अदालत र न्यायाधीशको आलोचना गर्ने रवि समर्थकलाई अदालतले दियो यस्तो आदेश
काठमाडौं । रविको सर्वोच्च अदालतल रवि लामिछानेको विषयमा विभिन्न आदेश जारी गर्दा आदेश जारी गर्ने न्यायाधीशलाई सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुने गरेको विषयप्रति गम्भीर ध्यानआकर्षण भएको बताएको छ । रवि लामिछानेले आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आदेश जारी गर्दै यस्तो उल्लेख गरेको हो । सर्वोच्चले लामिछानेलाई थुनामै राख्न आदेश दिँदै सामाजिक सञ्जालमा अदालत र विभिन्न न्यायाधीमाथि विभिन्न टिकाटिप्पणी तथा लाल्छना नलगाउन आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘बहसका क्रममा विद्वान् नायव महान्यायाधिवक्ता र जाहेरवालाका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता एवम् अधिवक्ताहरुले उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट आदेश गर्ने माननीय न्यायाधीशहरु उपर सामाजिक सञ्जाल एवम् अन्य सञ्चार माध्यममा लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी गरेको भनी इजलासलाई अवगत गराउनु भएकाले सो तर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ,’ आदेशमा भिनएको छ, ‘अदालतबाट भएका आदेश एवम् फैसलाहरु उपर स्वच्छ र रचनात्मक टिप्पणीहरु सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढङ्गले न्यायाधीशहरुको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध हुन जाने भएकाले त्यसतर्फ समवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ ।’
रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्चको आदेश {पूर्णपाठ}
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामै राख्न आदेश दिएको छ । सर्वोच्चले जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा राख्न आदेश दिएको हो । यस्तो छ पूर्णपाठ
रविलाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामै राख्न आदेश दिएको छ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेद्वारा दायर बन्दी प्रत्यक्षीकरणको निवेदन जारी गर्न अस्वीकार गर्दै थुनामै राख्न आदेश दिएको हो । सर्वोच्चले जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा राख्न आदेश दिएको हो । आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।
इक्रा नेपालबाट सबैभन्दा उच्च रेटिङ प्राप्त गर्दे शिखर इन्स्योरेन्स बन्यो सुरक्षित कम्पनी
काठमाडौं । इक्रा नेपालबाट एए को रेटिङ प्राप्त गर्दै शिखर इन्स्योरेन्स नेपालको सबैभन्दा सुरक्षित कम्पनी बनेको छ । सरकारको लगानी भएका र वैदेशिक लगानी रहेको भन्दा बाहेकका कम्पनीहरूमध्ये सबैभन्दा उच्च रेटिङ प्राप्त गर्दे सुरक्षित कम्पनी बनेको शिखर इन्स्योरेन्सले दाबी गरेको छ । नेपालमा आएका भूकम्प, बाढीपहिरो लगायतका महाविपत्तिमा सबैभन्दा छिटो र सबैभन्दा अधिकमात्रामा पुर्नबीमाको व्यवस्था गरेको, ह्यानोभर रि तथा स्विस रि जस्ता अन्तराष्ट्रिय रुपमै अग्रणी पुर्नबीमाको साथ पाएको लगायतका सबल पक्ष कम्पनीमा रहेको भन्दै इक्रा नेपालबाट सबैभन्दा उच्च रेटिङ प्राप्त गरेको हो । यस्तै आइएसको अन्तराष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एक्लो निर्जीवन बीमा कम्पनीका रुपमा समेत शिखर इन्स्योरेन्स रहेको छ । बीमाका यस्ता सवल पक्षले नेपालको सबै भन्दा सुरक्षित कम्पनी बनेको हो । बीमा प्राधिकरणबाट जारी गरिएको जोखिममा आधारित पँजी सम्बन्धी व्यवस्थाहरू अनुसार समेत उत्कृष्ट सोल्भेन्सी अनुपातसंगै शिखर इन्स्योरेन्सले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउँदै आएको छ । नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको २ सय ५० करोडको न्यूनतम चुक्ता पुँजी कायम भैसकेको अवस्थामा समेत नगद लाभांशको साटो बोनस शेयरको माध्यमबाट चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ । चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ । विगत १० वर्ष देखि निरन्तर रुपमा नेपालको निर्जिवन बीमा क्षेत्रमा सबै भन्दा अधिक बजार हिस्सा ओगट्न सफल रहँदै आएको छ । अन्य बीमा कम्पनीहरु एक आपसमा गाभिएर संयुक्त कारोबार गरेको अवस्थामा समेत शिखर इन्सयोरेन्सले आफ्नो बजार हिस्सा कायमै राख्न सफल रहँदै आएको छ र कम्पनीको अनुभवी व्यवस्थापन पक्षको साथ संगै कम्पनीले आफ्नो जोखिम व्यवस्थापनलाई मजबुत बनाउँदै आइरहेकाले सबैभन्दा सुरक्षित कम्पनी बनेको हो ।
मोबाईल बैंकिङ एपबाट हवाई टिकट खरिद गर्दा ज्योति विकास बैंकले ५ सय रुपैयाँ फिर्ता दिने
