सनराइज बैंकद्धारा बचतकर्ता सामुहिक दुर्घटना बीमा रकम भुक्तानी
काठमाडौं । सनराइज बैंकले वचतकर्ताको मृत्यु दावी भुक्तानी गरेको छ । सवारी दुर्घटनामा परी निधन भएका नारायणगढ शाखाका निक्षेपकर्ता मनोजकुमार पोखरेलकी श्रीमतिलाई २ लाख ५६ हजार रुपैयाँ प्रदान गरेको छ । वचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था अन्र्तगत मृतककी श्रीमति सुशीलाकुमारी बाँनियालाई रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । आफ्ना बचत खाताका ग्राहकहरुको लागि बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दावी भुक्तानी हुने बैंकले जनाएको छ ।
१५ करोड खर्चेर विश्व बजारमा नेपाली पर्यटन गन्तव्यको प्रचार प्रसार
काठमाडौं । नेपाल पर्यटन बोर्डले १५ करोड रूपैयाँ खर्चेर विश्व बजारमा नेपाली पर्यटन गन्तव्यहरुको प्रचार प्रसार गरेको छ । बोर्डले गत आर्थिक बर्ष २०७३/०७४ मा १५ करोड ५८ लाख ६८ हाजार ३ सय खर्च गरी विश्व बजारमा नेपाली पर्यटन गन्तव्यहरुको प्रचार प्रसार गरेको हो । बोर्डले बीबीसी, सीएनएन र इनफ्लाइट म्यागेजिन लगायतका विश्व व्यापी पहुँच भएका सञ्चार माध्यम मार्फत पर्यटन क्षेत्रको प्रचार प्रसार गरेको हो । बीबीसीमा ३ करोड ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । सि एन एनमा ३ करोड ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । इनफ्लाइट म्यागयजिनमा ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । उक्त विज्ञापनले नेपालको पर्यटकीय स्थलहरुको बारेमा विश्वासामु जानकारी पुर्याउने, विज्ञापनले नेपालको पर्याटक आगमनमा वृृद्घि गराउने भएको छ । साथै, भूकम्पबाट अस्तव्यस्त भएको नेपालको पर्यटन क्षेत्रलाई उत्थानका निम्ती सहयोग गर्ने र विश्वलाई जानकारी नभएको पर्यटकीय स्थलहरुको जानकारी समेत गराउने नेपाल टुरिजम बोर्डका अधिकृत सूदन सुवेदिले बताएका छन् ।
एनआईसी एशिया बैंकको २ नयाँ शाखा झापाको धुलाबारी र काकरभिट्टामा
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २ नयाँ शाखा झापाको काकरभिट्टा र मेचिनगरमा विस्तार गरेको छ । सोमबार एक समारोहका बीच मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले उक्त नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । यस २ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकले १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
सेयर बजारमा कालोधन भित्रिएपछि केवाईसीमा कडाई, तीन पुस्ते विवरण र घरको नक्सा अनिवार्य
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारीलाई केवाईसीमा(ग्राहक विवरण)मा थप कडाई गरेको छ । सेयर बजारमा कालोधन भित्रिएको प्रमाण फेला परेपछि बोर्डले केवाइसीमा कडाई गरेको हो । केहि दिनअघि मात्रै सम्पति सुद्धिकरणको पैसा सेयर बजारमा लगानी भएको फेला परेको थियो । हालसम्म धितोपत्र कारोवार गर्दा सिमित रुपमा मात्र ग्राहक विवरण भर्नु पर्ने व्यवस्था थियो । तर अब भने कारोबारीले परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, वसोवास गर्ने स्थानको नक्शा, इन्भेष्टमेन्ट कम्पनीमा संग्लन भए/नभएको विवरण धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन नगरेको उद्घोष गर्नुपर्नेछ । त्यस्तै, कम्पनी/संस्थाको हकमा दर्ता सम्वन्धी विस्तृत विवरण तथा कम्पनी/संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तिन पुस्ते विवरण भर्नुपर्नेछ ।
फागुनमा कृषि यान्त्रीकरण प्रदर्शनी हुँदै, २० मुलुकका २ हजार मेशिनरी, प्रविधि र औजार राखिने
