विकासन्युज

महिला उद्यमीसँग सहकार्य गरेर अघि बढ्न महानगर सधै तयार छ : प्रमुख महर्जन

काठमाडौं । ललितपुर महागनरका प्रमुख चिरीबाबु महर्जनले महिला उद्यमीहरूलाई सहयोग गर्न सधै तत्पर रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘चौथो उद्यमी महिला सम्मेलन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  प्रमुख महर्जनले महानगरले महिला उद्यमीहरूलाई निरन्तर साथ र सहयोग गर्दै आएकोमा आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।  उनले ललितपुर महानगर नेपालकै जेष्ठ पालिका हुनुका साथै महानगरले गर्ने हरेक ‘शो केस’ रूपमा बन्दै गएको र बनाउने प्रयास जारी रहेको उल्लेख गरेका छन् ।  प्रमुख महर्जनले ललितपुर महानगरपालिका धेरै विषय र क्षेत्रको आधारमा एक मात्रै उत्कृष्ट नगरपालिका भनेर सम्मानित र तारिफ पाउने गरेको बताए ।   उनले भने, ‘हामी संस्कृति र सम्पदामा उत्कृष्ट छौं, सहरलाई हरियाली बनाउने प्रयास गरेका छौं । महानगर सफा पनि छ । यसैले हाम्रो महानगरलाई धेरैले प्रशंसासमेत गर्नुहुन्छ ।’  प्रमुख महर्जनले यतिले मात्रै नपुग्ने भएकाले महिला उद्यमी कार्यक्रमबाट पनि ललितपुरलाई उत्कृष्ट भन्न सक्ने वातावरण बनाउन सबैले प्रयास गर्नुपर्ने उल्लेख गरे ।  ‘संस्कृति, कला, हस्तकलामा ललितपुर महानगर प्रख्यात छ तर यो विश्लेषणले मात्रै पुग्दैन । आगामी दिनमा महिला उद्यमीले उत्पादन गरेको प्रडक्ट राम्रो छ भन्ने सुन्न पाऊँ हाम्रो महागनरमा हस्तकला मात्रै हैन, अरू पनि धेरै कुरा छ है भन्न सकूँ’, उनले भने ।  त्यस्तै, उनले उद्यमीले उत्पादन गर्ने वस्तुको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए। प्रमुख महर्जनले अहिलेको जमाना प्रतिस्पर्धी जमाना भएकाले हरेक उद्यमी प्रतिस्पर्धामा जानैपर्ने र त्यसको लागि तयारी हुनुपर्ने औंल्याए ।  ‘हामी अहिले बजेट बनाउने तयारीमा छौं, महिला उद्यमीको लागि के-के विषय समेटिनुपर्छ, तपाईंहरूले सल्लाह, सुझाव दिनुभयो हामी त्यसलाई समेट्ने प्रयास गर्ने छौं,’ उनले भने । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महिला उद्यमीको सफलता व्यक्तिको मात्रै नभएर परिवार र सिंगो समाजको सफलता भएको बताइन्।  उनले महिला उद्यमीहरुको लागि महानगरले निरन्तर लगानी गर्दै आएको बताइन् ।  श्रेष्ठले महिलाहरूको लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको र आगामी दिनमा त्यसलाई निरन्तरता दिने उल्लेख गरिन् ।  उनले भनिन्, ‘हामीले उद्यमी महिलाको सीप र व्यक्तित्व विकासको लागि आवश्यक तालिमहरू सञ्चालन गर्दै आएका छौं, तालिमसँगै प्रविधिको हस्तान्तरण समेत गर्दै आएका छौं ।’  यसका साथै महिलालाई आवश्यक पुँजी, बीउको समेत व्यवस्था गर्दै आएको उनले सुनाइन् । त्यस्तै, उनले दिगो र प्रभावकारी रूपमा महिलाहरूलाई कसरी जोड्न सकिन्छ, महिलालाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गरेको प्रस्ट्याइन् । त्यस्तै, महिला उद्यमीको समस्या र आवश्यकता बुझ्न पनि सम्मेलनको आयोजना गरेको बताइन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उद्यम क्षेत्रमा महिला उद्यमीको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले महिलाहरूले उत्पादन गरेको वस्तुको उत्पादन वृद्धिमा पालिकाको प्रमुख भूमिका रहने औंल्लाए ।  उनले आजको चुनौती वस्तु उत्पादन वृद्धि र रोजगारी सिर्जना भएको हुँदा आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए । सरकारले पनि पछिल्लो समय आयात घटाउँदै लगेको र निर्यात वृद्धिमा जोड दिएको उनको भनाइ थियो । मन्त्री भण्डारीले महानगरभित्रका महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा स्थानीय स्तरले नै सहयोग गर्दिनुपर्ने बताए ।  उनले भने, ‘ललितपुर महानगरभित्रका महिला उद्यमीहरूले उत्पादन गरेको कपडा महागरका प्रमख, उपप्रमुखदेखि कर्मचारीहरूले हप्तामा तीन दिन लगाऔं ।’

