पुतली सडकको सेयर मार्केट कम्प्लेक्समा आगो लाग्यो (भिडियाेसहित)
काठमाडौं । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ । घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । सेयर मार्केट्स कम्प्लेक्समा तीन वटा वाणिज्य बैंकका शाखा, फाइनान्स, सिडिएस एण्ड क्लियरिङ हाउस लगायतका दर्जनौं कार्यालयहरू रहेका छन् । अागलागीसँगै उक्त भवनमा रहेकाे ग्लाेवल अार्इएमर्इ, प्रभु, सिद्धार्थ बैंकका शाखा र सिडिएस एण्ड क्लियरिङ हाउसमा रहेकाे डाटाकाे सुरक्षामा चिन्ता व्यक्त गरिएकाे छ । सेयर बजारकाे सबै डिजिटल डाटा रहेकाे सिडिएसकाे डाटा भने सबै सुरक्षित रहेकाे सिडिएस ए्ण्ड क्यियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए। ‘डाटा सबै सिहदरवारमा रहेकाेले सुरक्षित रहेका छन् । काराेबार सेटलमेन्टमा केही ढिला हुन्छ’ गुप्ताले विकासन्युजसँग भने । आगलागिका कारण पुतली सडक हुँदै चल्ने सम्पुर्ण यातायात सेवा बन्द भएको छ । घटनाको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
गरिबका छोराछोरी पढ्ने आरआर क्याम्पस सबैभन्दा महंगो
काठमाडाैं। कुनै बेला गरिबका छोरा छोरी अध्ययन गर्नेे क्याम्पसका रुपमा परिचित राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पस(आर.आर.) अहिले सबै भन्दा महंगो भएको छ । राजधानीमा मानवीकी संकाय र शिक्षा शास्त्र संकाय अध्ययन गराउने त्रिभुवन विश्व विद्यालयका आंगिक क्याम्पसहरुमध्ये आर. आर. क्याम्पस सबैभन्दा बढी महंगो देखिएको हो । रत्नराज्यलक्ष्मी क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, पाटन सयुक्त क्याम्पस, महेन्द्ररत्न क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस र पद्यमकन्या बहुमुखी क्याम्पसमध्ये रत्नराज्य लक्ष्मी क्याम्पसले विद्यार्थीसँग महंगो शुल्क असुल्दै आएको देखिन्छ । एमाले भातृ संगठन अनेरास्ववियुले २०३६ सालदेखि यस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले निर्वाचन जित्दै आएको छ । अनेरास्ववियुका नेताहरुले आर. आर. क्याम्पसलाई गरिबका छोरा छोरी पढ्ने क्याम्पसका रुपमा दावी पनि गर्दै आएका छन् । तर यहि क्याम्पस यतिबेला भने अन्य आंगिक क्याम्पसहरुको तुलनामा विद्यार्थीसँग बढि शुल्क असुलिरहेको छ । यस्तो छ शुल्क विवरण रत्नराज्यलक्ष्मी क्याम्पसमा पहिलो सेमेस्टर अग्रेजी, अर्थशास्त्र र समाजशास्त्रमा १४ हजार ५ सय शुल्क लिहिरहेको छ भने दोस्रो र तेस्रो सेमेस्टरमा १३ हजार ५ सय र चौथो सेमेस्टरमा १२ हजार लिहिरहेको छ । यस क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्न कुनै एउटा विषयका लागि ४ वटा सेमेस्टरमा ५३ हजार ५ सय लाग्छ । यही क्याम्पसमा नेपाली र जंनसख्या पहिलो सेमेस्टरमा १२ हजार ५ सय लिएको छ । दोस्रो र तेस्रो सेमेस्टरमा ११ हजार ५ सय निर्धारण गरेको छ । चौथो