काठमाडौं । ज्योति विकास बैंकले हवाई टिकटमा ५ सय रुपैयाँ नगद फिर्ता दिने भएको छ । बैंकको मोबाईल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ५ सय रुपैयाँ क्यासब्याक पाउने योजना ल्याएको जनाएको छ । बैंकले सार्वजनिक गरेको यस सर्वाधिक क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरूले ज्योति स्मार्ट एपमार्फत सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउने जनाएको छ । देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा ५ सय रुपैयाँको सर्वाधिक नगद फिर्ता पाउन सक्ने बैंकको भनाइ छ । ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा ‘ज्योति५००’ प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक प्राप्त हुनेछ । बैंकको उक्त योजना जेठ ९ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालनमा ल्याएको जनाएको छ ।
असार मसान्तदेखि सुरक्षण मुद्रण केन्द्रले २८ लाख थान लाइसेन्स छाप्ने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले मुद्रण केन्द्रमार्फत चालक अनुमति पत्र छपाई गर्ने भएको हो । जसमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । नवीकरण गरिएको समेत लामो समय सम्म सवारी चालक अनुमति पत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले विभागलाई पटक पटक निर्देशन दिएका थिए । तत्काल अनुमति पत्र नपाउँदा राजश्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक अनुमति पत्र समावेश समेत गरिएको छ । हाल सोही एप मार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिवाना भुक्तानी गराउने कार्य समेत गर्दै आएको छ । दिगो समाधानका लागि समयमानै सवारी चालक अनुमति पत्र छपाई नै गर्नु पर्ने भन्दै मन्त्री दाहालले चुस्त र छिटो सेवा उपलब्ध गराउने विकल्प खोजी गर्न निर्देशन दिएका थिए । सरकारी निकायहरू बिचमा नै सहकार्य गरी सवारी चालक अनुमति पत्र छपाइको विकल्प खोजी गर्ने क्रममा केही दिनअघि दुवै मन्त्रालयका सचिव सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबीच छलफल समेत भएको थियो । दुई सरकारी निकाय बीचको सहकार्यले सवारी चालक छपाई कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ । दुवै पक्षबीच भएको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्त भित्रमा प्रथम चरणको छपाई गरी विभागलाई हस्तान्तरण गर्ने छ । समझदारी पत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले हस्ताक्षर गरेका छन् । शुक्रबार भएको समझदारी पत्रमा २८ लाख थान लाइसेन्स असार मसान्तबाट छाप्न सुरु गरिने उल्लेख छ । यसैगरी समझदारी पत्रमा उच्च सुरक्षासहितको क्यूआर कोड लाइसेन्समा राखिनेछ । विदेश जाने प्रयोजनका लागि ‘चिप’ सहितको लाइसेन्स भने यातायात विभागले नै छाप्नेछ ।
कामना सेवा विकास बैंकले सञ्चालनमा ल्यायो अन्तर बैंक टेलर क्यूआर
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गदै अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको छ । यो सेवा सञ्चालनमा आएसँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी कामना सेवा विकास बैंकको नगद काउण्टरबाट रकम झिक्न सकिने छ । बैंकले आफ्नो स्मार्ट टेलर क्यूआर प्रयोग गरी अन्य बैंकहरुको खाताको रकम झिक्न सकिने व्यवस्था मिलाइएको जनाएको छ । कुनै एउटा बैंकमा रहेको खाताबाट रकम झिक्न सोही बैंकमा नै जानुपर्ने बाध्यतालाई यो सुविधाले हटाएको छ । बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।
बालकल्याण आधारभूत विद्यालयलाई नेपाल एसबिआई बैंकको शैक्षिक सामाग्री सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकले कास्कीको बालकल्याण आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कास्कीको पोखरा महानगरपालिका-२५ स्थित बालकल्याण आधारभूत विद्यालय, हेमजामा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार तिवारीले बालकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई एक कार्यक्रममार्फत् उक्त सामाग्री हस्तान्तरण गरे । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको सीईओ तिवारीले बताए । विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १८ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेको उनले जानकारी गराए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णु देव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत रोशन कोइराला र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।