पृथ्वी राजमार्गको सोताङ खोलाको पुलमा भ्वाङ, सडक आवागमन पूर्णरूपमा बन्द
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-७ स्थित सोताङ खोलाको पुलमा ठूलो भ्वाङ परेपछि नागढुंगा-मुग्लिन सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार बिहान पुलको एकतर्फी भाग भासिएर भ्वाङ परेको हो । त्यसपछि काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिने सवारी साधन रोकिएका छन् । राजमार्ग अवरुद्ध भएपछि दुवै दिशामा सवारी साधनको लामो लाइन लागेको छ। सडक बन्द हुँदा हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
भ्याट बढाउने, होटललाई उद्योगसरहको मान्यता
काठमाडौं । सरकारले मुल्यअभिवृद्धि कर पुनरावलोकन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । उनले होटललाई उद्योग सरहको मान्यता दिने घोषणा गरेका हुन् ।
सरकारको लक्ष्य: आगामी वर्ष थप ८५० किलोमिटर सडक कालोपत्रे
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा थप ८५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै हाल ग्राभेल वा कच्ची अवस्थामा रहेका ८५० किलोमिटर सडकहरू आगामी वर्ष कालोपत्रे गरिने जानकारी दिएका हुन्।
वन तथा वातावरण मन्त्रालयको लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयको लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । उनकाअनुसार वन डढेलोको रोकथाम तथा सचेतनाका लागि समुदायस्तरमा सचेतना अभियान सञ्चालन गरिनेछ । डढेलो लगाउने व्यक्तिलाई कानूनको दायरामा ल्याउन सूचना दिने र निभाउन योगदान गर्ने व्यक्ति तथा समुदायलाई पुरस्कृत गर्ने जानकारी दिए ।
जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको विकासका लागि २० करोड विनियोजन
काठमाडौं । सरकारले जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको विकासका लागि २० करोड विनियोजन गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । गत चैत १५ गते राजावादीले गरेको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड क्षति बराबरको क्षति भएको थियो।
वृद्धभत्ता पाउने उमेर २ वर्ष थप, कर्मचारीलाई महङ्गी भत्ता मासिक पाँच हजार
काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । अब वृद्धभत्ता लिनेको उमेर ७० वर्ष पुग्नु पर्नेछ । वृद्धभत्ता भने वृद्धि भएको छैन । हाल सरकारले ६८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक ४ हजार रुपैयाँ भत्ता दिँदै आएको छ । त्यस्तै सरकारले कर्मचारीको भत्ता बढाएको छ । सबै सरकारी कर्मचारीको भत्ता मासिक पाँच हजार पुर्याएको घोषणा गरेका हुन् । सरकारले कमर्चारीको तलब भने बढाएको छैन । 'राष्ट्रसेवकहरूको सेवा सुविधा समय सापेक्ष बनाउनुपर्ने आवश्यकताबोध भएतापनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव भएन। तथापी, सबै राष्ट्रसेवकहरूका लागि सम्वत् २०८२ साउन १ गतेदेखि लागु हुनेगरी महङ्गी भत्ता वृद्धि गरी मासिक रु. ५ हजार पुर्याएको छु' बजेटमा अर्थमन्त्रीले भने । हाल कर्मचारीले मासिक ३ हजारसम्म महङ्गी भत्ता खाँदै आएका छन् ।
साइबर सुरक्षा बीमा सेवा सञ्चालन हुने
काठमाडाै । आगामी आव २०८२/८३ मा साइबर सुरक्षा बीमा सेवा सञ्चालन हुने भएको छ । सरकारले आगामी आव २०८२/८३ मार्फत साइबर सुरक्षा बीमा सेवा सञ्चालन गरिने जानकारी दिएको हो । सरकारले प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पति बीमाको दायरा विस्तार गर्ने भएको छ । त्यस्तै दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरिने भएको छ ।
भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत
काठमाडौं । सरकारले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत दिने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । उनकाअनुसार वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रक्रिया अघि बढाइने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो यात्रु चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी बुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हवमा विकास गर्ने बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमीकहरुको लागि किफायती हुनेगरी सञ्चलनमा ल्याउन विमानस्थलमा आवश्यक सुविधा उपलब्ध गराइने जानकारी दिए ।