सेमेस्टरमा भने १० हजार लिहिरहेको छ । यस क्याम्पसमा नेपाली र जनसंख्या बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४५ हजार ५ सय रुपैंयाँ लाग्छ । सरस्वती बहुमुखी क्याम्पसले समाजशास्त्र, अंग्रेजी र नेपालीमा पहिलो, दोस्रो, तेस्रो र चौथो सेमेस्टरमा समान शुल्क १२/१२ हजार शुल्क लिहिरहेको छ । यी तीन बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४८ हजार रुपैंयाँ तिरे पुग्छ । पाटन सयुक्त क्याम्पसमा पहिलो सेमेस्टरमा अर्थशास्त्र, समाजशास्त्र, ग्रामिण अर्थशास्त्र र अंग्रेजीमा १४ हजार ९ सय ५० शुल्क लिरहेको छ । दोस्रो सेमेस्टरमा ९ हजार ५ सय ५० शुल्क हिरहेको छ । तेस्रो सेमेस्टरमा १० हजार ९ सय ५० शुल्क तोकिएको छ । र चौथो सेमेस्टरमा ९ हजार ५ सय ५० शुल्क तोकिएको छ । यी बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४५ हजार ५ सय रुपैंयाँ खर्चनु पर्छ । यहि क्याम्पसमा पहिलो, दोस्रो, तेस्रो र चौथो सेमेस्टरमा नेपाली र जनसंंख्यामा १० हजार ४ सय ५० शुल्क लिहिरहेको छ । यी बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४३ हजार ८ सय ६० रुपैँया लाग्छ । त्रिचन्द्र बहुमुखी क्याम्पसले मानवशास्त्र र समाजशास्त्रमा पहिलो र दोस्रो सेमेस्टरमा १० हाजार शुल्क लिईरहेको छ । तेस्रो र चौथो सेमेस्टरमा पनि मानवशास्त्र र समाजशास्त्रमा १० हजार शुल्क तोकेको छ । त्रिचन्द्रमा यी बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४० हजार रुपैंयाँ तिरे पुग्छ । यहि क्याम्पसमा ग्रामिण अर्थशास्त्रमा पहिलो र दोस्रो सेमेस्टरमा १० हजार ९ सय ५० रुपौया लिएको छ भने तेस्रो र चौथो सेमेस्टरमा पनि ग्रामिण अर्थशास्त्रमा १० हजार ९ सय ५० रुपौया तोकेको छ । यस क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्न ४३ हजार ८ सय लाग्छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टरमा अंग्रेजी, नेपाली, गणित, स्वस्थ्य, जनसंख्या अर्थशास्त्र र पाठ्यक्रम पढाइ हुन्छ । यस क्याम्पमा पहिलो सेमेस्टरमा १३ हजार ४ सय, ५० लिइरहेको छ । दोस्रो सेमेस्टरमा ९ हजार ३ सय, तेस्रो सेमेस्टरमा १० हजार ४ सय ५० रुपैँया तोकेको छ । चौथो सेमेस्टरमा ८ हजार ८ सय तोकेको छ । यस क्याम्पसमा कुनै एउटा विषयमा स्नातकोत्त तह अध्ययन गर्न ४२ हजार लाग्छ । पदमकन्या बहुमुखी क्याम्पसमा मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र, ग्रामिण अर्थशास्त्र, अंग्रेजी, जनसंंख्या र मानवशास्त्रको पहिलो सेमेस्टरमा १५ हजार ४ सय ७५ रुपैँया लिइरहेको छ । दोस्रो सेमेस्टर ८ हजार ७५ रुपैँया लिईरहेको छ । तेस्रो र चौथो सेमेस्टरमा मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र, ग्रामिण अर्थशास्त्र, अग्रेजि, जनसंंख्या र मानवशास्त्रमा ८ हजार ७५ रुपैँया तोकेको छ । यस क्याम्पसमा कुनै एउटा