केदारनाथबाट फर्कँदै गरेको हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु
दिल्ली । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा आइतबार बिहान हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तराखण्ड एसडीआरएफले यस दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि गरेको हो। हेलिकप्टर श्री केदारनाथ धामबाट यात्रुहरूलाई फर्काएर आफ्नो गुप्तकाशी बेसतर्फ ल्याउँदै थियो । सोही क्रममा दुर्घटना भएको थियो । उक्त हेलिकप्टरमा छ जना वयस्क र एक शिशु सवार थिए । दुर्घटनामा पाँच तीर्थयात्री, पाइलट र बद्रीनाथ-केदारनाथ मन्दिर समितिका एक कर्मचारीको मृत्यु भएको हो । एक्कासि मौसम बिग्रिएकाले हेलिकप्टर दुर्घटना भएको बताइएको छ । हेलिकप्टर बिहान करिब साढे पाँच बजे केदारनाथबाट गुप्तकाशीका लागि उडेको र केहीबेरमै दुर्घटनाग्रस्त भएको हो । दुर्घटनास्थल गौरीकुण्डभन्दा करिब ५ किलोमिटर माथि ‘गौरी माई खरक’ भनेर चिनिने क्षेत्रमा पर्छ । स्रोतका अनुसार आर्यन एभियसन प्रालिको उक्त हेलिकप्टर गौरीकुण्ड र त्रिजुगीनारायण बीचको केदारघाटी क्षेत्रमा खसेर आगो लागेको हो । मृत्यु हुनेहरूमा महाराष्ट्रका श्रद्धा राजकुमार जैसवाल ९३५०, महाराष्ट्रकै काशी ९२०, गुजरातका राजकुमार सुरेश जैसवाल ९४१०, उत्तराखण्डका विक्रम सिंह रावत, उत्तर प्रदेशकी विनोद देवी ९६६०, उत्तर प्रदेशकी तुष्टि सिंह ९१९० र पाइलट क्याप्टेन राजवीर सिंह चौहान रहेका छन् । मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्समार्फत एक पोस्ट गर्दै राज्य विपद् प्रतिकार्य बल र अन्य निकायहरू उद्धार तथा राहत कार्यमा खटिएको बताएका छन् । यसअघि मे ८ मा गंगोत्रीधाम जाँदै गरेको हेलिकप्टर उत्तरकाशी जिल्लामा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो । जुन ७ मा केदारनाथ जाँदै गरेको अर्को हेलिकप्टर प्राविधिक समस्या आएपछि उडेको केहीबेरमै सडकमा आपतकालीन अवतरण गर्नु परेको थियो ।
बैंकिङ क्षेत्र सुधारका लागि उपसमिति गठन राष्ट्र बैंकको ऐतिहासिक पहल : सिबिफिन
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकद्वारा हालै गठन गरिएको बैंकिङ क्षेत्र सुधारसम्बन्धी उपसमितिलाई स्वागत गरेको छ । सिबिफिनले गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका संरचनात्मक समस्या र चुनौतीहरूको गहिरो अध्ययन गर्दै ठोस सुझाव पेश गर्ने उद्देश्यले राष्ट्रियस्तरमा गठन गरिएको यस उपसमितिलाई 'नेपालको बैंकिङ इतिहासमै एक ऐतिहासिक कदम' को रूपमा व्याख्या गरेको छ । सिबिफिनका अनुसार गभर्नरले समसामयिक बैंकिङ समस्याको जडसम्म पुग्न, व्यवस्थापन र सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउन, अघिल्ला नीतिहरुको समीक्षा गर्दै वर्तमान वित्त नीतिलाई समयसापेक्ष मौद्रिक नीतिमा रूपान्तरण गर्न थालेका पहलहरू मुलुकलाई आर्थिक सुधार र दिगो विकासको दिशामा लैजान मद्दत गर्नेछन् । उपसमितिमा केन्द्रीय बैंक बाहिरका प्रतिष्ठित विषयविज्ञहरू, निजी क्षेत्रका अनुभवी प्रतिनिधिहरू समेत समावेश गरिएको उल्लेख गर्दै सिबिफिनले यसले नियामकीय सुधार, प्रणालीगत परिवर्तन र नीति निर्माणमा बलियो आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ । सिबिफिनले उपसमितिका अध्ययन, अनुसन्धान, संवाद र सुझाव प्रक्रियामा पूर्ण समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्र बैंकले अघि सारेका दीर्घकालीन योजनाहरूको कार्यान्वयनमा पनि आफू अभिन्न साझेदारको भूमिकामा रहने स्पष्ट पारेको छ ।
