुगेको छ । यद्यपि यस वर्ष उनको सम्पत्तिमा १०७ अर्बको गिरावट आएको थियो । अमेजनको सेयर मूल्य ११.९८ प्रतिशतले बढेपछि कम्पनीका सह–संस्थापक जेफ बेजोसको नेटवर्थमा १८.५ अर्बको वृद्धि भएको छ। अब उनको नेटवर्थ २१० अर्ब पुगेको छ ।  संसारका धनीहरुको सूचीमा तेस्रो स्थानमा रहेका फेसबुकका मार्क जकरबर्गको नेटवर्थमा २५.८ अर्बको वृद्धि भएको छ । यस वृद्धिपछि उनको नेटवर्थ २०७ अर्ब पुगेको छ । वारेन बफेटको नेटवर्थमा ८.१२ अर्ब, ल्यारी एलिसनको १५.५ अर्ब, बिल गेट्सको ४.८१ अर्ब, ल्यारी पेजको ११.० अर्ब, स्टिभ बालमरको ११.२ अर्ब र सर्गेई ब्रिनको १०.२ अर्बको वृद्धि भएको छ । एआई चिप निर्माण गर्ने कम्पनी एनभिडियाको सेयर मूल्यमा १८.७२ प्रतिशतको वृद्धि भएपछि सीईओ जेन्सन हुआङको नेटवर्थमा १५.५ अर्बको वृद्धि भएको छ । माइकल डेलको नेटवर्थमा १० अर्ब र जिम, रब र एलिस वाल्टनको नेटवर्थमा ७ अर्बको वृद्धि भएको छ । यसैबीच, भारतीय सेयर बजारमा गिरावटका कारण मुकेश अम्बानी र गौतम अडानीको सम्पत्तिमा गिरावट आएको छ । अम्बानी ८४.१ अर्बको नेटवर्थसहित विश्वका धनीहरूको सूचीमा १७औं स्थानमा छन् भने अडानी ६९.९ अर्ब नेटवर्थसहित २१औं स्थानमा छन् ।  यस वर्ष विश्वका शीर्ष २० धनीमध्ये १७ जनाको नेटवर्थमा गिरावट आएको छ । सबैभन्दा बढी कमाइ गर्ने वारेन बफेट हुन्, जसले २० अर्ब कमाएका छन् । अस्थायी ट्यारिफ विश्राम : अमेरिका-चीन व्यापार युद्ध फेरि चर्किँदै  

वर्ष २०८१ : पूर्णबहादुर सारङ्गीको करिब ४७ करोड कमाइ, अरू चलचित्रले कति गरे ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो । यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस)मा यस चलचित्रले ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । त्यसले विसं २०८१ मा मात्र नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्यो । यसकारण २०८१ साल चलचित्रका लागि स्मरण गरिने वर्ष बन्ने छ । यसका साथै यस वर्ष चार चलचित्रले १० करोडभन्दा बढीको व्यापार (ग्रस) घरेलु बजारमा गर्न सफल भएका छन् । चलचित्र विकास बोर्डको तथ्याङ्कानुसार यस वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ यही चैत २९ देखि प्रदर्शन हुँदैछन् ।  यस वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले अङ्क तलमाथि हुनसक्ने बोर्डको भनाइ छ । ‘पूर्णबहादुरको सारङ्गी’ बाहेक यस वर्ष घरेलु बजारमा रु १० करोड बढीको व्यापार गर्ने चार चलचित्रमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ रहेको बक्स अफिसमा तथ्याङ्क छ । यो वर्षको सुरुआती महिना वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ले राम्रो व्यापार गर्न सफल भयो । चलचित्रमा समावेश गीत ‘बुझिनँ मैले, बुझाइदेऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्यो । केकी अधिकारीले अभिनय गरेको र सुलक्षण भारतीले निर्देशन गरेको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रूपमा हेरिएको थियो । यसले अकल्पनीय व्यापार गर्यो । बक्स अफिसको तथ्याङ्कानुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोड दुई लाखको व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय गीतसङ्गीत र विषयलाई जान्छ । त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रूपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ ले दर्शकको राम्रो साथ पायो ।  