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता

काठमाडौं । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा अब्बल दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तगर्त दिपलको प्रिमियम इभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन । यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपल खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउनेछ । ग्राहकले ६ महिनाको मासिक किस्ता निशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निशुल्क अटो प्लस इन्स्योरेन्स, निशुल्क ७ किलोवाट वालचार्जर र ३ किलोवाटको ट्राभल चार्जर र ८२/८३ सालको निशुल्क सडक कर पनि पाउनेछन् ।  यो योजना दिपल एस०७, दिपल एस०७ एल र दिपल एल०७ मा नेपालभरका दिपल सोरुममा उपलब्ध हुनेछ । एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी दिपल विक्री भइसकेको कम्पनीले जनाएको छ ।  जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर एचयुडी लगायत १० भन्दा बढी इन्डस्ट्रि फस्ट फिचरहरू छन् जसले दिपललाई नेपालकै सबैभन्दा बढी रुचाइएको लक्जरी इभी बनाएको छ । 

सेयर बजारमा १३ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले बढेर २६५८ बिन्दुमा पुगेको छ । आज १२४ कम्पनीको मूल्य बढ्दा १२४ कम्पनीको मूल्य घटेको छ ।  सोमबार ३१८ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सानिमा माइ हाइड्रोको भएको छ । सानिमाको ९५ करोड रुपैयाँ बरारबरको कारोबार भएको छ । साथै, न्यादी गुप्रको ९० करोड, बुटवल पावरको ५८ करोड, सिगंटी हाइड्रो इनर्जीको ५७ करोड र राधी विद्युतको ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज पियोर इनर्जी र पिपुल्स पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