विषयमा स्नताकोत्तर अध्ययन गर्न ३९ हजार ७ सय लाग्छ । राजधानीका अन्य आंगिक क्याम्पसको तुलनामा आर. आर. क्याम्पस किन महंगो भयो भन्ने प्रश्नको जवाफमा क्याम्पस प्रमुख डा. निर्मला कुमारी सुवालले भनिन्- अरु क्याम्पसले अन्य संकाय पनि सञ्चालन गरेका छन, हामीले मानविकी मात्रै चलाएका छौं, त्यसैले अरु भन्दा केहि महंगो जस्तो देखिएको मात्रै हो । उनले शुल्क असुलीका बारेमा क्याम्पसमा क्रियाशिल सबै विद्यार्थी संगठनको सहमति लिएको दावी पनि गरिन् ।
नेपाल फाइनान्सले हकप्रद सेयर निष्कासन गर्न बोलायो विशेष साधारणसभा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासन स्वीकृतिका लागि फाइनान्सले फागुन २९ गते विशेष साधारणसभा बोलाएको छ । फाइनान्सको समूह क र समूह ख वर्गको सञ्चालक निर्वाचन समेत गर्ने छ ।
होलीमा इच्छा विपरीत रङ खेल्ने र लोला हान्नेलाई कारबाही
काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले फागु पर्व (होली)मा अरुको इच्छा विपरीत रङ खेल्ने र लोला हान्नेलाई तत्काल कारबाही हुने जनाइएको छ । परिसरले पत्रकार सम्मेलनको आयोजना गरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले फागुन १७ गतेको फागुलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार पारिएको बताए । कोही कसैले बलजफ्ती गरे तत्काल प्रहरीलाई खबर गर्न उनले आग्रह गरेका थिए । त्यस्ता व्यक्तिलाई मुद्दा चलाउने उनको भनाइ छ । होलीमा ट्राफिक नियम उलंघन गर्ने तथा सामाजिक आचरणका विपरीतका क्रियाकलाप तथा झै–झगडा रोक्न प्रहरीको विभिन्न स्थानमा टोली परिचालन गरिने उनले बताएका छन् । परिसरले राजधानीको सुरक्षा व्यवस्था सुदृढ गर्न सर्वसाधारणको सहभागितामा २०० जनाको सूचनादाता समूह गठन गरेको छ । अपराधमुक्त राजधानी बनाउने उद्देश्यले गठन गरिएको समूहले प्रहरीको गतिविधिदेखि स्थानीय तहमा हुने अपराधिक गतिविधिबारे गोप्यरुपमा प्रहरीलाई सूचना दिने बताइएको छ । राजधानीको विभिन्न स्थानमा बसोबास गर्ने विभिन्न क्षेत्रमा कार्यरत करिब २ सय युवाको समूहले स्वयंसेवकका रुपमा अपराध नियन्त्रका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको परिसर प्रमुख पोखरेलको भनाइ छ । अहिलेसम्म राजधानीमा ३७२ जना अभियुक्त फरार सूचीमा रहेको जानकारी दिँदै उनीहरुको खोजी तीव्र पारिने वरिष्ठ उपरीक्षक पोखरेलले बताए । आव २०७१/७२ मा ४ हजार ७७३, आव २०७२/७३ मा ४ हजार ९०२, आव २०७३/७४ ४ हजार ५८२ र चालु आव २०७४/७५ को हालसम्म ३ हजार ३४२ मुद्धा परिसरमा दर्ता भएको जनाइएको छ । रासस
सिटामोलको माग अत्यधिक, सोमबारदेखि व्यवसायीक उत्पादन सुरु