बक्स अफिसको तथ्याङ्कानुसार ‘१२ गाउँ’ले रु १९ करोड ९२ लाख र ‘छक्कापञ्जा–५’ ले रु १५ करोड २० लाखको व्यापार गरेको छ । अन्य चलचित्रको व्यापार बढेता पनि शृङ्खलाबद्ध रूपमा आइरहेको ‘छक्का पञ्जा’को व्यापार भने अघिल्लोको तुलनामा घटेको छ । यसले बजारको आकार बढ्न अवरोध गर्ने बुझाई वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठको छ । उनले नयाँ दर्शकलाई निरन्तर चलचित्र भवनमा आकर्षित गर्न फरक चलचित्र चाहिने बताए । दशैंपछि तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ले चलचित्र क्षेत्रलाई चलायमान बनायो । यो चलचित्रको सफलता पुराना निर्मातासँगै नयाँ निर्माता पनि चलचित्र क्षेत्रमा सक्रिय भएको बुझाई निर्देशक पुर्नेन्दु झाको छ । उनले कथा बलियो भएमा कलाकारले अभिनय गर्न सके दर्शकले मन पराउने विश्वास चलचित्रकर्मीमा बढेको बताए ।  आजसम्मको चलचित्रले घरेलु बजारमा गरेको व्यापारलाई हेर्दा यो ‘अञ्जिला’ पाँचौँ स्थानमा छ । यसले घरेलु बजारमा रु सात करोड ५० लाख व्यापार गरेको छ । उल्लेखित व्यापारमा निर्धारण गरिएको शुल्क घटाएर वितरकमार्फत चलचित्र निर्माताले रकम पाउने गर्छन् ।  गएको होलीलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको चलचित्र ‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडीको कथालाई पर्दामा रुचाउनु सुखद् पक्ष रहेको यसका निर्देशक मिलन चाम्सले बताए । यस वर्ष प्रदर्शन भएको अन्य चलचित्रमा ‘पूजार सार्की’ ले रु सात करोड ३७ लाख, ‘घरज्वाइँ’ले रु पाँच करोड नौ लाख, ‘फर्की फर्की’ले रु चार करोड ८४ लाख, ‘मनसरा’ले रु चार करोड ७८ लाख र ‘लाज शरणम्’ले रु चार करोड ३४ लाखको व्यापार (ग्रस) गरेको तथ्याङ्क ‘बक्स अफिस’मा छ ।  

बुटवल-नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।  विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।   दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।  

नेपाल र भारतबीच वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य

काठमाडौं । नेपाल र भारतका भन्सार अधिकारीहरू बीच काठमाडौंमा वार्ता सुरु भएको छ ।  बीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर वार्ता सुरु भएको हो । वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली लागू गर्ने विषयमा छलफल हुने भन्सार विभागका सूचना अधिकारी नारायण प्रसाद रेग्मीले बताए । यसैगरी, आयात–निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टाईन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने लगायतका अन्य विषयमा पनि छलफल हुने जनाइएको छ । छलफलमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय रुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधिन एकिकृत जाँच विन्दु (इन्टिग्रेटेड चेक प्वाईन्ट) लाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा समेत छलफल हुनेछ ।  