विकासन्युज

अध्ययन भन्छ- उच्च रक्तचापका बिरामीले दिनमा एउटा केरा खाँदा राम्रो हुन्छ

काठमाडौं । उच्च रक्तचाप (बीपी) नियन्त्रणमा राख्न चाहनेहरूका लागि हरेक दिन एउटा केरा खानु उपयोगी हुने देखिएको छ । पोटासियमयुक्त केरा उच्च रक्तचाप नियन्त्रण गर्न प्राकृतिक उपायका रूपमा फाइदाजनक मानिन्छ । विशेषज्ञहरूका अनुसार केरामा पाइने पोटासियमले शरीरमा सोडियमको असरलाई घटाउने र रक्तनलीमा हुने दबाब कम गर्ने काम गर्छ । अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन जर्नल अफ फिजियोलोजी (रिनल फिजियोलोजी) मा प्रकाशित अध्ययनले पनि यसलाई पुष्टि गरेको छ । एक मध्यम आकारको केरामा करिब ४२२ मिलिग्राम पोटासियम हुन्छ, जुन दैनिक आवश्यकताको करिब १० प्रतिशत बराबर हो । अध्ययन अनुसार पोटासियमको अधिक सेवनले नुनको मात्रा घटाउनु भन्दा पनि बीपी नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्छ । केरा खाने सही समय विज्ञहरूका अनुसार केरा बिहान वा बेलुकाको समयमा सन्तुलित नास्ताको हिस्सा बनाएर खान उपयुक्त हुन्छ । खाली पेट केरा खानु उपयुक्त मानिँदैन । रातमा पनि केरा खान सकिन्छ, जसले सुत्ने चक्रलाई सन्तुलित बनाउन मद्दत गर्छ । केरा सेवनका अन्य फाइदाहरू पाचन प्रणालीका लागि लाभदायक फाइबरको स्रोत प्रतिरोधी क्षमता (इम्युनिटी) बलियो बनाउने मेटाबोलिज्म बढाएर तौल घटाउन सहयोग गर्ने मुटु, मिर्गौला, स्नायु र मांसपेशीको कार्य सञ्चालनमा पोटासियमले भूमिका खेल्ने शरीरलाई ऊर्जावान राख्ने विशेषज्ञहरूले उच्च रक्तचाप भएका व्यक्तिहरूलाई औषधीसँगै यस्तो प्राकृतिक उपाय पनि अपनाउन सल्लाह दिएका छन् । तथापि, व्यक्तिगत स्वास्थ्य अवस्थाका आधारमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । एजेन्सी

बजाज ग्रान्ड कार्निभलमा पुराना बाइकको भ्यालुयसन ग्यारेन्टी, नयाँ बाइकमा छुट र सुविधा

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज ग्रान्ड कार्निभल’ नामक बृहत मोटरसाइकल एक्सचेन्ज योजना ल्याएको छ । यो योजना वैशाख १६ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । योजना अन्तर्गत ग्राहकहरूले २० भन्दा बढी भ्यालुयटर्स बाट पुराना बाइकहरूको ग्यारेन्टीसहित उच्चतम मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रममा ग्राहकहरूले अन द स्पट फाइनान्स, निःशुल्क एक्सेसोरिज तथा ९.९९ प्रतिशत ब्याजदरमै सरल ऋण सुविधा समेत पाउनेछन् । यस योजनाले मोटरसाइकल खरिद प्रक्रियालाई झन्झटरहित बनाउँदै ग्राहकलाई घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोत प्रमाणपत्र जस्ता कागजात बिना पनि एक घण्टाभित्र ऋण पास गर्ने सुविधा उपलब्ध गराउने जनाएको छ । बजाज ग्रान्ड कार्निभल मा ग्राहकका लागि गेम जोन, टेस्ट राइड लगायत थप आकर्षण पनि रहनेछ । कम्पनीका अनुसार यो नेपालको सबैभन्दा ठूलो बाइक एक्सचेन्ज मेला हो, जसमा ग्राहकले आफ्नो पुरानो बाइक साटेर बजाजका नयाँ आकर्षक मोडेल पाउने विशेष अवसर पाउनेछन् ।