माथिल्लो मैवा जलविद्युत आयोजनामा एनएमबि बैंकको वित्तीय लगानी

काठमाडौं । एनएमबि बैंक लिमिटेड र काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच ताप्लेजुङको मैवाखोला र मेरिङदेन गाउँपालिकामा निर्माणाधीन १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानीका लागि वित्तीय सम्झौता सम्पन्न भएको छ । बैंकको तर्फबाट चिफ, सस्टेनेबल इनेर्जी बैंकिङ दिनेश दुलाल र कम्पनीका प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता पश्चात एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र प्रबन्ध निर्देशक सुब्बाबीच आधिकारिक रूपमा ऋण सम्झौता आदानप्रदान गरिएको हो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत घिमिरेले आयोजना तोकिएको लागत र समयसीमाभित्र सम्पन्न गर्न, साथै प्राविधिक, वातावरणीय र पर्यावरणीय पक्षमा ध्यान दिएर निर्माण अघि बढाउन सुझाव दिए । कम्पनीका तर्फबाट सुब्बाले एनएमबि बैंकलाई धन्यवाद दिँदै आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नाडा अटो शो २०२५ को उद्घाटन अर्थमन्त्री पौडेलले गर्ने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले आउँदो भाद्र ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटनका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई औपचारिक निमन्त्रणा दिएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग शिष्टाचार भेट गरी कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भई उद्घाटन गर्न आग्रह गरेको हो । भेटघाटका क्रममा अध्यक्ष चौधरीले लामो समयपछि आएको बजेट निजी क्षेत्रमैत्री भएको भन्दै त्यसले अटोमोबाइल क्षेत्रलाई आशावादी बनाएको उल्लेख गरे । उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमै पहिलो पटक सिमरामा सवारीसाधन निर्माण उद्योग खोल्ने तयारी भइरहेको जानकारी गराउँदै त्यस्ता उद्योगलाई प्रोत्साहन हुने नीतिगत व्यवस्था आवश्यक रहेको धारणा राखे । छलफलमा अर्थमन्त्री पौडेलले नाडाको निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै अटोमोबाइल व्यवसायीहरूबाट सरकारलाई अझ बढी राजस्व योगदानको अपेक्षा राखेको बताए । प्रतिनिधिमण्डलमा महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानको सहभागिता थियो ।

मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकले माग्यो सार्वजनिक सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि निर्माण गर्न लागिएको मौद्रिक नीतिका सन्दर्भमा सार्वजनिक सुझाव आह्वान गरेको छ ।  राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै मौद्रिक नीतिका लागि सबै सरोकारवाला, विज्ञ, संघसंस्था र आम नागरिकहरूलाई आफ्ना सुझाव पठाउन अनुरोध गरेको हो । बैंकले विगतका वर्षहरूमा झैं यस वर्षको मौद्रिक नीति निर्माण प्रक्रिया अघि बढाउँदै विभिन्न पक्षका राय, सुझाव संकलन गर्न लागेको हो । बैंकले मौद्रिक नीतिलाई यथासम्भव सहभागी र समावेशी बनाउन सुझाव संकलन गर्न लागेको जनाएको छ । यसका लागि इच्छुक व्यक्तिहरूले आफ्ना सुझावहरू २०८२ असार १० गतेभित्र [email protected] मा इमेलमार्फत पठाउन सक्ने बैंकले जनाएको छ।