चैत्र २८ र २९ गते दुई दिनसम्म चल्ने वार्तामा नेपालको वार्ताटोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गर्नुभएको छ भने भारतको तर्फबाट राजस्व ईन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभयकुमार श्रीवास्तवले गरेका छन् । नेपालको तर्फबाट वार्ता टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वाली क्वारेन्टाईन विभाग लगायतका निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ।  यसै गरी भारतीय टोलीमा राजस्व इन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रिय ईकाईका सहायक महानिर्देशक, नेपाल स्थित भारतीय दूतावासका प्रथम सचिव, कलकत्ता, पटना, लखनउ भन्सार कार्यालयका प्रमुखहरू लगायतका अधिकारीहरूको सहभागिता रहेको छ ।     

८ महिनामा नाफामा ४ अर्ब क्लबमा प्रवेश गरे तीन बैंक, नेपाल बैंकको आकर्षक कमब्याक

काठमाडौं । ८ महिनामा वाणिज्य बैंकहरूले साढे ४३ अर्ब रुपैयाँ नाफा गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा २० वटा बैंकले ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत वर्षको फागुनसम्ममा बैंकहरूले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।  यसअवधिमा बैंकहरूको खुद नाफा २.८१ प्रतिशत अर्थात् १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । कर्जा नोक्सानीमा राष्ट्र बैंकले लिएको लचिलो नीतिले गर्दा बैंकहरूको नाफामा सामान्य वृद्धि भएको हो । मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतमा झारेको छ । त्यसअघि कर्जा नोक्सानी व्यवस्था १.१० प्रतिशत थियो ।  ८ महिनाको अवधिमा ११ बैंकको नाफा बढेको छ भने ९ बैंकको नाफामा गिरावट आएको छ । फागुनसम्ममा नेपाल बैंक नाफा वृद्धिमा आक्रामक बनेको छ । नेपाल बैंकको नाफा १३२.८९ प्रतिशत बढेर २ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको फागुनमा बैंकको नाफा १ अर्ब २८ करोड २९ लाख रुपैयाँ मात्रै थियो ।  यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) बैंकको नाफा ४५.६८ प्रतिशत बढेर ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । जबकी गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८० करोड ४५ लाख रुपैयाँ नाफा गरेको थियो ।  राष्ट्र बैंकका अनुसार एनएमबि बैंकको ४१.१० प्रतिशत बढेर २ अर्ब ७१ करोड रुपैयाँ, प्रभु बैंकको ३९.६४ प्रतिशत बढेर २ अर्ब ११ करोड ५० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३७.७६ प्रतिशत बढेर ४ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ, एभरेष्ट बैंकको ३१.१९ प्रतिशत बढेर ३ अर्ब ८८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  यस्तै, नेपाल एसबिआई बैंकको २३.९१ प्रतिशत बढेर १ अर्ब २४ करोड ९० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ९.४४ प्रतिशत बढेर १ अर्ब ९९ करोड २७ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.०९ प्रतिशत बढेर २ अर्ब १७ करोड ५२ लाख रुपैयाँ, नबिल बैंकको १.३४ प्रतिशत बढेर ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ र सानिमा बैंकको १.१० प्रतिशत बढेर १ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ ।  समीक्षा अवधिमा विभिन्न ९ बैंकको नाफा सामान्य घटेको देखिन्छ । फागुनसम्मको तथ्याङ्क अनुसार एनआईसी एशिया बैंकको नाफामा व्यापक गिरावट आएको छ । बैंकको नाफा ६७.