काठमाडौं । सरकारको स्वामित्व रहेको नेपाल औषधी लिमिटेडमा सिटामोलको माग अत्यधिक आएको छ । बुधबारदेखि सिटामोल ट्याब्लेटको परिक्षण उत्पादन सुरु गरेको उद्योगमा उत्पादन सुरु भएसँगै विभिन्न स्टकिसहरुबाट सिटामोलको माग आएको उद्योगका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदीले बताए । उनकाे अनुसार उद्योगले सिटामोलको उत्पादन सुरु गएको खबर बाहिर आएसँगै विभिन्न कम्पनीहरुले लाखौं/करोडौंको संख्यामा सिटामोलको माग रहेको बताए । ‘त्यसैले ८/१० लाखभन्दा बढी संख्यामा सिटामोलको ट्याब्लेड उत्पादन गरेपछि मात्रै बजारमा लैजाने योजना बनाएका छौं,’ उलने भने ‘अहिलेसम्म परिक्षण उत्पादन सकरात्मक रुपले अघि बढिरहेको छ । यसरी नै अघि बढे सोमबारदेखि ब्यवसायीक उत्पादन थाल्ने छौं ।’ उनले सिटामोलको व्यवसायीक उत्पादन सुरु गरेपनि अत्यधिक मागलाई केही मात्रामा सम्बोधन गर्न हप्ता पन्ध्र दिनपछि मात्रै बजारमा लैजाने योजना रहेको विकासन्युजलाई जानकारी दिए । प्रतिट्याब्लेट सरकारले १ रुपैयाँ मूल्य निर्धारण गरेको सिटामोलको उत्पादन लागत बढी पर्ने भएकोले सामान्यतया निजी औषधी उत्पाक उद्योगहरुले उत्पादन नगर्ने भएकोले पनि माग सोचेभन्दा बढी आएको उनको बुझाइ छ । लामो समयसम्म बन्द रहेको उक्त उद्योग ०७४ वैशाख २४ गते तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा कम्पनीले जीवनजल उत्पादन सुरु गर्दै पुनः सञ्चालनमा आएको थियो । त्यसयता केही दिनअघिदेखि परिक्षण ब्याज सिटामोल उत्पादन गर्दै आइरहेको छ । एक ब्याज साईजमा ३ लाख २० हजार ट्याप्लेट सिटामोल उत्पादन गरिरहेको महाप्रबन्धक सुवेदीको भनाइ छ । विगतमा विश्व स्वास्थ्य संगठन तथा कुशल निर्माण विधि ‘जीएमपी’ लगायतको मापदण्ड पुरा नभएकोभन्दै बन्द भएको उक्त उद्योगले मापदण्ड पुरा गरेसँगै सञ्चालनमा आएको हो ।
सानिमा बैंकको सी-आस्वा प्रणाली सञ्चालनमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले सी-आस्वा प्रणाली सञ्चानलमा ल्याएको छ । सार्वजनिक निस्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिदा अनिवार्य रुपमा सी-आस्वा सेवा मार्फत मात्र आवेदन दिन पाउने हुँदा बैंकले उक्त सेवा फागुन ११ गतेबाट सञ्चालनमा ल्याएको छ । ग्राहकले बैंकका सम्पूर्ण शाखाबाट सी-आस्वा रजिष्ट्रेसन नम्बर लिन सक्नेछ । यो रजिष्ट्रेसन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्ने अथवा बैंकको कुनैपनि शाखामा गई सी–आस्वा फारम भरी आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्ने छन् । सानिमा बैंकले यो सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ । त्यसैगरी, सी-आस्वा सञ्चालनमा आए संगै बैंकले पुरानो आस्वा प्रणाली बन्द गरेको छ । बैंकले सान्जेन जलविद्युत तथा रसुवागढी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर सी-आस्वा मार्फत सेयर आवेदन दिन हितग्राही खाता अनिवार्य रहेको हुँदा आवेदकले हितग्राही खाता बैंकका कुनै पनि शाखाबाट निः शुल्क खोल्न सक्नेछ । साथै, बैंकले ग्राहकहरुलाई सी–आस्वा रजिष्ट्रेस्ननम्बर लिन तथा केवाईसी अपडेट गर्नका लागि आफ्नो सम्बन्धित बैंकका शाखामा सम्पर्क राख्न आग्रह गरेको छ ।
