विकासन्युज

नेपाल माइक्रो इन्स्योरेन्स र बालाजु अटो वर्क्सबीच बीमा सहकार्य सम्झौता

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो बीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुनेगरी अग्नि समूह अन्तर्गत बालाजु अटो वर्क्ससँग बीमा सहकार्य गर्ने भएको छ ।  बिहीबार आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।  दुवै पक्षबीच महिन्द्रा ब्राण्डको सवारी साधनको बीमा तथा दाबी प्रक्रियालाई सरल र प्रभावकारी बनाउन उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अनिलराज गिरी र बालाजु अटो वर्क्सको तर्फबाट नायव महाप्रबन्धक शिवसुदन श्रेष्ठले हस्ताक्षर गरे ।  उक्त अवसरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रबन्धक सुशन थापा र नायव प्रबन्धक अमृत अधिकारी तथा बालाजु अटो वर्क्सका सहायक महाप्रबन्धक सन्तोषकुमार अधिकारी समेतको उपस्थिति रहेको थियो। 

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरेको छ । जेठ ६ गते पोखराका ५६ वर्षका ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण सफल भएपछि पहिलो पटक प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ ।  कार्कीलाई  उनका २६ वर्षिय छोरा आयुष कार्कीले कलेजो दिएका हुन् । भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसंग सहकार्य गरि नेपाल मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा सफलतापूर्वक प्रत्यारोपण गरिएको बिहीबार पत्रकार सम्मेलन मार्फत जनाइएको छ । ‘यो हाम्रो लामो प्रयास हो, निकै मिहिनेतपछि हामी सफल भएका छौं, अब कलेजो प्रत्यारोपणका लागि नेपालीहरूले विदेश गइरहनु पर्दैन,’ डा. उमिद कुमार श्रेष्ठले भने । ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. श्रेष्ठ ६ वर्ष अगाडिदेखिको मिहिनेतले सफलता पाएको बताउँदै नेपाली स्वास्थ्य क्षेत्रकै लागि कोशेढुंगा सावित भएको बताए । श्रेष्ठका अनुसार कार्कीको कलेजो तथा मिर्गौला दुबै बिग्रिसकेको थियो । निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको छ । ‘उनको पेटमा पानी जम्ने, बेला बेलामा होस हराएको जस्तो हुने, रगत वान्ता हुने तथा बेहोस हुने जस्ता समस्या थियो,’उनले भने,‘ कलेजोसँगै मिर्गौलाले पनि काम गर्न छड्दा समस्या आएको थियो, नको जटिल अवस्थाका कारण कलेजो तथा मिर्गौला प्रत्यारोपण दुबै गर्नुपर्ने भएकोले जोखिम उठाउन चाहेनन्, तर नेपाल मेडिसिटीमा भने उनको सफल कलेजो प्रत्यारोपण भएको छ ।’  कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको छ । कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले अस्पतालका सबै कर्मचारीको सहयोगले ठूलो सफलता हात पार्न सकेको बताए । अस्पतालका अध्यक्ष डा। उपेन्द्र महत्तोले पहिलो प्रयास सफल भएकोमा खुसी व्यक्त गरे ।  उनले नेपाललाई अन्तराष्ट्रिय मेडिकल हब बनाउने आफ्नो मुख्य उदेश्य रहेको बताउँदै यो सफलता एक खुड्किलो थपेको बताए । नेपालमा हरेक वर्ष २०० देखि ३०० जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता देखिन्छ ।  एम्बेसी अफ नेपाल, डिल्लीका अनुसार सन् २०२३ देखि २०२४ मा मात्र ७० जना भन्दा बढि नेपालीहरुले भारतमा गएर कलेजो प्रत्यारोपण गराएका छन् । कलेजो त्यारोपणसँगै यो अस्पतालले विभिन्न अंगको पनि प्रत्यारोपण गर्दै आइरहेको छ । अस्पतालमा लसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भईसकेको छ भने ५०० ना भन्दा बढिको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ ।  