७४ प्रतिशत घटेर ८१ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । जबकि गत वर्षको फागुनमा बैंकको नाफा २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ थियो। राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकको ६२.६६ प्रतिशत घटेर ७३ करोड ८० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४०.०९ प्रतिशत घटेर १ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ, कुमारी बैंकको ३१.९७ प्रतिशत घटेर ९६ करोड ९१ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २८.२६ प्रतिशत घटेर १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ नाफा गरेका छन् ।  यस्तै, हिमालयन बैंकको १४.२९ प्रतिशत घटेर १ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ, प्राइम बैंकको १३.३२ प्रतिशत घटेर २ अर्ब ५० करोड ३० लाख रुपैयाँ, सिटिजन्स बैंकको ५.२९ प्रतिशत घटेर १ अर्ब १६ करोड १६ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको ०.२२ प्रतिशत घटेर १ अर्ब १६ करोड २२ लाख रुपैयाँमा नाफा झरेको छ । ८ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ भने ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा छ । एनआईएमबि बैंक तेस्रो स्थानमा रहँदा एभरेष्ट बैंकले पच्छ्याइरहेको छ । साथै सरकारी लगानी रहेको नेपाल बैंक पाँचौं स्थानमा उक्लिएको छ । तर, कृषि विकास, एनआईसी एशिया र कुमारी बैंकको नाफा करोड क्बलमा सीमित हुन पुगेको छ ।   

नयाँ वर्षमा एलिका ब्रान्डको उपहार : ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ अफर

काठमाडौं । नयाँ वर्ष २०८२ मा एलिका ब्रान्डले ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ अभियान ल्याएको छ । सिजी इलेकट्रोनिक्स अन्तर्गत सञ्चालन हुँदै आएको एलिका ब्रान्डले नववर्षको अवसर पारेर यो विशेष अफर सार्वजनिक गरेको हो । यस अभियान अन्तर्गत ग्राहकहरूले एलिकाका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहार प्राप्त गर्नेछन् । एलिकाका उपकरणहरूमा समावेश छन् – कुकटप, हब, कुकिङ रेन्ज, बिल्ट-इन ओभन, माइक्रोवेभ र चिम्नी, जसको खरिदमा ग्राहकले निःशुल्क सिजी इलेक्ट्रिकल केटल पाउनेछन् । अभियानको उद्देश्य भनेको ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु हो । एलिका ब्रान्डका उत्पादनहरू नवीनतम प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत, उच्च कार्यक्षमता र दीर्घकालीन टिकाउपना सुनिश्चित गर्छन् । ग्राहकहरूको सजिलोका लागि सिजी इलेकट्रोनिक्सले थप सुविधा पनि उपलब्ध गराएको छ । यो सुविधामा समावेश छन् – १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, निःशुल्क जडान सेवा, र ० प्रतिशत ब्याजदरमा ईएमआई रहेका छन् । साथै, पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि यस अभियानमा उपलब्ध छ । थप जानकारीका लागि ग्राहकहरूले क्यूआर कोड स्क्यान गर्न सक्नेछन्, जसबाट विस्तृत विवरण प्राप्त गर्न सकिनेछ र यो अफरको भरपुर फाइदा उठाउन सकिनेछ ।  

