एन्टिबायोटिकको अनियन्त्रित प्रयोगले भविष्यमा संकट निम्त्याउन सक्ने डाक्टरहरूको चेतावनी
सुर्खेत । एन्टिबायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउनसक्ने चिन्ता व्यक्त गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरुले एन्टिबायोटिक औषधीको प्रयोग बढ्दै जाँदा भविश्यमा यसको गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको हो । एन्टिबायोटिकको अत्यधिक प्रयोगले प्रतिरोध क्षमतामा गिरावट आउने र त्यसले गर्दा औषधीले काम नगर्ने अवस्था सिर्जना हुनसक्ने उनीहरुको भनाइ छ । चिकित्सकहरुका अनुसार अहिले कर्णालीमा एन्टिबायोटिक लिने बढ्दै गएका छन् । यसले स्वास्थ्यमा नकारात्मक असर पार्नसक्ने तथ्यले देखाएको छ । विश्वस्वास्थ्य सङ्गठनका कर्णाली प्रतिनिधि प्रदीप अधिकारीले आफ्नो प्रस्तुति राख्दै नेपाल एन्टिमाइक्रोबियल प्रतिरोधको उच्च रुपले प्रभावित रहेको बताए । उनले सन् २०१९ मा गरिएको अध्ययन प्रस्तुत गर्दै एन्टिमाइक्रोबियल औषधीको प्रयोगका कारण प्रत्यक्ष रूपमा छ हजार ४०० र अप्रत्यक्ष रुपमा २३ हजार २०० मृत्यु भएको बताए । मानिस, जनावर र बोटबिरुवामा एन्टिबायोटिक्सको अत्यधिक प्रयोगप्रति जैविक प्रतिरोधी रोगको वृद्धि हुनुका मुख्य कारण रहेको उनको भनाइ छ । उनले भने, 'बहुऔषधी प्रतिरोध भएका विश्वका ३० मुलुकमध्ये नेपाल पनि एक हो, राष्ट्रिय रोगभार प्रतिवेदन २०१९ अनुसार सबैभन्दा बढी मृत्यु गराउने सङ्क्रामक रोगमा श्वासप्रश्वास क्षयरोग, टाइफाइडजन्य सङ्क्रमण रहेका छन् ।' नेपालको कूल ग्राहस्थ उत्पादनमा पशुपक्षीपालन क्षेत्रको करिब १३ प्रतिशत र समग्र कृषि क्षेत्रको करिब २७ प्रतिशत योगदान छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा प्रतिजैविक प्रतिरोधको व्यापकता बढिरहेको छ । उनले गरिबी र असमानताले गर्दा कम र मध्यम आय भएका देश सबैभन्दा बढी प्रभावित हुन थालेको बताए । कर्णाली प्रदेश अस्पतालमा कार्यरत फिजिसिएन डा। केएन पौडेलले अहिले एन्टिबायोटिक रेसिस्टेन्स लिनेहरु बढ्दै गएको बताए । सामान्य रोगका लागि एन्टिबायोटिक औषधीको प्रयोग हुने गरेको उनको भनाइ छ । 'बिहानदेखि बेलुकीसम्म एन्टिबायोटिक्सको प्रयोग बढ्दो छ,' उनले भने, 'यो विषय अब स्वास्थ्य क्षेत्रको मात्रै रहेन, यो व्यापक छलफल र बहसको विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ, हामीमात्रै होइन, सबै नागरिक सचेत हुन जरुरी छ ।' औषधी पसलमा डाक्टरको सिफारिसबिना रोगको पहिचान नै नगरी एन्टिबायोटिक बेच्ने र प्रयोग गर्ने गरिएको उनको भनाइ छ । रोगको पहिचानबिना त्यस्ता औषधी प्रयोग गर्न नहुने उनको सुझाव छ । चिकित्सकले भनेर नहुने भन्दै यो स्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले सबैको सरोकार हुनुपर्ने बताउँछन् । कर्णाली प्रदेश अस्पतालमै कार्यरत डा सुजन सापकोटाले पनि एन्टिबायोटिक जथाभावी प्रयोग