एनआईसी एशिया बैंकका तीन शाखामा क्षति, कर्मचारी सबै सुरक्षित
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बैंकले प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ । बैंकका अनुसार भदौ १० गते आएको भीषण बाढीका कारण रसुवास्थित स्याफ्रुबेशी शाखा र नुवाकोटस्थित बेत्रावती शाखा रहेको भवन बाढीले बगाएको छ । यस्तै, नुवाकोटकै त्रिशूली शाखा पूर्ण रूपमा क्षतिग्रस्त भई माटोले पुरिएको अवस्थामा पुगेको छ । तीनै शाखा कार्यालयमा ठूलो क्षति पुगेकाले अर्को व्यवस्था नभएसम्म ती शाखाबाट बैंकिङ सेवा सञ्चालन नहुने बैंकले जनाएको छ । बैंकले प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी हाल सुरक्षित स्थानमा रहेको जानकारी दिएको छ । आवश्यक परे कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारीसमेत गरिएको बैंकको भनाइ छ । एनआईसी एशिया बैंकले भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको बैंकले जनाएको छ । साथै, सम्पर्कविहीन रहेका नागरिकको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सबै निकायप्रति सम्मान व्यक्त गरेको छ ।
बाढीपीडितका लागि ‘बिजनेस रिकभरी प्याकेज’ ल्याउने सरकारको घोषणा
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज ल्याउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट क्षति पुगेका व्यक्ति तथा व्यवसायिक संस्थालाई लक्षित गरी ‘बिजनेस रिकभरी प्याकेज’ तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बाढी प्रभावितको व्यवसाय तथा आर्थिक गतिविधि पुनः सञ्चालनमा सहयोग पुग्ने गरी प्याकेज तयार गरिने जानकारी दिए ।
सरकारले बाढी प्रभावित तीन जिल्लामा अढाइ करोड पठायो
काठमाडौं । सरकारले बाढी प्रभावित तीन जिल्लामा २ करोड ५० लाख रुपैयाँ पठाएको छ । रसुवामा १ करोड, धादिङमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ पठाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले ४ सय ७७ जनाको शव फेला परेको जनाएको छ । प्राधीकरणका अनुसार राहतका १० ट्रक सामग्री पठाएको छ । प्रभावित क्षेत्रका लागि सञ्चार सामग्री पठाइएको छ । हेलिकोप्टरबाट खाद्य सामग्री र अखाद्य सामग्री पठाइएको छ । २० ट्रक खाद्य र अखाद्य सामग्री पठाइसकिएको छ । प्राधिकरणका अनुसार हालसम्म सम्पर्कविहिन ९७७ जना भएका छन् । घाइते ७३ जना रहेका छन् । रसुवामा ७३,धादिङ ३ र नुवाकोटमा २७ जना उपचाररत छन् । १५ हजार १०८ जना सुरक्षाकर्मी परिचालन रहेको प्राधीकरणले जनाएको छ । नेपाल प्रहरी ७ हजार २५०, नेपाली सेना ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपाल ३ हजार ६५८ जना परिचालन रहेका छन् । ३ हजार २५३ जनालाई उद्धार गरिएको छ । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट र धादिङ तथा गोर्खामा क्षति पुर्याएको छ ।
प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले १ महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकपछि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताए ।
चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ शहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको मापन गरिएको छ । सीईएनसीका अनुसार उक्त भूकम्प जमिनको सतहबाट १३ किलोमिटर गहिराइमा गएको थियो ।
४७७ को शव फेला, १५ हजार बढी सुरक्षाकर्मी परिचालित
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा ४ सय ७७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले ४ सय ७७ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म सम्पर्कविहिन ९७७ जना भएका छन् । घाइते ७३ जना रहेका छन् । रसुवामा ७३,धादिङ ३ र नुवाकोटमा २७ जना उपचाररत छन् । १५ हजार १०८ जना सुरक्षाकर्मी परिचालन रहेको प्राधीकरणले जनाएको छ । नेपाल प्रहरी ७ हजार २५०, नेपाली सेना ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपाल ३ हजार ६५८ जना परिचालन रहेका छन् । ३ हजार २५३ जनालाई उद्धार गरिएको छ । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट र धादिङ तथा गोर्खामा क्षति पुर्याएको छ ।
भोटेकोशीमा आएको बाढी स्याप्रुेबेसीमा आइपुग्यो, सतर्क रहन अनुरोध
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी स्याप्रुबेसीसम्म आईपुगेको छ । त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ । त्यसैगरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले भोटेकोशीमा पुनः लेदोसहितको पानीको बहाव बढेको जनाएको छ । प्राधीकरणले भोटेकोशी एवं त्रिशुली नदी किनारमा उद्धार तथा राहतमा खटिएका र विविध कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सर्तकता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरेको छ । बुधबार रसुवाको भोटेकोशीमा बाढी आएर ठूलो संख्यामा मानवीय क्षति भएको थियो । प्रहरीका अनुसार हालसम्म ४ सय ६९ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट र धादिङ तथा गोर्खामा क्षति पुर्याएको थियो ।
भोटेकोशीमा पुनः लेदोसहितको पानीको बहाव बढ्यो
काठमाडौं । रसुवाको भोटेकोशीमा लेदोसहित पानीको बहाव बढेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले भोटेकोशीमा पुनः लेदोसहितको पानीको बहाव बढेको जनाएको छ । प्राधीकरणले भोटेकोशी एवं त्रिशुली नदी किनारमा उद्धार तथा राहतमा खटिएका र विविध कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सर्तकता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरेको छ । बुधबार रसुवाको भोटेकोशीमा बाढी आएर ठूलो संख्यामा मानवीय क्षति भएको थियो । प्रहरीका अनुसार हालसम्म ४ सय ६९ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट र धादिङ तथा गोर्खामा क्षति पुर्याएको थियो ।