विश्वभर १२ करोड ३२ लाख मानिस विस्थापित, घर फर्किनेको संख्या बढ्दै

जेनेभा । विश्वव्यापी रूपमा आफ्नो घरबाट जबरजस्ती विस्थापित व्यक्तिहरूको सङ्ख्या रेकर्ड उच्चबाट थोरै घटेको तर ‘असमर्थनीय रूपमा उच्च’ रहेको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ । सन् २०२४ को अन्त्यमा विश्वभरका १२ करोड ३२ लाख मानिस जबरजस्ती आफ्नो घरबार छोडेर विस्थापित भएका छन् । तर यो सङ्ख्या सिरियालीहरू वर्षौंको उथलपुथल पछि घर फर्कन थालेकाले यस वर्षको अप्रिलको अन्त्यमा १२ करोड २१ लाखमा झरेको छ । करिब २० लाख सिरियाली भारतबाट वा युद्धग्रस्त देशभित्र विस्थापनबाट घर फर्कन सक्षम भएका छन् । तर युएनएचसिआरले विश्वव्यापी रूपमा कसरी ठूला द्वन्द्वहरू भए यसले यो आँकडा फेरि बढ्ने छ कि छैन भनेर निर्धारण गर्ने चेतावनी दिएको छ । एजेन्सीले विश्वव्यापी रूपमा युद्ध, हिंसा र उत्पीडनबाट विस्थापित मानिसहरूको सङ्ख्या ‘असहनीय रूपमा उच्च’ भएको बताएको छ । 'हामी अन्तर्राष्ट्रिय सम्बन्धमा तीव्र अस्थिरताको समयमा बाँचिरहेका छौँ, आधुनिक युद्धले गम्भीर मानव पीडाले चिह्नित नाजुक, कष्टप्रद परिदृश्य सिर्जना गरेको छ', शरणार्थीका लागि संयुक्त राष्ट्र उच्चायुक्त फिलिपो ग्रान्डीले भने, 'हामीले शान्तिको खोजी गर्ने प्रयासलाई दोब्बर बनाउनुपर्छ र शरणार्थी र आफ्नो घरबाट भाग्न बाध्य भएका अन्यका लागि दीर्घकालीन समाधान खोज्नुपर्छ ।' – सुडानले सिरियालाई उछिन्ने – विस्थापनका मुख्य चालकहरू सुडान, म्यान्नमा र युक्रेनमा जस्तै फैलिएको द्वन्द्वका रूपमा रहेको युएनएचसिआरले आफ्नो प्रमुख वार्षिक ग्लोबल ट्रेन्ड्स प्रतिवेदनमा भनेको छ । सिरियामा सन् २०११ मा गृहयुद्ध सुरु भएको थियो तर सन् २०२४ को डिसेम्बरमा सिरियाका राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाइयो । यस वर्षको पहिलो महिनाहरूमा घर फर्कने सिरियालीहरूको सङ्ख्या बढेको प्रतिवेदनले जनाएको छ । मे महिनाको मध्यसम्ममा पाँच लाखभन्दा बढी सिरियाली असदको पतनपछि देशमा फिर्ता आएको अनुमान गरिएको छभ ने अनुमानित १२ लाख आन्तरिक विस्थापित मानिसहरू नोभेम्बरको अन्त्यदेखि आफ्नो मूल क्षेत्रमा फर्केका छन् । युएनएचसिआरको अनुमानअनुसार सन् २०२५ को अन्त्यसम्ममा १५ लाख सिरियाली विदेशबाट र २० लाख आप्रवासी स्वदेश फर्कन सक्छन् । सुडान अहिले एक करोड ४३ लाख शरणार्थी र आन्तरिक रूपमा विस्थापितसँग विश्वको सबैभन्दा ठूलो जबरजस्ती विस्थापन अवस्था हो । यसपछि सिरिया एक करोड ३५ लाख, अफगानिस्तान एक करोड तीन लाख०.३ मिलियन) र युक्रेनमा ८८ लाख छ । 'सन् २०२५ को बाँकी अवधिमा धेरै मुख्य परिस्थितिहरूको गतिशीलतामा निर्भर हुनेछ', वार्षिक प्रतिवेदनले भन्यो, 'यसमा विशेष गरी कङ्गो लोकतान्त्रिक गणतन्त्र, सुडान र युक्रेनमा शान्ति, वा कम्तीमा लडाइँमा रोक लगाउन सम्भव छ कि छैन भन्ने कुरा समावेश छ ।' यो अफगानिस्तान र सिरियामा फिर्ताको अवस्था सुधार हुन्छ कि हुँदैन भन्ने कुरामा पनि निर्भर गर्दछ । रासस