अमेरिकी अटो उद्योगका लागि राहत : ट्रम्पले ट्यारिफमा लचकता देखाउँदै ऐतिहासिक कदम चाल्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल उद्योगमा देखिएको आर्थिक दबाबलाई सहज बनाउँदै मंगलबारदेखि अटो ट्यारिफको प्रभाव कम गर्ने ऐतिहासिक घोषणा गर्न लागेका छन् ।  वाणिज्य सचिव हावर्ड लुटनिकका अनुसार अबदेखि स्वदेशमै उत्पादित कारहरूमा प्रयोग हुने विदेशी पार्टपुर्जाहरूमा लाग्ने ट्यारिफ कम गरिनेछ र विदेशमा बनेका कारहरूमा अनावश्यक दोहोरो शुल्क लगाइने छैन । 'राष्ट्रपति ट्रम्पले अमेरिकी अटो उत्पादक र कामदारहरूका लागि दीर्घकालीन साझेदारी निर्माण गर्दैछन्, 'लुटनिकद्वारा ह्वाइट हाउसमार्फत जारी वक्तव्यमा भनिएको छ, 'यो सम्झौता राष्ट्रपति ट्रम्पको व्यापार रणनीतिका लागि कोसेढुङ्गा सावित हुनेछ ।' यो कदम किन विशेष छ? वाल स्ट्रिट जर्नलले खुलासा गरेअनुसार ट्रम्पको यो कदमले स्टिल र एल्युमिनियममा लाग्ने अन्य शुल्कहरूसँग भीडन्त नगरी सन्तुलन कायम राख्नेछ । अघिल्ला ट्यारिफहरू तिरेका कम्पनीहरूलाई फिर्ता भुक्तानी दिइने समेत उल्लेख गरिएको छ। राष्ट्रपति ट्रम्प मिशिगन प्रस्थान गर्दैछन्, जहाँ उनले आफ्नो कार्यकालको पहिलो १०० दिनको कार्यकाललाई लिएर आयोजना गर्नेछन् । अटो ट्यारिफमा आएको लचकता ट्रम्प प्रशासनको व्यापार सम्बन्धी कठोर र कडा नीतिमा आएको परिवर्तनको एउटा स्पष्ट संकेत हो । उद्योगबाट स्वागत जनरल मोटर्स (जीएम) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेरी बार्रा भन्छिन्, 'राष्ट्रपति ट्रम्पको नेतृत्वले अमेरिकी निर्माण क्षेत्रका लागि खेलमैदान समतल बनाइरहेको छ। अब हामी अमेरिकामा झन् बढी लगानी गर्न सक्षम हुनेछौं ।' फोर्डका सीईओ जिम फार्लीले भन्छन्, 'यो निर्णयले अटो उद्योग, आपूर्तिकर्ता र उपभोक्ताहरू सबैलाई राहत दिनेछ ।' ट्यारिफले अटो उद्योगमा अस्थिरता  पछिल्ला केही महिनायता अटो ट्यारिफले अमेरिकाको अटो उद्योगमा अस्थिरता ल्याएको थियो । स्टिल, एल्युमिनियम र पाट्र्समा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको योजनाले मूल्यवृद्धि, बिक्रीमा गिरावट र आपूर्ति श्रृंखलामा अवरोध ल्याउने चेतावनी दिइएको थियो । जीएम, टोयोटा, फक्सवागन, हुन्डाईलगायत ठूला ब्रान्डहरूको प्रतिनिधित्व गर्ने समूहले ट्रम्पलाई चेतावनी दिँदै पत्र पठाएका थिए, जसमा भनिएको थियो – 'यी ट्यारिफहरूले सम्पूर्ण अटो उद्योगमा धेरै असर पार्नेछन् ।' अब भने ट्रम्पको कदमले उद्योगलाई राहत दिइसकेको छ- नयाँ घोषणा मंगलबार औपचारिक गरिनेछ । सान्दर्भिक सामग्री बीवाईडीको त्रैमासिक नाफा गत वर्षको तुलनामा १००.४ प्रतिशतले वृद्धि लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्‍यो कमाल भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

संसदीय समितिबाट सरकारलाई नीति तथा कार्यक्रमसम्बन्धी सुझावसहितको प्रतिवेदन हस्तान्तरण

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सरकारलाई आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रमसम्बन्धी सुझावसहितको प्रतिवेदन बुझाएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदनमा नेपाल सरकारको आगामी नीति तथा कार्यक्रममा ध्यान दिनुपर्ने मुख्य विषयवस्तुहरू, सुझावहरू तथा आवश्यक सुधारका बुँदाहरू समेटिएका छन् । समितिले सम्बन्धित विषयमा विस्तृत छलफल गरी नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतिवेदन तयार पारेको हो ।  