भारतमा रेयर अर्थको संकट चुलिँदै, २१ कम्पनी लाइसेन्सको पर्खाइमा

काठमाडौं । भारतका धेरै कम्पनीहरूले चीनबाट केही विशेष प्रकारका चुम्बकहरू (रेयर अर्थ म्याग्नेट्स) किन्न चाहिरहेका छन् । यी चुम्बकहरू किन्नका लागि चीनको वाणिज्य मन्त्रालयबाट लाइसेन्स लिनुपर्छ । लाइसेन्सको प्रतीक्षामा रहेका भारतीय कम्पनीहरूको संख्या बढेको बताइएको छ । अहिले २१ वटा कम्पनी लाइसेन्सको प्रतीक्षामा रहेको जनाइएको छ । ठूला कम्पनीहरू पनि सूचीमा इकोनोमिक टाइम्सले स्रोतहरू उद्धृत गर्दै यी कम्पनीहरूमा बोश इन्डिया, मारेली पावरट्रेन इन्डिया, माले इलेक्ट्रिक ड्राइभ्स इन्डिया, टीभीएस मोटर र यूनो मिंडा जस्ता ठूला कम्पनीहरू पनि रहेको जनाएको छ । यी कम्पनीहरूले आफ्नो उत्पादनमा यी चुम्बकहरूको प्रयोग गर्ने गर्छन् । सोना कमस्टार नामक कम्पनीले पनि लाइसेन्सको लागि आवेदन दिएको थियो, तर केही कागजी त्रुटिका कारण उसको आवेदन रद्द भयो । अहिले उसले फेरि आवेदन दिएको छ ।  सोना कमस्टार बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्वश्रीमान् सञ्जय कपूरको कम्पनी हो । सञ्जय कपूरको हालै निधन भएको थियो । चीनको स्वीकृतिको प्रतीक्षा एक अधिकारीले नाम नबताउने शर्तमा बताएका छन् कि यी कम्पनीहरूले आवश्यक कागजातहरू तयार पारेर आफ्ना आपूर्तिकर्ताहरूलाई पठाइसकेका छन् ताकि चीनबाट रेयर अर्थ म्याग्नेट किन्न सकून् ।  तर अहिलेसम्म चीन सरकारले लाइसेन्स दिएको छैन । यसको अर्थ कम्पनीहरूले सबै औपचारिकता पूरा गरिसकेका छन् तर चीनको स्वीकृति आउन बाँकी छ । चीनले रोक किन लगायो ? चीनले ४ अप्रिलमा नयाँ नियम ल्याएको थियो । यसअनुसार जुन कम्पनीले मिडियम र हेभी अर्थ म्याग्नेट चीनबाट बाहिर पठाउन चाहन्छ, उसले पहिले चीनको वाणिज्य विभागबाट लाइसेन्स लिनुपर्ने हुन्छ । लाइसेन्स लिनुअघि किन्ने कम्पनीबाट पनि एउटा प्रमाणपत्र लिनुपर्ने हुन्छ । यस प्रमाणपत्रमा केही ग्यारेन्टीहरू दिनुपर्ने हुन्छ । यी ग्यारेन्टीहरूमा यो पनि समावेश छ कि ती चुम्बकहरू विनाशकारी हतियार बनाउन प्रयोग गरिने छैनन् । साथै ती चुम्बकहरू विश्वलाई खतरा पुर्‍याउने हतियार बनाउन प्रयोग नहुने भन्ने स्पष्ट गर्नुपर्ने हुन्छ ।  यो नियम डोनाल्ड ट्रम्पले लगाएको करको जवाफस्वरूप ल्याइएको थियो । तर अहिले अमेरिकी राष्ट्रपतिले एउटा सम्झौता गरेका छन् जसअनुसार चीनले अमेरिकालाई रेयर अर्थ म्याग्नेट्स आपूर्ति गर्नेछ । भारत सरकारले पनि चीन सरकारसँग कुरा गर्न प्रयास गरिरहेको छ । उनीहरूले चाहन्छन् कि दुबै देशबीच यस विषयमा वार्ता होस् र कुनै समाधान निस्कोस् । तर अहिलेसम्म यस मामिलामा खास प्रगति भएको छैन । युरोपका केही अटोमोबाइल पार्ट्स निर्माण गर्ने कम्पनीहरूले हालै रेयर अर्थ म्याग्नेट किन्न अनुमति पाएका छन् । तर भारतमा रहेका ती कम्पनीहरूले अहिलेसम्म चीनबाट स्वीकृति पाएका छैनन् । जानकारहरू भन्छन् कि भारत र चीनबीचको तनावग्रस्त सम्बन्धका कारण यो मामिला झन जटिल बनेको छ । जुलाईमा सकिन सक्छ स्टक ! सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार भारतमा ५२ वटा कम्पनीहरूले चीनबाट चुम्बक किन्छन् । यी चुम्बकहरू भारतमा गाडी बनाउने कम्पनीहरूलाई आपूर्ति गरिन्छ । यदि यी कम्पनीहरूले चाँडै लाइसेन्स पाएनन् जुलाईको सुरुमा नै उनीहरूको स्टक सकिन सक्छ र उत्पादन रोकिन सक्छ । भारतले आर्थिक वर्ष २०२४-२५ मा ३०६ करोड रुपैयाँ बराबरको ८७० टन रेयर अर्थ म्याग्नेट आयात गरेको थियो । चिनियाँ टेक कम्पनीहरू ताइवानको निशानामा, कालोसूचीमा परे हुवावे र एसएमआईसी विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई  

नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको आन्दोलन (तस्बिरहरु)

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको आन्दोलन माइतीघरमा चलिरहेको छ ।