अस्थायी ट्यारिफ विश्राम : अमेरिका-चीन व्यापार युद्ध फेरि चर्किँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौं देशहरूमाथि लगाएका भारी शुल्कहरूलाई रोक्ने घोषणा गरे । जसले बिहीबार संसारभरका क्षतिग्रस्त सेयर बजारहरूलाई उकालो लाग्न बाध्य पार्‍यो, यद्यपि उनले चीनसँगको व्यापार युद्धलाई भने अझ चर्काए । ट्रम्पले नयाँ ट्यारिफहरू ९० दिनका लागि स्थगित गरेका हुन् ।  बुधबार ट्रम्पले लिएका यो यु-टर्न जुन नयाँ उच्च ट्यारिफहरू अधिकांश व्यापार साझेदारहरूमा लागू भएको २४ घण्टा नपुग्दै आएको थियो । ट्रम्पको ट्यारिफले संसारभरको सेयर बजारमा प्रतिकूल असर गरेको थियो, जसले ट्रम्पको ध्यान तानेको देखियो । 'मलाई लाग्यो मान्छेहरू अलिकति लाइनबाट बाहिर गइरहेका थिए, यिनले उत्साहमा नियन्त्रण गुमाउँदै थिए,’ ट्रम्पले घोषणा पछि पत्रकारहरूलाई भने  यो समाचारसँगै अमेरिकी सेयर सूचकांकहरू माथि गए, बेन्चमार्क एसएन्ड ५००  सूचकांक ९.५ प्रतिशतले बढेर बन्द भयो र राहतको लहर बिहीबार एसियाली सेयर बजारमा पनि देखियो, जहाँ जापानको निक्केई सूचकांक ८ प्रतिशतले उचालियो । तेलको मूल्य पनि करिब १ प्रतिशले घट्यो । जनवरीमा ह्वाइट हाउस फर्किएपछि ट्रम्पले बारम्बार विभिन्न व्यापार साझेदारहरूमाथि दण्डात्मक कदमको धम्की दिएका छन्, तर तीमध्ये केही अन्तिम क्षणमा फिर्ता पनि गरेका छन् । यो 'कहिले हुन्छ, कहिले हुँदैन’ शैलीले विश्व नेताहरूलाई अलमलमा पारेको छ र व्यवसायिक कार्यकारीहरूलाई डराएको छ । अमेरिकी कोषाध्यक्ष स्कट बेसेन्टले भने कि यो पछि हट्ने योजना पहिलेदेखि नै थियो, जसको उद्देश्य देशहरूलाई वार्ताको टेबलमा ल्याउनु थियो । तर ट्रम्पले अप्रिल २ पछि बजारमा देखिएको त्रासको अवस्थाले उनको सोचमा परिवर्तन गरेको बताएका छन् । आफ्नो नीतिहरू कहिल्यै नबदलिने भनेर दिनौंसम्म जोड दिँदै आए पनि उनले बुधबार पत्रकारहरूलाई भने, ’लचिलो हुनुपर्छ ।’ तर उनले चीनमाथि दबाव यथावत् राखे- जुन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो र अमेरिकी आयातको दोस्रो ठूलो आपूर्तिकर्ता । ट्रम्पले चिनियाँ आयातमा ट्यारिफ तुरुन्तै बढाएर १२५ प्रतिशत पु¥याए, जुन बुधबार लागु भएको १०४ प्रतिशत स्तरभन्दा उच्च हो । अमेजनमा सामान बेच्ने चिनियाँ कम्पनीहरू अमेरिकी बजार छाड्ने तयारीमा अमेजनमा उत्पादनहरू बेच्ने चिनियाँ कम्पनीहरू अमेरिका बजारमा मूल्य वृद्धि गर्ने वा बजार नै छाड्ने तयारीमा छन्, चीनको सबैभन्दा ठूलो ई-कमर्स संघका प्रमुखले भनेका छन् । यो निर्णय ट्यारिफको 'अभूतपूर्व झट्का' पछि आएको हो । बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले अन्य देशहरूमा लगाइएको ट्यारिफ फिर्ता लिए पनि चीनसँगको व्यापार युद्ध अझ चर्किएको छ । बुधबार चीनले अमेरिकाबाट आउने आयातमा ८४ प्रतिशत ट्यारिफ लगाएको थियो, ट्रम्पको अघिल्लो ट्यारिफ आक्रमणको जवाफस्वरूप । चीनले बारम्बार विश्वका दुई ठूला अर्थतन्त्रबीचको यो व्यापार युद्धमा 'अन्तसम्म लड्ने' घोषणा गर्दै आएको छ । 'अहिले अमेरिका र चीन 'ब्रिंकम्यानसिप' को शक्ति खेलमा छन्,’ आईएनजीका  विश्वबजार प्रमुख क्रिस टर्नरले भने । बेइजिङले तनावको जवाफस्वरूप युरोपियन युनियन र मलेसियासँग व्यापार सुदृढीकरणका लागि छलफल गरेको जनाएको छ । यद्यपि अष्ट्रेलियाले भने चीनको प्रस्ताव अस्वीकार गरेको छ- चीन अष्ट्रेलियाको प्रमुख व्यापार साझेदार हो । 