काठमाडौं। फागुन १० देखि १३ गतेसम्म धरान उपमहानगरपालिकाको पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पसको हातामा तेस्रो ‘राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७४सुनसरी’ हुने भएको छ । कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकिकरण तथा व्यवसायिकिरण गर्न सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी हुन लागेको हो । ‘कृषि यन्त्र र प्रविधिको उपयोग व्यवसायिक कृषि विकासको आधार’ भन्ने नारासहित कृषि विकास मन्त्रालय, कृषि विभाग, कृषि ईन्जिनियरिङ निर्देशनालय, नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा प्रदर्शनी हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले प्रदर्शनीमा कृषि तथा पशुपालन क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न पछिल्लो प्रविधिहरु राखिने बताए । ‘प्रदर्शनीमा विभिन्न प्रविधिहरुको कारोबारको साथै ग्राहक तथा अवलोकनकर्ताहरुलाई समाग्रीहरुको जानकारी गराउनेछौं,’ उनले भने । आयोजकका अनुसार प्रदर्शनीमा आधुनिक कृषि यन्त्र, आधुनिक सिंचाई प्रविधि, गुणस्तरीय बिउ बिजन, पोल्ट्री, डेरी, माछापालन, पुष्प व्यवसाय लगायत सम्पूर्ण कृषि, पशुपालन, प्रशोधन र बजारीकरण सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भएका कम्पनीहरु सहभागि हुनेछन् । संघका अध्यक्ष श्रेष्ठले २० विभिन्न मुलुकका २ हजारभन्दाबढी प्रकारका कृषि मेशिनरी, प्रविधि तथा औजारहरु प्रदर्शनी हुने जानकारी दिए । आयोजकका अनुसार मेलामा १ सय ५० भन्दा बढी प्रदर्शनीकर्ता रहनेछन् । ५० हजार अवलोकनकर्ता तथा ग्राहकरु आउने अपेक्षा गरिएको उक्त प्रदर्शनीमा १० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।
ग्लोबल आइएमई बैंक अब बेलायतमा पनि, नेपालको आर्थिक विकासमा नयाँ तरङग ल्याउने
काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार(माघ ७ गते) देखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्टमा सम्पर्क/प्रतिनिधी कार्यालय सुरुवात गरेको छ । बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो । संयुक्त अधिराज्य बेलायतको एल्डरसर्ट स्थित सम्पर्क कार्यालयको एक समारोहका बिच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै गर्भनर नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना गरेका छन् । सोही कार्यक्रममा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदिले देश भित्र मात्र नभएर देशबाहिर समेत सेवा सुविधा प्रदान गरिरहेकाे यस बैंककाे प्रगतिको कामना गरेका छन् । उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त स्थानमा सम्पर्क कार्यालय खोलिएको नयाँ उपलब्धिले नेपालको आर्थिक विकासमा नयाँ तरङग ल्याउने विश्वास व्यक्त गरेका छन् । साथै, ढकालले देश बाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालयहरु संचालन गरेर सम्पूर्ण नेपालीहरुमाझ बैंकको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको र विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडी बढ्ने समेत जानकारी गरेका छन् । साथै, ढकालले नेपालमा लागानीको लागि प्रशस्त सम्भावनाहरु रहेकोले लगानीका लागि बेलायत स्थित व्यवसाथीहरुलाई आग्रह गरेका छन् । बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्पर्क/प्रतिनिधी कार्यालय खोलेपछि बैंककोे सम्पर्क/प्रतिनिधी कार्यालयले नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीहरु बीच व्यापारिक एवं लगानी सम्वन्धी प्रबद्धनात्मक कार्यमा समेत सघाउने छ । यसको अतिरिक्त, काम तथा पढाईको सिलसिलामा संयुक्त अधिराज्य बेलायत पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल संगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज हुन बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस बैंकले यसअघि अष्टेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा सम्र्पकरप्रतिनिधी कार्यालय खोलिसकेको छ । यि तीन देशका अतिरिक्त अन्य मुलुकहरुमा पनि सम्पर्क/प्रतिनिधी कार्यालय खोल्नका लागि आगामी दिनमा प्रकृया अगाडी बढाउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले जानकारी दिएका छन् । बैंकले हालसम्म ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
२९३० रुपैयाँमा सेयर किनेका एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ता अब के गर्छन् ?