ज्योति विकास बैंकका ग्राहकलाई तिलगंगा सीटी आई सेन्टरमा छुट

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकहरूलाई स्वास्थ्य सेवामा सुविधा प्रदान गर्न काठमाडौं, चुच्चेपाटीस्थित तिलगंगा सीटी आई सेन्टरसँग छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले सो आँखा केन्द्रमा आँखा जाँच, शल्यक्रिया, थेरापी लगायतका सेवामा १० प्रतिशत र प्रिस्क्रिप्शन चश्मा खरिदमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । तिलगंगा नेत्र प्रतिष्ठानको सह-संस्थाले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । ज्योति विकास बैंकले आफ्ना ग्राहकको स्वास्थ्य र सेवा सुविधालाई प्राथमिकतामा राख्दै यस्ता सहकार्यहरूलाई निरन्तरता दिँदै आएको छ ।  हालै बैंकले नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा १५ प्रतिशत र सातदोबाटोस्थित पब्लिक नेपाल डेन्टल हस्पिटलमा ५० प्रतिशतसम्मको छुटसम्बन्धी सम्झौता समेत गरेको छ ।

उत्कृष्ट बीमा अभिकर्ता बन्दै सुकुना अधिकारीले पाइन् एक तोला सुन

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरेको छ । उत्कृष्ट अभिकर्तालाई समान तथा पुरस्कार वितरण र प्रडक्ट लन्च कार्यक्रममा कम्पनीले सम्मान गरेको हो । ३ हजारभन्दा बढी अभिकर्ताबाट कम्पनीले उत्कृष्ट छनोट गरेको हो । उत्कृष्ट सुकुना अधिकारी शिवाकोटीले ५४ अंक ल्याई एक तोला सुन पुरस्कार पाएकी छिन् । यसैगरी, मनकुमारी निरौलाले ४६.३८ अंक ल्याइ द्वितीय भइन् । उनले प्रमाणपत्रसहित दुई तोला चाँदी पाइन् । अन्य बाँकीले पनि प्रमाणपत्रसहित दुई तोला चाँदी प्राप्त गरे । प्रदेशबाट उत्कृष्ट भएकाहरूले भने ३ तोला चाँदी पाएका छन् । बीमा कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत महेश रिमालले कम्पनी सधैं अभिकर्ताको साथमा रहने बताए । उनका अनुसार अहिलेका कम्पनीहरू अभिकर्तामैत्री बन्दै गएको छ ।  उनले अभिकर्ता अभिन्न अंग रहेको जानकारी दिए । 'हामीले अभिकर्तालाई कर्मचारीसरह सम्मान गर्नुपर्छ । उनीहरू अभिन्न अंग हुन्,'रिमालले भने । उनका अनुसार कम्पनीले अहिले अनलाइनबाटै बिमालेख सुविधा ल्याइसकेको छ ।  उत्कृष्ट दश अभिकर्ता : १. सुकुना अधिकारी शिवाकोटी २.मनकुमारी निरौला ३. बद्रीप्रसाद उप्रेती  ४. लीलाबहादुर श्रेष्ठ ५. विशिश्वर अधिकारी ६. धर्मराज जोशी  ७. टीका खड्का ८. शान्ति महर्जन ९. बाशुजंग पाण्डे १०. विश्वनाथ प्याकुरेल

शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्ने बताएका छन् । बालुवाटारमा बिहीबार भएको काठमाडौं विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।  उनले शिक्षामा आमुल परिवर्तन गर्न जरुरी रहेको बताए । उनले शिक्षामा भइरहेको असन्तुलित बजेट विनियोजनमा पुनः विचार गर्नुपर्ने बताए । मेडिकल स्वास्थ्यमा धेरै बजेट विनियोजना गर्ने र इन्जिनियर लगायत अरु विषयमा बजेट कम भइरहेको बारेमा पनि पुनःविचार गर्न जरुरी रहेको बताए । शिक्षालाई आम जनताको पहुँचमा पुर्याउन जरुरी रहेको जानकारी दिए ।  प्रधानमन्त्री ओलीले भने, ‘हामीले एजुकेसनको सन्दर्भमा आमुल परिवर्तन गर्नुपर्नेछ । केही केही धेरै नमिलेका कुराहरु छन् । एजुकेसनलाई मोर्डन टेक्नोलोजीयुक्त र जीवन उपयोगी बनाउनुपर्छ । बेरोजगार जन्माउने विगतको नहोस् । विगतको कुरालाई सच्याउनुपर्छ । अनुत्पादक र बेरोजगार खालको निकम्भा बनाउनु हुँदैन ।’ प्रधानमन्त्री ओलीले कुनै एउटा विषयमा मात्रै लगानी गरेर समाज चल्न नसक्ने जिकिर गरे ।   