कामना सेवा विकासले दृष्टीविहीनलाई प्रदान गर्यो वित्तीय साक्षरता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गर्दै विशेष वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका ४० जना भन्दा बढी दृष्टिविहीन सहभागी रहेको कार्यक्रममा बचतको महत्व, बजेट निर्माण, आर्थिक अनुशासन, डिजिटल कारोबार तथा साइबर सुरक्षा जस्ता विषयमा जानकारी दिइएको थियो । कार्यक्रमको नेतृत्व बैंकका ब्राण्डिङ तथा सीएसआर विभाग प्रमुख सुशिल पौडेलले गरेका थिए । कार्यक्रममा सहभागी दृष्टिविहीन कृष्ण खत्री अविरलले वित्तीय जानकारीको अभावमा विगतमा बैंकिङ सेवाबाट वञ्चित हुनुपरेको अनुभव सुनाउँदै अब भने आफैँ बैंकिङ सेवा प्रयोग गर्ने आत्मविश्वास जागेको बताए। अर्का सहभागी बिक्रम पथरियाले सानो बचतले ठूलो सम्भावना बोकेको अनुभूति भएको बताए । सर्वोदय परियोजनाका सौगात वाग्ले, जो स्वयं दृष्टिविहीन छन्,ले मोबाइल बैंकिङ, एटीएम कार्ड लगायतका सेवाहरू दृष्टिविहीनहरूले पनि समान रूपले उपयोग गर्न पाएकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिएका थिए । कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गर्दै ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो खातामार्फत दृष्टिविहीन ग्राहकले अतिरिक्त कागजात वा साक्षीको आवश्यकता बिना नै खाता खोल्न सक्ने छन् । साथै, खातासम्बन्धी जानकारी ब्रेल लिपीमा उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
एनसेल ‘सधैं अन करोडपति’ योजना सार्वजनिक, १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार
काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरूका लागि ‘सधैं अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राहकहरूले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउने कम्पनीले जनाएको छ । यो योजना यत्तिमा मात्रै सीमित छैन । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगर पुरस्कार जित्नेछन् । यो साप्ताहिक नगद पुरस्कार १२ हप्ता सम्म जारी रहनेछ । त्यसको साथै यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरूप प्राप्त गर्दछन्, जसले गर्दा यो योजना सबैका लागि हात खालि नजाने योजना बनेको छ । ‘सधैं अन करोडपति’ योजना आइतबारदेखि लागू भएको छ र यो १२ हप्तासम्म सञ्चालन हुनेछ । यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा-जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ । यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ । ग्राहकहरूले *१२३# डायल गरी नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवा लिन सक्छन्। त्यसैगरी एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ । हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन् । यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्नेछन् । यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ । ग्राहकहरुलाई सेवा खरिद पश्चात उनीहरुले पाएको आफ्नो टिकट हेर्न सकिने लिङ्क तुरुन्तै एसएमएसमार्फत पठाइनेछ । एनसेल एपमार्फत *९९९९# डायल गरेर वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको छ । यस योजनाको अर्को विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । उदाहरणका लागि सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकट प्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले २ वटा टिकटहरु प्राप्त गर्दछन् । कुनैपनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन् । पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुन्छन् । यस योजना अवधिभर प्रत्येकआइतबार साँझ ६:३० देखि ७:०० बजेको समयमा समयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिनेछन् । नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैं सम्पर्क गर्नेछ ।