'हामी संसारमा भइरहेको कुनै पनि प्रतिस्पर्धामा चीनसँग हातेमालो गर्ने छैनौं,’ अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचार्ड मार्लेसले स्काई न्यूजसँग भने । राज्य समर्थनको आशाले बिहीबार चिनियाँ सेयर बजारलाई केही स्थिरता दिएको देखिए पनि चिनियाँ मुद्रा युआन भने २००८ को वैश्विक आर्थिक संकटपछिकै सबैभन्दा कमजोर स्तरमा झरेको छ । ‘चीनलाई उक्साए’ अन्य देशहरूमा लगाइएको ट्यारिफबारे ट्रम्पको निर्णय पूर्ण रूपमा उल्टिएको भने होइन । ह्वाइट हाउसका अनुसार सबै अमेरिकी आयातमा १० प्रतिशतको ब्लान्केट ड्युटी यथावत रहनेछ । नयाँ घोषणाअनुसार कार, स्टील र एलुमिनियममा पहिले लागू गरिएको ट्यारिफहरूमा कुनै असर परेको छैन । ९० दिने रोक क्यानडा र मेक्सिकोका सामानहरूमा लागू हुने छैन किनभने यदि उनीहरूले यूएसएमसीएको उत्पत्ति नियमअनुसार सामान नपठाएमा ती सामानहरू अझै २५ प्रतिशत फेन्टानिल-सम्बन्धित ट्यारिफमा पर्ने छन् । यी ट्यारिफ तत्कालका लागि यथावत् रहनेछ तर यूएसएमसीए-अनुरूप सामानहरूलाई अनिश्चितकालीन छुट दिइएको छ । ट्रम्पका ट्यारिफले केहि दिनसम्मको बजार गिरावट निम्त्यायो, जसले वैश्विक सेयर बजारबाट ट्रिलियन डलरहरू गायब गर्‍यो र अमेरिकी ट्रेजरी बन्डहरू र डलरमा समेत दबाब पार्‍यो- यी सबै विश्व वित्तीय प्रणालीका मेरुदण्ड हुन् । क्यानडा र जापानले आवश्यक परेमा स्थायित्व दिन आफूहरू तयार रहेको बताएका छन्- जुन कार्य सामान्यतया संकटको समयमा अमेरिका स्वयंले गर्छ । विश्लेषकहरू भन्छन् कि सेयर मूल्यमा आएको अचानक वृद्धि पूरै क्षति मेटाउन पर्याप्त नहुन सक्छ । सर्वेक्षणहरूका अनुसार ट्यारिफको प्रभावको डरले व्यापार लगानी र उपभोग खर्चमा गिरावट आएको छ ।  एक सर्वेक्षण अनुसार चारमध्ये तीनजना अमेरिकीले आगामी महिनाहरूमा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । गोल्डम्यान स्याक्सले ट्रम्पको पछिल्लो कदमपछि मन्दीको सम्भावना ६५ प्रतिशतबाट घटाएर ४५ प्रतिशतमा ल्याएको छ, यद्यपि बाँकी ट्यारिफहरूले अझै पनि कुल ट्यारिफ दर १५% ले बढाउने देखिएको छ । कोषाध्यक्ष स्कट बेसेन्टले बजारको हलचललाई बेवास्ता गर्दै भने, 'ट्रम्पको अचानक निर्णयले ती देशहरूलाई पुरस्कार दिएको हो जसले प्रतिकार नगर्नु ट्रम्पको सल्लाह सुने ।’  'ट्रम्पले वार्ता गर्न बढी दबाब सिर्जना गर्न ट्यारिफ प्रयोग गरेका हुन् । यही उहाँको रणनीति थियो । र तपाईं भन्न सक्नुहुन्छ कि उहाँले चीनलाई नराम्रो स्थितिमा उक्साउनुभयो,’ उनले थपे । बेसेन्ट देश-देश अनुसारका वार्तामा मुख्य व्यक्ति हुन्, जसले आर्थिक विषय मात्र होइन, विदेशी सहायता र सैन्य सहयोगको विषय पनि सम्हाल्नेछन् । ट्रम्पले जापान र दक्षिण कोरियाका नेतासँग कुरा गरिसकेका छन् र भियतनामबाट आएको एक प्रतिनिधिमण्डलले बुधबार अमेरिकी अधिकारीहरूसँग व्यापारबारे छलफल गरेको ह्वाइट हाउसले जनाएको छ । ७५ भन्दा बढी देशले सम्पर्क गरेकाले वार्ता कति समय लाग्छ भन्ने प्रश्नमा बेसेन्टले केही खुलाएनन् । ट्रम्पले भने, 'चीनसँग समाधान सम्भव छ । चीन सम्झौता गर्न चाहन्छ । तर कसरी गर्ने भन्ने थाहा छैन उनीहरूलाई ।’ तर अधिकारीहरूले अन्य देशसँगको वार्तालाई प्राथमिकता दिने बताएका छन् ।