काठमाडौं । पुस २४ गतेपछि मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ३२.३० प्रतिशतले घटिसकेको छ र त्यो अझै ओरालो लाग्ने क्रममै छ । पुस २४ गते २४३३ रुपैंयाँ रहेको कम्पनीको सेयर मूल्य माघ ८ गते आईपुग्दा ३२.३० प्रतिशतले घटेर १६४७ रुपैंयाँमा झरेको हो । यो बीचमा कम्पनीका लगानी कर्ताले प्रतिसेयर ७८६ रुपैंयाँ गुमाएका छन् । आखिर किन घट्यो त एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ? के सोच्दैछन् त लगानी कर्ता ? यो जान्नु अघि केहि विगतका तथ्यहरु हेरौं । २०७४ असार ५ गते (जुन १९ सन २०१७) का दिन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक अर्थात २९३० रुपैंयाँ पुगेको थियो । सोही अवधिमा कम्पनी सञ्चालक समितिले ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सो समय अघिदेखि नै कम्पनीको सेयर मूल्य भने निरन्तर बढिरहेको थियो । हकप्रद सेयर निष्काशन सम्बन्धी सूचना चुहाएर सेयरको मूल्य बढाएको भन्दै धितोपत्र बोर्डले त्यतिबेला नै एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का समेत गरेको थियो । असार २३ गतेको १८ औँ, १९ औँ, २० औँ, २१ औँ तथा २२ औँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयरसँगै ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गर्यो । लगानीकर्ता अझै हौसिए र सेयरको मूल्य पनि बढ्दै गयो । तर जब विकासन्युजले पुस २४ गते ‘एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने’ शिर्षकमा समाचार लेख्यो । तब लगानीकर्ताले सुरक्षित अवतरण खोज्न थाले र कम्पनीको सेयर मूल्य ओरालो लाग्दै गयाे । त्यो समाचार मात्रै नभएर लगानीकर्तालाई सचेत बनाउने महत्वपूर्ण सूचना पनि थियो । किनकी ६ सय प्रतिशत हकप्रद सेयर जारी गर्न नपाउने सुइँको पाएसँगै कम्पनीका सञ्चालकहरुले नै आफ्नो सेयर बेचेर सुरक्षित अवतरण रोजिसकेका थिए । ‘पुँजी वृद्धिको योजना बुझाउन बीमा समिति गएका सञ्चालकहरुले ६ सय प्रतिशत हकप्रद सेयर जारी गर्न नमिल्ने बीमा समितिकाे भनार्इ सुनेलगत्तै स्वार्थ गासिएकाे व्याक्तिलार्इ सेयर बेच्च सुझाए । परिणााम घट्दाे मूल्यमा ठूलाे मात्रामा सेयर विक्री भएकाे थियाे’, बीमा समिति स्राेतले भन्याे । संस्थापक सेयर कारोबार(खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि एभरेष्टले ६ सय प्रतिशत हकप्रद अनिश्चित भएकाे छ ।
चुक्ता पूँजी पुर्याउन हकप्रदको बाटोमा बैंक, तीन बैंकको विवरण सार्वजनिक
काठमाडौं । ‘क’ वर्गका चारवटा वाणिज्य बैंकले छ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता बराबरको हकप्रद शेयर बिक्री गर्ने भएका छन् । प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सो परिमाणमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन ती बैंकले हकप्रद शेयरको बाटो रोजेका हुन् । बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा चुक्ता पूँजी पुर्याउन थप छ महिनाको समयसीमा दिएको थियो । तर एनएमबी बैंकले भने एक करोड १४ लाख कित्ता फरदर पब्लिक अफर (एफपीओ) बिक्री गर्न लागेको छ । सो समेत गरी कूल सात करोड सात करोड ७१ लाख एक हजार १७० कित्ता शेयर बजारमा आउन लागेको हो । सिद्धार्थ बैंकले पनि राष्ट्र बैंककै निर्देशनअनुसार चुक्ता पूँजी बढाउन हकप्रद शेयर निष्कासन गर्ने बाटो रोजेको हो । सो उपाय अपनाउँदासमेत बैंकको चुक्ता पूँजी रु आठ अर्ब पुग्ने देखिँदैन । हकप्रद शेयर बिक्री गर्दा अपुग हुने रकमका लागि बैंकले बोनस शेयरको अवधारणा अगाडि सारेको छ । बैंकले