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो ।   नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो । बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतसम्म राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए ।   नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मुग्लिन र हलुका सवारीसाधनहरू कुरिनटारमा रोकिनेछन् । यसैगरी मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछन् । रोकिएका सवारीसाधनलाई बिहान ३ः०० बजेपछि मात्रै छोडिने उनले जानकारी दिए ।  

टेकअफको क्रममै हुन्छन् धेरै विमान दुर्घटना, ६ वर्षमा ८१३ दुर्घटना हुँदा १५०० भन्दा बढीको मृत्यु

काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा एयर इन्डियाको यात्रुबाहक विमान टेकअफ गर्ने क्रममा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान दुर्घटना हुँदा २ किलोमिटर टाढासम्म बाक्लो धुवाँ देखिएको थियो । लन्डन जानका लागि टेकअफ गर्ने क्रममा विमान नजिकको बस्ती क्षेत्रमा खसेको हो ।  विमानमा क्रू सदस्यसहित २४२ जना सवार थिए । मृत्यु हुनेको संख्या भने खुल्न सकेको छैन । भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव भने निकालिएको छ । एयर इन्डियाको उक्त जहाजले गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो । २४२ जना यात्रुमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए । अनुमान गरिएको छ कि एयरपोर्टबाट टेकअफ गरेलगत्तै एयर इन्डियाको बोइङ  एआई- सेभेन्टीन वानको इन्जिन फेल भयो । पाइलटसँग निर्णय लिनको लागि मात्र १ मिनेट समय थियो, तर विमान अत्यधिक होचो उचाइमा हुँदा रुखमा ठोक्किएको थियो । विमानको पछाडिको भाग ठोक्किएपछि आगो लागेको अनुमान गरिएको छ । यद्यपि यसबारे जाँच भइरहेको छ । टेकअफको क्रममा सबैभन्दा धेरै विमान दुर्घटना हरेक वर्ष सयौं विमान दुर्घटना भए पनि हवाई यात्रा सबैभन्दा सुरक्षित मानिन्छ । पछिल्ला ७ वर्षमा औसतमा हरेक वर्ष २०० विमान दुर्घटनाहरू भएका छन् । एभीएसन सेफ्टीका अनुसार टेकअफ र ल्यान्डिङको क्रममा सबैभन्दा धेरै दुर्घटना हुने गर्छन् ।  २०२३ मा १०९ दुर्घटनामध्ये ३७ टेकअफ र ३० ल्यान्डिङको बेला भएका थिए । एयर इन्डियाको यो दुर्घटना पनि टेकअफको क्रममा नै भएको हो । वास्तवमा टेकअफ वा ल्यान्डिङकै बेला प्रायस् इन्जिन फेल हुने गर्छ । ६ वर्षमा ८१३ विमान दुर्घटना, १५०० भन्दा बढीको ज्यान गयो एविएसन सेफ्टी संस्थाको तथ्यांकअनुसार सन् २०१७ देखि २०२३ सम्म विश्वभर ८१३ विमान दुर्घटना भइसकेका छन्। तीमध्ये १,४७३ यात्रुले ज्यान गुमाएका थिए । सबैभन्दा धेरै दुर्घटना ल्यान्डिङको बेला हुने गरेका छन् । ती सात वर्षमा ल्यान्डिङको बेला २६१ दुर्घटना भएका थिए भने २१२ उडानको क्रममा । यस अवधिमा भारतमा १४ वटा विमान दुर्घटना भएका छन् । पाइलटको गल्ती- सबैभन्दा ठूलो कारण डब्ल्यूकेडब्ल्यू डटकममा प्रकाशित रिपोर्ट अनुसार पाइलटको गल्ती नै सबैभन्दा ठूलो दुर्घटनाको