गर्नुहन्न भने पनि यसको प्रयोग बढ्दो भएको भन्दै नियमन आवश्यक रहेको औंल्याए । गाउँगाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव यसैबीच सरोकारवालाले गाउँगाउँसम्म एन्टिबायोटिक औषधीको प्रयोगले पु¥याउने हानिका विषयमा गाउँगाउँसम्म सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन्टिबायोटिकको प्रयोग जथाभावी गर्दा भविष्यमा निम्तिने स्वास्थ्य समस्याका बारेमा आमनागरिकलाई जानकारी दिन आवश्यक रहेको औंल्याएका हुन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले खाद्य वस्तुमा एन्टिबायोटिकको प्रयोग भएकाले त्यसको असर मानव स्वास्थ्यमा परिरहेको भन्दै यससम्बन्धी जनचेतना आमनागरिकमा दिनुपर्ने सुझाव दिए । वीरेन्द्रनगर नगरपालिकाका पशु शाखा प्रमुख यज्ञ पाण्डेले पनि पशुहरुमा प्रयोग हुने औषधीकै कारण मानिसमा गम्भीर असर परिरहेकोतर्फ सचेत हुनुपर्नेबेला आएको बताए । नेपाल औषधी व्यवसायी सङ्घ सुर्खेतका महासचिव मङ्गलप्रसाद शर्माले पनि जथाभावी एन्टिबायोटिकको प्रयोग गर्न नहुने भनेर आमव्यवसायीलाई सचेत गराइएको बताए । केही व्यवसायी र बिरामी आफै पनि जथाभावी औषधीको प्रयोग गर्ने गरेको उनको भनाइ छ । सरोकारवालाहरुले मानव, पशुपक्षी र बोटबिरुवामा प्रतिजैविक औषधीको उचित प्रयोग गर्ने, आवश्यक निर्क्यौल गरेरमात्रै प्रयोग गर्ने, यस विषयमा जनजनमा सचेतना जगाउनुपर्ने सुझाव दिएका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले प्रतिजैविक औषधीहरुको जथाभावी प्रयोग बढ्न नदिनेगरी काम भइरहेको जानकारी दि‍ए । सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले यससम्बन्धी बनेका कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यक कानुन निर्माणमा सरकार केन्द्रित हुने प्रतिबद्धता जनाए ।
२१ टन मह थन्कियो, विश्वासको अभाव मुख्य चुनौती
काठमाडौं । नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ । गत वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो । तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीकै घरमा गएर गुनासो गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो । तत्कालीन समयमा किसानको दबाबका कारण डाबर नेपालले केही परिमाणमा मह खरिद गरेको थियो । किसान भने महको बजारीकरणमा समस्या हुँदा ठूलोमात्रामा मौज्दात रहने अवस्था आएको बताउँदै आएका छन् । मौरी विज्ञका अनुसार महको माग नभएर यसरी मह घरमा बसेको होइन, नेपाली महप्रति उभोक्तामा अझै पूर्ण विश्वास नहुँदा समस्या भएको हो । त्यसमाथि नेपाली मह जम्छ र जमेको मह नक्कली हुन्छ भन्ने सोचले पनि बजारीकरणमा समस्या भएको मौरीपालक महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेको बुझाइ छ । उनले महबारे जानकारी दिने, यसको उपयोगिताबारे छलफल तथा अन्तरक्रियाका साथै बजारीकरणका लागि काठमाडौंमा मह मेला आयोजना गरिएको बताए । मौरी विज्ञ जगदीशभक्त श्रेष्ठका अनुसार मौरीले बिरुवा तथा फूलको रस ल्याएर मह बनाएको हुन्छ । जस्तै तोरीबाट मौरीले ल्याएर बनाएको मह चाँडै जम्छ । त्यसबाहेक मह १३/१४ डिग्रीभन्दा कम तापक्रममा पनि जम्छ । यसरी मह जम्ने प्रक्रियालाई प्राकृतिक मानिन्छ । 