भिभो नेपालको ‘न्यानो नानी’ अभियान : स्थानीय आविष्कारमा लगानी, नवजात शिशुको जीवनरक्षामा सहयोग
काठमाडौं । भिभो नेपालले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा ‘न्यानो नानी’ परियोजनामा सहयोग गर्ने घोषणा गरेको छ । डा महावीर पुनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा, कम्पनीले हालै सार्वजनिक भिभो स्मार्टफोनको पहिलो ५० दिनभित्र बिक्री हुने प्रत्येक युनिटबाट ५० रुपैयाँ ‘न्यानो नानी’ परियोजनामा योगदान दिने भएको हो । ‘न्यानो नानी’ एक स्थानीय रूपमा निर्माण गरिएको प्रविधि हो, जसले नेपालका दुर्गम तथा चिसा क्षेत्रहरूमा रहेका समयअगावै जन्मिएका वा कम तौलका नवजात शिशुहरूलाई आवश्यक जीवनदायिनी ताप प्रदान गर्छ । भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालका अनुसार, 'राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्न पाउनु गर्वको विषय हो । यसले नवप्रवर्तन र नेपाली समुदायप्रतिको हाम्रो प्रतिबद्धता प्रस्ट्याउँछ ।' राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक कर्णेल सञ्जय झाले भिभो नेपालको समर्थनले परियोजना अझ धेरै समुदायसम्म विस्तार गर्न सघाउने विश्वास व्यक्त गरे । उक्त सहकार्यले प्रविधि र सामाजिक उत्तरदायित्वको समन्वय गर्दै स्थानीय आविष्कारलाई प्रोत्साहन र नवजात शिशुको जीवनरक्षा दुवैलाई सम्बोधन गरेको छ । भिभो नेपालको यो अभियान दिगो र सकारात्मक सामाजिक परिवर्तनतर्फ उन्मुख प्रभावकारी कदमका रूपमा हेरिएको छ।
डा. कार्कीको संयोजकत्वमा बैंकिङ क्षेत्र सुधार कार्यदल गठन, आधा दर्जन विषयमा सुझाव दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । डा. रेवत बहादुर कार्कीको संयोजकत्वमा राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको हो । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. कार्की संयोजक, भुवन कुमार दहाल सदस्य र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी तीन सदस्यीय बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन भएको हो । कार्यदलको समयावधि एक महिनाको रहने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकास, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका विषयमा सुझाव पेस गर्नेछ । यस्तै, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधान, नेपाललाई ग्रेलिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा सुझाव पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) ले विज्ञापन व्यवसायलाई ध्वस्त पार्दै गइरहेको यस उद्योग सम्बन्ध नेताहरूले बताएका छन् । यसले लगानीकर्ताहरूलाई चिन्तित तुल्याएको छ । विज्ञापन बजार नयाँ जेनेरेटिभ एआई उपकरणहरूको उदयबाट चुनौतीमा परेको छ । यसको सहयोगमा छिटो गतिमा सामग्री उत्पादन गर्न सकिन्छ । पछिल्ला केही वर्षमा ओपनएआई र गुगलका एआई इमेज जेनेरेटरहरू चर्चित भएका छन् । ‘मलाई लाग्छ यो एआई अवरोधले हरेक उद्योगका लगानीकर्तालाई अशान्त बनाइरहेको छ र हाम्रो व्यवसायलाई पूर्ण रूपमा तहस–नहस गरिरहेको छ,’ बेलायती विज्ञापन समूह डब्ल्यूपीपीका बिदा हुँदै गरेका सीईओ मार्क रिडले सीएनबीसीसँग भने । डब्ल्यूपीपी प्रमुखको रूपमा आफूले राजीनामा दिने घोषणा गरेपछि पहिलो अन्तर्वार्तामा रिडले भने, ‘एआईले हाम्रो व्यवसायलाई पूर्ण रूपमा क्रान्तिकारी बनाउने छ ।’ ‘एआईले विश्वभरको विशेषज्ञता सबैलाई निकै सस्तोमा उपलब्ध गराउने छ,’ उनले लण्डन टेक सप्ताहमा भने, ‘उत्तम वकिल, उत्तम मनोवैज्ञानिक, उत्तम रेडियोलोजिस्ट, उत्तम अकाउन्टेन्ट र यत्तिकै राम्रो विज्ञापन क्रिएटिभ र मार्केटिङ विज्ञ पनि एआईद्वारा नै सञ्चालन हुनेछ ।’ रिडले बताएअनुसार अहिले डब्ल्यूपीपीका ५० हजार कर्मचारीहरूले कम्पनीकै एआई(सञ्चालित मार्केटिङ प्लेटफर्म डब्ल्यूपीपी ओपन) प्रयोग गरिरहेका छन् । रिडका अनुसार विज्ञापन व्यवसायको क्रिएटिभ क्षेत्रमा संरचनात्मक दबाबले उद्योगमा एकीकरण (कन्सोलिडेसन) बढाइरहेको छ र कम्पनीहरूले ब्रिफ तयार पार्नेदेखि मिडिया योजना बनाउन र अभियान सुधार गर्नेसम्म सबै कुरामा एआईले प्रभाव पार्ने कुरा स्वीकार्नै पर्ने हुन्छ । पछिल्लो वर्ष जुनमा प्रकाशित फरेस्टरको एक रिपोर्टले देखायो कि ६० प्रतिशतभन्दा बढी अमेरिकी विज्ञापन एजेन्सीहरूले जेनेरेटिभ एआई प्रयोग गरिसकेका छन् र थप ३१ प्रतिशतले यसको उपयोगबारे अनुसन्धान गरिरहेका छन् । ‘विशाल रूपान्तरण’ रिडको यो धारणा एक्लो होइन । एआईको प्रभावले विज्ञापन क्षेत्रमा ‘विशाल रूपान्तरण’ तुल्याइरहेको फ्रेन्च विज्ञापन कम्पनी पब्लिसिस ग्रुपका सीईओ मोरिस लेभीले पेरिसमा आयोजित भिभा टेक सम्मेलनमा बताए । उनले बताएअनुसार एआई इमेज र भिडियो जेनेरेशन उपकरणहरूले सामग्री उत्पादनलाई निकै छिटो बनाइरहेका छन् भने स्वचालित मेसेजिङ प्रणालीहरूले पहिले कहिल्यै नभएको स्तरमा व्यक्तिगत सन्देश पुर्याउन सकेका छन् । तर पब्लिसिस प्रमुखले जोड दिए कि एआईलाई केवल एउटा उपकरणका रूपमा हेर्नुपर्छ, जसले मानिसको जीवनलाई सहज बनाउन सहयोग गर्छ । ‘हामीले एआईलाई एउटा उपकरणभन्दा बढी ठान्न हुँदैन,’ उनले भने । र, एआईले केही जागिरहरूमा असर पुर्याउन सक्ने भए तापनि लेवीको ठम्याइमा यसले नोक्सानभन्दा बढी नयाँ अवसरहरू सिर्जना गर्नेछ । ‘के एआईले मलाई प्रतिस्थापन गर्नेछ र केही जागिर नष्ट गर्नेछ ? हो, एआईले केही जागिरहरू नष्ट गर्नेछ,’ लेभीले स्वीकार गरे । ‘अझ महत्वपूर्ण कुरा के हो भने एआईले जागिरहरू रूपान्तरण गर्नेछ र नयाँ जागिरहरू सिर्जना गर्नेछ। त्यसैले कुल परिणाम सम्भवतः सकारात्मक नै हुनेछ,’उनले थपे । उनको भनाइमा यो कुरा इन्टरनेट र स्मार्टफोनजस्ता विगतका प्रविधिहरूले श्रम क्षेत्रमा पुर्याएको प्रभाव जस्तै हुनेछ। ‘अझ धेरै स्वतन्त्र काम हुने छ,’ लेभीले भने । तर गार्टनरकी विश्लेषक निकोल डेन्मन ग्रीनले भने ब्रान्डहरूले उपभोक्ताहरूमा नकारात्मक प्रतिक्रिया उत्पन्न हुन नदिन सावधानी अपनाउनुपर्ने बताइन्, किनकि धेरै उपभोक्ताहरूले मानव सिर्जनात्मकतामा एआईले असर पार्ने डर व्यक्त गरेकी छन् । गार्टनरको गत सेप्टेम्बरको एक सर्वेक्षणअनुसार ८२ प्रतिशत उपभोक्ताले जेनेरेटिभ एआई प्रयोग गर्ने कम्पनीहरूले नाफा घटे पनि मानव जागिर जोगाउन प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘विज्ञापनमा एआई के गर्न सक्छ भन्नेभन्दा के गर्नुपर्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ,’ ग्रीनले सीएनबीसीलाई भनिन् । ‘यसले के गर्नुपर्छ भने नयाँ र मौलिक ज्ञान सिर्जना गर्न, विविध र साना समूहसम्म पुग्नका लागि अनौठो कार्यान्वयन गर्न, ‘मार्केटिङ’ को सीमाना फराकिलो बनाउन र ब्रान्डलाई अझ भिन्न, उपयोगी र सान्दर्भिक व्यक्तिगत अनुभव दिन सहयोग गर्नुपर्छ - जसमा हाइपर-पर्सलाइजेसनको वाचा पनि पूरा होस्,’ उनले भनिन् ।