कारण हो । पाइलटले लामो तालिम, यान्त्रिक ज्ञान र हात-आँखाको तालमेलसहित सुरक्षित उडान सुनिश्चित गर्नुपर्ने हुन्छ । उडान योजना, मौसमको मूल्यांकन र सम्भावित परिवर्तनको अनुमान गर्नु पाइलटका लागि अनिवार्य हुन्छ । युरोपियन ट्रान्सपोर्ट सेफ्टी काउन्सिल अनुसार ९० प्रतिशत विमान दुर्घटना प्राविधिक समस्याका कारण हुन्छन् । खराब मौसममा पाइलट भ्रमित पाइलटले उडान योजना राम्रोसँग नगरेको, खराब मौसममा फसेको वा समस्याको अनुमान गर्न नसकेको अवस्थामा दुर्घटना हुन सक्छ । कहिलेकाहीं बादलमा उडान गर्दा पाइलट आईएफआरअन्तर्गत भ्रमित हुन सक्छन्, जसले विमानको नियन्त्रण गुमाउने सम्भावना बढाउँछ । क्रू सदस्यहरूको ककपिटमा हुने गल्ती ठूला विमानहरूमा ककपिट रिसोर्स म्यानेजमेन्ट अत्यन्तै महत्त्वपूर्ण हुन्छ । यो अन्तर्गत कामको विभाजन, सञ्चार र आत्मविश्वासपूर्ण निर्णय प्रक्रियाको तालमेल आवश्यक पर्छ। यदि ककपिट रिसोर्स म्यानेजमेन्ट कमजोर भयो भने दुर्घटना सम्भावना उच्च हुन्छ । एयर ट्राफिक कन्ट्रोलरको लापरबाही एयर ट्राफिक कन्ट्रोलरले हवाई यातायातको सुरक्षित सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् । यदि कन्ट्रोलरले गलत सूचना दिए वा उचाइको व्यवस्थापन नगरे, टक्कर हुनसक्छ । दुर्घटनापछि एटीसी डाटालाई छिटो संकलन गर्नु आवश्यक हुन्छ । मौसम पनि एउटा मुख्य कारण मौसम विमान दुर्घटनाको ठूलो कारक हो । मौसमको जानकारी पायलट र एयर ट्राफिक कन्ट्रोल दुबैको जिम्मेवारी हो। यदि गलत जानकारी वा योजना बिना उडान भयो भने दुर्घटना सम्भव हुन्छ । विमानको खराब मर्मतसम्भार विमानको मर्मतसम्भार कडाइका साथ गरिनुपर्छ । एफएआर अनुसार आवश्यक निरीक्षणको पालना आवश्यक हुन्छ । दुर्घटनापछि विमानमा यान्त्रिक समस्या थियो कि थिएन भन्ने बुझ्न जाँच अत्यावश्यक हुन्छ । डिजाइनमा समस्या विमानको इन्जिन, पंख, उपकरण आदि राम्रोसँग डिजाइन नभए दुर्घटना हुनसक्छ । यस्तो डिजाईन उत्पादनमा पठाउनु अगाडि परीक्षण गर्नु जरुरी हुन्छ । खराब डिजाइनले दुर्घटना निम्त्याउन सक्छ । आईएफआर र भीएफआर भनेको के हो ? भीएफआरमा पाइलटले बाह्य दृश्यको आधारमा उडान गर्छन्, जबकि आईएफआरमा ककटपिट उपकरणहरूमा निर्भर हुनुपर्छ ।  आईएफआर उडानका लागि पायलटले उपकरण जस्तै अल्टिमिटर, एअरस्पीड, हेडिङ इन्डिकेटर आदिको प्रयोग गर्छन् । यी बुझ्नाले दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुन्छ । जीपीएस पनि कारण हुनसक्ने बादल लागेको अवस्थामा ल्यान्डिङ गर्न आईएलएस वा जीपीएस अप्रोच आवश्यक हुन्छ । यदि ग्लाइड स्लोप पथ पालना भएन भने टक्करको सम्भावना हुन्छ । आईएफआर तालिमले यस जोखिमलाई कम गर्छ । बर्ड स्ट्राइकको असर ट्राभल राडरअनुसार विश्वभर दैनिक १५० बर्ड स्ट्राइकको औसत छ । अमेरिका मात्रैमा बर्सेनि १४ हजारजति बर्ड स्ट्राइक हुन्छन् । २०१६-२०२१ का बीच २ लाख ७३ हजार बर्ड स्ट्राइकको घटना रिपोर्ट भएका छन् । अनुमान गरिन्छ कि ८० प्रतिशत बर्ड स्ट्राइक रिपोर्ट नै हुँदैनन् ।