'मह तताउँदा महको केही गुण नष्ट हुन्छ,' श्रेष्ठले भने । उनका अनुसार महको सेवन औषधी मात्रै होइन यो पौष्टिक तत्वका लागि पनि लाभदायक हुन्छ । महको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेल महको सेवन धेरै कारणले लाभदायक भए पनि बजारीकरणको समस्या भएको बताउँछन् । मह बिक्री नभएपछि विगतका वर्षमा मौरीपालकहरु पलायन हुने अवस्थामा समेत पुगेको उनको भनाइ छ । तत्कालीन समयमा सरकारलाई दबाब दिँएपछि बजारीकरणको समस्या केही हदसम्म समाधान भएको थियो । 'हामी त नेपाली किसानले उत्पादन गरेको मह नै खरिदका लागि सुझाव दिन्छौं, मह जम्नु प्राकृतिक भएकाले नजम्ने मह नक्कली हुनसक्छ,' उनले भने । मह मेलामा भेटिएका चितवनन कालिका नगरपालिका शक्तिखोरका वि एण्ड वि मौरी फर्मका सञ्चालक विकास नेपाल यसप्रकारका मेलाले महको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष राजेन्द्र गौतम नेपालमा जति मह खपत हुनुपर्ने हो त्यो जति उत्पादन हुन नसकेको बताउाछन् । उनी उत्पादित महले बजार नपाउँदा किसान समस्यामा परेको गुनासो गर्छन् । 'नेपाली मह गुणस्तरका हिसाबले राम्रो छ तर यहाँका उपभोक्तालाई बुझाउन सकेका छैनौं, मह नक्कली हो भन्ने भ्रमले पनि बजारीकरणमा समस्या छ,' उनले भने । उनी उत्पादित महको बजारीकरणमा सरकारले पनि सहयोग गर्नुपर्ने बताउँछन् । नेपाली महको अन्तरराष्ट्रिय बजार राम्रो भए पनि निकै कम परिमाणमा निर्यात भएको उनको भनाइ छ । मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईंका अनुसार गत वर्ष पाँच करोडभन्दा बढीको नेपाली मह निर्यात भएको थियो । यसले नेपालमा उत्पादित मह अन्तराष्ट्रिय बजारमा पनि पठाउन सकिन्छ भन्ने सम्भावना देखिएको उनको बुझाइ छ । विभिन्न देशले तय गरेको मापदण्डअनुसार उत्पादन गर्न सकियो भने मह निर्यात बढाउन सकिने उनले उल्लेख गरे । मौरीपालक किसानका अनुसार महको बजारीकरणमा मात्रै नभइ चरनमा पनि समस्या छ । विषादीका कारण मौरी संरक्षण तथा मौरी चरनका लागि शुल्क तिर्नुपर्नेलगायतका समस्या समाधान गर्न जरुरी रहेको किसान बताउँछन् । किसान आफै मह उत्पादन गरेर बजार जान सक्दैनन् । सरकारबाट खाद्य अनुज्ञापत्र लिनुपर्छ । हरेक किसानले प्रोसेसिङ युनिट राख्न सक्दैन । त्यसैले पनि नेपाली मह बिक्री नभएको जानकार बताउँछन् । नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष जानुका थापा यी यावत समस्या बुझाउँदै र महको बजारीकरणका सन्दर्भमा मौरी पालन गर्ने किसानलाई सङ्गठित गरी महको बजारीकरणमा काम गर्नुपर्ने बताउँछन् । भृकुटीमण्डपमा जारी मह मेलामा ४० वटा कक्षमा