काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज ल्याउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट क्षति पुगेका व्यक्ति तथा व्यवसायिक संस्थालाई लक्षित गरी ‘बिजनेस रिकभरी प्याकेज’ तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बाढी प्रभावितको व्यवसाय तथा आर्थिक गतिविधि पुनः सञ्चालनमा सहयोग पुग्ने गरी प्याकेज तयार गरिने जानकारी दिए ।