रु छ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत पुस ४ गते हकप्रद शेयर निष्कासनको अनुमति दिएको थियो । हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी रु सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ भने बाँकी रकम परिपूर्ति गर्न बैंकको चालू आवको नाफाबाट बोनस वितरण गरिनेछ । त्यसैगरी, कुमारी बैंकले पनि चुक्ता पूँजी रु आठ अर्ब पुर्याउन हकप्रद शेयरकै बाटो रोजेको छ । हकप्रदका लागि बोर्डमा आवेदन दिइसकेको छ । बैंकको चुक्ता पूँजी रु पाँच अर्ब ९६ करोड ९४ लाख ९६ हजार बराबरको २० प्रतिशत अर्थात् १० बराबर दुईका दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिएको छ । बैंकले रु एक अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ बराबरको एक करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको जनाएको छ । विभिन्न चारवटा वित्तीय संस्थालाई प्राप्ति गर्दासमेत चुक्ता पूँजी रु आठ अर्ब नपुगेपछि सो बैंकले हकप्रदको बाटो रोजेको हो । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । बैंकले दुई बराबर एक अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । सो बैंकले पनि चुक्ता पूँजी पुर्याउन हकप्रदकै बाटो रोजेको छ । चार अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद शेयरपछि चुक्ता पूँजी रु सात सात अर्ब एक करोड ८५ लाख ८७ हजार पुग्नेछ । बाँकी रकम कसरी पुर्याउने भन्ने उपायको खोजी भइरहेको जनाइएको छ । बैंकको हकप्रद शेयर निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर निष्कासन भइसकेको छ । सो बैंकले १० बराबर चार अनुपातमा दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर बिक्री शुरु गरिसकेको छ । बैंकले गत पुस २० गतेसम्म कायम रहेका शेयरधनीले हकप्रद शेयर लिन सक्ने व्यवस्था गरिएको छ । यही माघ ७ देखि फागुन १३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । बैंकको हाल चुक्ता पूँजी रु पाँच अर्ब ८८ करोड १४ लाख छ । चालीस प्रतिशत हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार पुग्नेछ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब चुक्ता पूँजी पु¥याउन दिएको निर्देशनअनुसार नै हकप्रद शेयर निष्कासन गरिएको बैंकले जनाएको छ । एनएमबी बैंकले एक करोड १४ लाख कित्ता थप फरदर पब्लिक अफर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । तर अनुमति भने पाइसकेको छैन । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । तीन बैंकको विवरण सार्वजनिक विभिन्न बैंकले चालू आवको छ महिनाको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । सानिमा बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकले आफ्नो विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार सानिमा बैंकको नाफा रु ८२ करोड ४७ लाख पुगेको छ । गत वर्ष पुसमा रु ६२ करोड २४ लाख नाफा गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी रु २० रहेको छ । सिद्धार्थ बैंकले रु ७७ करोड २८ लाख नाफा गरेको छ । गत वर्षको छ महिनामा रु ७२ करोड ६० लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १।५० प्रतिशत छ भने प्रति शेयर आम्दानी रु २२ रहेको बैंकले जानकारी दिएको छ । सिटिजन्स बैंकले चालू आवको छ महिनामा रु ६२ करोड ८६ लाख नाफा गरेको छ । गत वर्ष बैंकले रु ६३ करोड १६ लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १।९४ प्रतिशत छ भने प्रतिशेयर आम्दानी रु १५ रहेको छ । रासस