मह, घार, पोलन, प्रपोलिस, टोपी, ब्रसलगायत सामग्री राखिएको छ । मेलामा सातै प्रदेशका किसानको सहभागिता छ । त्यस अवसरमा महसम्बन्धी छलफलसमेत आयोजना गरिएको छ । मह मेलाका संयोजक सुवासचन्द्र घिमिरेका अनुसार मेलामा मौरीपालनका क्षेत्रमा प्रयोग हुने प्रविधि, मौरीका विभिन्न प्रजातिका बारेमा र महसम्बन्धी जानकारी दिइनेछ । उनका अनुसारका मौरीको प्रजातिअनुसार महको गुण, स्वाद र रङ फरक हुन्छ । महासङ्घ आबद्ध किसानले यस वर्ष मात्रै २२६ टन मह उत्पादन गरेका छन् । नेपालमा सेरेना मौरीको गोला १२ हजार १३८ वटा छ भने मेलिफेराको छ हजार ५०० गोला छ । सेरेना पाल्ने किसान ७११ जना र मेलिफेरा मौरी पाल्ने किसान २७० जना महासङ्घमा आबद्ध छन् ।
संसद चल्न नसक्दा धेरै विधेयकहरू अड्किए : सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद सुचारु हुन नसक्दा विधेयकहरू अड्किएको बताएका छन् । डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल (डीन) को ४५ औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण’ विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विभिन्न विधेयकहरूलाई कानुनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको बताए । उनले संसद चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको जिकिर गरे । सभामुख घिमिरेले संसदमा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘थुप्रै विधेयकहरूलाई कानुनको रूप दिनको लागि हामी तल्लीन छौं, त्यो गर्न सकिन्छ र गर्छौं पनि । तर, संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको छ । संसद नै चल्न नसकेको अवस्थामा सङ्घीय निजामती सेवासम्बन्धी ऐन, विद्यालय शिक्षासम्बन्धी ऐन अड्किएर बसेको छ, थुप्रै कुराहरू अड्किएका छन् । यी अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्छ ।’ उनले कार्बन उत्सर्जन गर्ने कामहरूलाई नियन्त्रण गर्न तत्कालै नलागे भविष्यको मात्रै नभएर आजकै जीवन गम्भीर बन्ने उल्लेख गरे ।
घाटा बेहोर्दै आएको मसेराटीले नयाँ रणनीति अपनाउने
काठमाडौं । मसेराटीले नयाँ व्यापार योजना छिट्टै सार्वजनिक गर्ने योजना बनाएको कम्पनीका प्रमुखले बिहीबार जानकारी दिएका छन् । जसको घोषणा यस महिनाको अन्त्यमा अभिभावक कम्पनी स्टेलान्टिसका नयाँ प्रमुख एन्टोनियो फिलोसा औपचारिक रूपमा कार्यभार सम्हालेपछि गरिने जनाइएको छ । घाटामा रहेको इटालियन ब्रान्ड स्टेलान्टिस जुन विश्वकै चौंथो ठूलो अटो निर्माता स्टेलान्टिसको लक्जरी सेग्मेन्टको एकमात्र ब्रान्ड हो । यसले हालका लागि कुनै नयाँ मोडेल सार्वजनिक गर्ने योजना बनाएको छैन । स्टेलान्टिसले गत वर्ष स्थगित गरिएको अघिल्लो व्यापार योजनापछि मसेराटीको रणनीतिहरू पुनरावलोकन गरिरहेको छ । मसेराटीका सीईओ सान्तो फिसिलीका अनुसार योजना अन्तिम चरणमा पुगेको छ र यसमा नयाँ उत्पादनहरू मात्र होइन, विक्रेताहरूसँगको सम्बन्ध र सेवा नेटवर्कको पुनः संरचनाको विषय पनि समावेश हुनेछ । स्टेलान्टिसले गत साता आफ्नो इटालियन नागरिक एन्टोनियो फिलोसालाई नयाँ सीईओ घोषणा गरेको थियो । उनको नियुक्ति जुन २३ देखि लागू हुनेछ । 