एनआरएनए फुटाउने खेलमा नलाग्न महाधिवेशन प्रतिनिधिहरूको चेतावनी

काठमाडौं । गैरआवासीय नेपाली संघको एकता महाधिवेशनका लागि नेपाल आएका प्रतिनिधिहरूले महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिएका छन् । वर्तमान समयमा नेपालका राजनीतिक दलहरुले एनआरएनएका विषयमा फरक-फरक तरिकाबाट व्याख्या गरिदिएकाले पनि यो महाधिवेशन विशेष रहेको उनीहरूको भनाइ छ ।  मंगलवार नेपाल आएका युरोपका प्रतिनिधिहरूले नेपालको कानुनले दिएका सम्पूर्ण प्रक्रिया पूरा गरी महाधिवेशन सफल बनाउने बताएका छन् ।  बाध्यात्मक अवस्थामा महाधिवेशन गर्नुपर्ने भएकाले सञ्चारकर्मी, राजनीतिक दल, नागरिक समाजलगायत सम्बद्ध सबैलाई महाधिवेशन सफल बनाउन उनीहरूको आग्रह छ ।  साथै प्रतिनिधिहरूले संस्थापक सदस्य या अन्य जो कोही भएपनि कुनै पनि बहानामा एनआरएनए फुटाउने खेलमा नलाग्न सम्बद्ध सबैलाई अनुरोध गरेका छन् ।   

स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द : विमान, रेल र यातायात सेवा ठप्प

एजेन्सी । स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति ठप्प हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । अचानक आएको ठूलो विद्युत् संकटका कारण एयरलाइन्स, मेट्रो, रेल सेवा र सडक यातायात प्रभावित भएका छन् । स्पेनको विद्युत् कम्पनी रेड इलेक्ट्रिकाले देशभर बत्ती जानु र आपूर्ति पुनःस्थापना गर्न प्रयास जारी रहेको जनाएको छ । यता, पोर्चुगलको एयरलाइन्स टीएपी एयरले यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थल नजान आग्रह गरेको छ । स्पेन र पोर्चुगल दुवै देशका अधिकारीहरूले साइबर आक्रमण भएको कुनै संकेत नभएको स्पष्ट पारेका छन् । पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले र युरोपेली परिषद्का अध्यक्षले पनि विद्युत् संकटको पछाडि साइबर हमलाको आशंका नगर्न आग्रह गरेका छन् । स्पेनमा म्याड्रिड ओपन टेनिस प्रतियोगिता स्थगित गरिएको छ भने लिस्बन र पोर्टोका मेट्रो सेवा र रेल सेवा ठप्प छन् । सडक यातायातमा ट्राफिक बत्तीहरू बन्द हुँदा अव्यवस्था देखिएको छ । बिजुली आपूर्ति पूर्ण रूपमा सामान्य हुन एक हप्ता लाग्न सक्ने बीबीसीले उल्लेख गरेको छ । स्पेनका केही भागमा बत्ती फर्किए पनि रेल सेवा अझै सञ्चालनमा आएको छैन । म्याड्रिड मेट्रोका सबै लाइनहरू बन्द गरिएका छन् । यस संकटपछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले राष्ट्रिय सुरक्षा सम्बन्धी विशेष बैठक बोलाएका छन् । स्थानीय प्रशासनले नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र जहाँ छन् त्यहीँ बस्न आग्रह गरेको छ । यात्रुहरू रेलबाट झारिएको, विमानस्थलमा उडानहरू रद्द भएका, र इन्टरनेट तथा मोबाइल सेवामा समेत अवरोध आएको जनाइएको छ ।

तीन जिल्लाका सीडीओ हेरफेर, गृह मन्त्रालयले गर्‍यो सरुवा

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर तथा पदस्थापन गरेको छ । मन्त्रालयका अनुसार सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी पदमा पठाइएको छ । यसअघि तनहुँमा कार्यरत श्यामकृष्ण थापाको सरुवा रामेछापमा गरिएको छ भने रामेछापका सीडीओ राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । त्यस्तै, मन्त्रालयमै कार्यरत बद्रिनाथ गैह्रेलाई दैलेखको प्रमुख जिल्ला अधिकारी पदमा खटाइएको छ । दैलेखका तत्कालीन सीडीओ तथा उपसचिव नवराज जैशीलाई भने मन्त्रालय तानिएको छ । यसैगरी, गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि खटाइएको मन्त्रालयले जानकारी दिएको छ । 

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ८८ हजार तीन सय रुपैयाँमा खरिदबिक्री भएको सुनको मूल्य आज ५०० रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।        अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० रुपैयाँ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।