एलजीको लिनियर र डोर कुलिङ भएको रेफ्रिजिरेटर नेपाली बजारमा
काठमाडौं । एलजीले लिनियर कुलिङ र डोर कुलिङ भएको रेफ्रिजिरेटर विशेषता भएको रेफ्रिजिरेटर बजारमा ल्याएको छ । यस रेफ्रिजिरेटरले १४ दिन सम्म खाना ताजा राख्ने कुरा कम्पनीले जनाएको छ । विशेष गरि डोर कुलिङ फिचरले गर्दा रेफ्रिजिरेटरको कुना कुनामा चिसो हावा पुग्छ जसले गर्दा भित्र ३५ प्रतिशत चाडो चिसो हुन्छ । एलजीको रेफ्रिजिरेटरमा इन्भटर लिनियर कम्प्रेसर प्रयोग गरिएको छ जसले ५१ प्रतिशतसम्म बिजुली बचत गर्दछ । साथै कम्पनीले १० बर्षको कम्प्रेसरमा वारेण्टी दिँदै आएको छ । नेपालका लागी सि. जी. ब्राण्डका आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि. जी. इम्पेक्स् प्रा. लि. हो ।
मुड फ्रेस गर्ने काठमाडौं फन पार्क, अशक्त र बालबालिकालाई नि:शुल्क प्रवेश
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा अवस्थित काठमाडौं फन पार्क मुड फ्रेस गर्ने पार्कको रुपमा विकसित हुदैँ गएको छ । काठमाडौंमा घुमफिर गर्ने धेरै ठाँउ छैन । दुरिको हिसाबले सबैतिरका काठमाडौं बासीलाई सेन्टर पर्ने यस पार्कमा सबै किसिमका उमेर समुहका मानिसहरुले मनोरञ्जन लिन सक्छन् । पार्क युवायुवतीहरुको सबैभन्दा धेरै रोजाईमा पर्ने गरेको छ । दुरीको हिसाबले यो पार्क नजिक रहेको छ, साथीहरुसँग ठुलो रोटे पिङ खेल्न रमाइलो लाग्छ, अहिलेसम्म १४ पटक यो पिङ खेलिसकेँ, राजधानीको पद्ममकन्या क्याम्पसमा स्नातकोत्तर दोस्रो सेमेस्टर अध्ययनरत मन्जु पौडेलले बताइन् । पार्कभित्र रहेको विभिन्न मनोरञ्जनात्मक खेलहरु र बाल मैत्री वातावरण पार्कको मुख्य आकर्षण हो । ‘पार्कमा दुई वटा फुटसल ग्राउण्ड र रेलले नयाँ आकर्षण थपेको फुटसल खेलाडी राम कुमार मगरले बताए । म प्राय फुटसल खेल्नका लागि फन पार्क आउने गर्छु, मैले यसभन्दा अघि रेल कहिल्यै चढेको थिइन त्यो सपना यो पार्कले परा गरेको छ’ खेलाडी मगरले भने । पार्कमा प्रवेश गर्नको लागि वयस्कलाई ६० विद्याार्थी र ५ देखी १० बर्षसम्मका बालबालिकाहरुलाई ३० रुपैंया रहेको छ । ५ बर्षभन्दा मुनिका बालबालिका, ७० बर्षभन्दा माथिका जेष्ठ नागरिक र सारिरीक रुपमा अशक्त व्यक्तिहरुका लागि भने प्रवेश नि:शुल्क रहेको छ । पार्कलाई अझ आकर्षक र आधुनिकिकरण गर्न थप निती तथा योजना बनिरहेको पार्कको व्यवस्थापक बोधराज कट्टेलले बताए । बिदाको दिन र चार्डपर्वको बेलामा १ हजार जनासम्म पार्कमा आउने गरेका छन्,सामान्य दिनमा १ सय जनासम्म मानिस आउने गरेको व्यवस्थापक कट्टेलले जानकारी दिए ।पार्कमा स्विमिङ पुल लगायत अन्य किसिमका मनोरञ्जनात्मक खेलकुद सामाग्रीको निमार्ण गर्न सकिएको खण्डमा अझै मानिसहरुले मनोरञ्जन लिन सक्ने देखिन्छ ।-प्रशिक्षार्थी