'एन्टोनियोलाई मसेराटी ब्रान्ड निकै मन पर्छ, मलाई लाग्छ हामीले ठूला उपलब्धि गर्नेछौं,' फिसिलीले भने । मसेराटीले आफ्ना सम्पूर्ण मोडेलहरू इटालीमै डिजाइन, इन्जिनियर र उत्पादन गर्न जारी राख्ने उनले जानकारी दिए । कमजोर परिणाम र बिक्रीमा गिरावटका कारण स्टेलान्टिसले मसेराटी बिक्री गर्ने तयारीमा छ भन्ने बजार अड्कलबाजीका बारेमा सोधिएको प्रश्नमा फिसिलीले यस्तो कुनै योजना नभएको पुनः पुष्टि गरे । स्टेलान्टिसको प्रिमियम ब्रान्ड अल्फा रोमियोको नेतृत्व पनि सम्हालेका फिसिलीले अल्फा रोमियोको योजनाको पनि चाँडै पुनरावलोकन गरिने जानकारी दिए । समूहले मसेराटी र अल्फा रोमियोका लागि रणनीति सल्लाहका लागि परामर्शदाता कम्पनी म्याक्किन्सीलाई नियुक्त गरेको छ किनभने यी ब्रान्डहरू अमेरिकी ट्यारिफ ९शुल्क० को असरमा पर्ने छन् । मसेराटीको करिब ३० प्रतिशत बिक्री अमेरिकी बजारमा हुने गर्छ भने अल्फा रोमियोको करिब १५ प्रतिशत । ट्रम्प-मस्क विवादले टेस्लाको सेयरमा भारी गिरावट, १५० अर्ब डलर बजारबाट गायब
नेपालको बाटोमा ५०० प्लस सेरेसका गाडी, ३ नयाँ मोडेल छिट्टै सार्वजनिक हुने
काठमाडौं । नेपालमा सेरेस सवारीसाधनको अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले छिट्टै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । हालसम्म नेपालभरि ५०० भन्दा बढी सेरेस गाडीहरू बिक्री भइसकेका छन् । ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर फैलिएको सेवा केन्द्रहरूको सञ्जालमार्फत सेरेसले गाडीधनीहरूलाई सहज र समयमै सेवा उपलब्ध गराएको छ । देशभर सर्भिस लोकेसनहरूको संख्या बढेसँगै ग्राहकहरूले मर्मत तथा सर्भिसको पहुँच झनै सजिलो रूपमा पाउन थालेका छन् । अहिले देशका विभिन्न स्थानमा १२२ वटा चार्जिङ स्टेसन बनिसकेको एमएडब्लू अटोमोबाइल्सले जनाएको छ । हालै सेरेस ब्रान्डबारे बजारमा केही अफबाह फैलिएको भन्दै अटोमोबाइल्सले सेरेसको सेवा र कारोबार नियमित रूपमा चलिरहेको उल्लेख गरेको छ । ग्राहकको विश्वास र सेरेसप्रतिको सन्तुष्टि नै बजारमा सेरेसको मजबुत उपस्थिति पुष्टि गर्ने आधार बनेको कम्पनीको दाबी छ । एमएडब्लू अटोमोबाइल्सले आगामी दिनमा समेत ग्राहकसँगको आफ्नो साथ केवल खरिदको समयसम्म सीमित नरहने वाचासमेत गरेको छ ।
जेभियर इन्टरनेशनल स्कुललाई १३ वटा फोटोन माउन्टेन इभी भ्यान हस्तान्तरण
काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कुललाई १३ वटा नयाँ फोटोन माउन्टेन इलेक्ट्रिक स्कुल भ्यानहरू हस्तान्तरण गरेको छ । साँचो हस्तान्तरण कार्यक्रममा एमएडब्लु वृद्धि र जेभियर स्कूलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । हस्तान्तरण कार्यक्रममा एमएडब्लु वृद्धिका सीईओ तुषार गुप्ताले विद्यालयलाई ईभी राखेकोमा धन्यवाद दिए । सेल्स डेड नवीन आचार्यले फोटोन माउन्टेन इभीमा सुरक्षा, दिगोपन, स्पेस र दक्षता सबै संयोजन रहेको जानकारी दिए । यससँगै जेभियर इन्टरनेशनल स्कुल नेपालमै ठूलो संख्यामा ईभी प्रयोग गर्ने पहिलो शैक्षिक संस्था बन्न पुगेको छ । फोटोन माउन्टेन इभी एक आधुनिक, प्रदूषणमुक्त भ्यान हो । यो विशेषगरी विद्यालयका विद्यार्थीहरूको सुरक्षित र भरपर्दो यातायातका लागि उपयुक्त छ । यसमा ५३।५८ किलोवाटको सीएटीएल ब्याट्री र १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३३० एनएमसम्मको टर्क दिन्छ । एमएडब्लु वृद्धि नेपालमा फोटोन मोटर्सको आधिकारिक आयातकर्ता कम्पनी हो ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज शुक्रबार चाँदी मूल्य तोलामा ७५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९३ हजार ७ सय कायम भएको छ भने चाँदीको मूल्य दुई हजार १ सय ५० रुपैयाँ तोकिएको छ । यसैगरी अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एक औँस सुनको मूल्य तीन हजार ३ सय ८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।
टेस्लाको सेयर मूल्यमा भारी गिरावट, १५० अर्ब डलर बजारबाट गायब
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका अरबपति सीईओ एलन मस्कबीच सार्वजनिक विवाद भएपछि बिहीबार टेस्लाका सेयरमा भारी गिरावट आएको छ । मस्कले आफूलाई ट्रम्पको 'पहिलो साथी' भनेर घोषणा गरे पनि अब उनीहरूबीचको विवादले बजारमा ठूलो असर पारेको हो । लगानीकर्ताहरू मस्कको व्यापारिक साम्राज्यमाथि यस विवादले पार्न सक्ने असरप्रति चिन्तित देखिएका छन् । टेस्लाको सेयर बिहीबार १४ प्रतिशतले घट्यो जसले गर्दा कम्पनीको बजार मूल्यबाट १५० अर्ब डलर गायब भयो जबकि टेस्लासम्बन्धी अन्य कुनै ठूलो समाचार आएको थिएन । टेस्लाको सेयर मूल्य मस्कले जुलाई २०२४ मा ट्रम्पलाई समर्थन गरेपछि माथि चढेको थियो- मिड-डिसेम्बरसम्म १६९ प्रतिशतले उकालो लागेको थियो । त्यसपछि टेस्लाविरोध बढेसँगै अप्रिलसम्म ५४ प्रतिशतले घट्यो । डजको नेतृत्व र ट्रम्पसँगको सम्बन्धले केही ग्राहकहरूलाई टाढा बनाएको छ, जसको असर यूरोप, चीन र अमेरिका-विशेष गरी क्यालिफोर्नियाको बिक्रीमा देखिएको छ । ट्रम्पको आलोचनालाई मस्कले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिँदै कर विधेयकप्रति कडा आलोचना गरेपछि टेस्लाको सेयर उच्च व्यापारिक गतिविधिमा बेचिएको हो । ट्रम्पले पनि प्रतिकार गर्दै भने, 'मस्क रिसाएका छन् किनभने नयाँ विधेयकले इलेक्ट्रिक गाडीका लागि दिइने कर छुट हटाउने प्रस्ताव गरेको छ ।' ट्रम्पसँग खुला विवादमा जानु टेस्ला र मस्कको सम्पूर्ण व्यापार साम्राज्यका लागि अनेक अवरोध सिर्जना गर्न सक्छ । अमेरिकी यातायात मन्त्रालयले गाडीको डिजाइन मापदण्ड नियमन गर्छ र टेस्लाले ब्रेक तथा स्टेयरिङबिनाको रोबोट्याक्सी उत्पादन गर्न पाउने नपाउने विषयमा उसकै ठुलो भूमिका हुनेछ । मन्त्रालयले टेस्लाको ड्राइभर सहायता सफ्टवेयर 'फुल सेल्फ–ड्राइभिङ' सम्बन्धमा एक घातक दुर्घटनापछि अनुसन्धान गरिरहेको छ। 'एलनको राजनीति सेयर मूल्यका लागि हानिकारक हुँदै आएको छ । पहिले उनी ट्रम्पसँग नजिकिए, जसले सम्भावित डेमोक्र्याटिक ग्राहकहरूलाई नकारात्मक असर पार्यो । अब उनी ट्रम्प प्रशासनविरुद्ध उभिएका छन्,' टेस्ला सेयरधनी डेनिस डिकले भने । पछिल्लो वर्ष इलेक्ट्रिक गाडीको बिक्री घटेपछि मस्कले टेस्लाको भविष्य स्वचालित रोबोट्याक्सीमा केन्द्रित गर्दै आएका छन् । गत वर्ष एक आम्दानी रिपोर्टमा मस्कले भनेका थिए, 'यदि तपाईंहरू विश्वास गर्नुहुन्न कि टेस्लाले ड्राइभरविहीन प्रविधि समाधान गर्छ भने तपाईंहरूले टेस्लाको सेयर बेच्नुपर्छ ।' विश्लेषक समूह वेडबशका अनुसार एआई र स्वचालित प्रविधिमा टेस्लाको अवसर मात्रले कम्पनीलाई १ ट्रिलियन डलर बराबरको बजार मूल्य दिलाउन सक्छ । मस्कले स्वचालित गाडीहरूका लागि एकीकृत संघीय अनुमोदन प्रक्रिया हुनुपर्ने माग गर्दै आएका छन्, जुन अहिले विभिन्न राज्यहरूको फरक-फरक नियमले जटिल बनाएको छ । लगानीकर्ता कम्पनी गेरबर कावासाकी वेल्थ एन्ड इन्भेस्टमेन्ट म्यानेजमेन्टका सीईओ रोस गेरबरका अनुसार ट्रम्पसँगको कलह 'टेस्लाका लागि नकारात्मक शक्ति' बनेको छ, जसले नियमनमा असर र थप सरकारी अनुसन्धानको खतरा निम्त्याउन सक्छ । विश्वकै धनी व्यक्ति मस्क हाल संघीय सरकारले सञ्चालन गरिरहेको खर्च कटौती योजना डजका प्रमुख पात्रमध्येका हुन् । उनले यसै हप्ता ट्रम्पको विधेयकको आलोचना गर्दै आफू अब ह्वाइट हाउसमा कम समय दिइ व्यवसायमा केन्द्रित हुने बताएका थिए । बिहीबारको सेयर गिरावटपछि फोब्र्सअनुसार मस्कको नेटवर्थ करिब २७ अर्ब डलरले घटेर ३८८ अर्ब डलरमा झरेको छ । ट्रम्पले बिहीबार आफ्नो ट्रूथ सोसल प्लेटफर्ममा लेखे, 'हाम्रो बजेटमा अर्बौं डलर जोगाउने सबैभन्दा सजिलो उपाय भनेको एलनलाई दिइएका सरकारी अनुदान र ठेक्का समाप्त गर्नु हो ।' जेपी मोर्गनका अनुसार टेस्लाले वार्षिक मुनाफामा १.२ अर्ब डलरको झट्का खान सक्छ, साथै क्यालिफोर्नियाको ईभी नियमविरुद्ध प्रस्तावित सिनेट विधेयकका कारण टेस्लाको नियामक क्रेडिट बिक्रीमा थप २ अर्ब डलरको घाटा हुन सक्छ । यद्यपि टेस्ला अझै पनि विश्वकै सबैभन्दा मूल्यवान कार निर्माता हो । बुधबारसम्म टेस्लाको बजार मूल्य झण्डै १ ट्रिलियन डलर थियो, जुन टोयोटाको २९० अर्ब डलरको तुलनामा धेरै माथि छ । टेस्ला अहिले नाफाको अनुमानको १५० गुणा मूल्यमा कारोबार भइरहेको छ, जुन अन्य ठूला प्रविधि कम्पनीहरू-जस्तै एनभिडियाभन्दा धेरै महँगो हो । किया इण्डियाबाट तीन वर्षमा १ हजार ८ इञ्जिन गायब, पूर्वकर्मचारी र स्क्र्याप डिलर अनुसन्धानको घेरामा टोयोटाको ३३ अर्ब डलरको ‘गेम चेन्जर’ सम्झौता