विकासन्युज

जापान सरकारले नेपाललाई ५ हजार १७४ टन चामल दियो, आगामी वर्ष पनि दिने

काठमाडौं । जापान सरकारले नेपाललाई ३५ करोड येन बराबरको ५ हजार १७४ टन चामल दिएको छ । उक्त चामल नेपाल खाद्य संस्थानले आफ्ना विभिन्न गोदामहरुमा स्टक गरिसकेको जानकरी दिएको छ । संस्थानका प्रवक्ता शंकर सापकोटाले केही दिनअघि मात्रै उक्त जापन सरकारले दिएको चामल भित्रिसकेको बताए । उनको अनुसार डिसेम्बर २०१६ मा जापान र नेपाल सरकारबीच भएको सम्झौता बमोजिम चामल नेपालमा भित्रिएको हो । विभागका अनुसार उक्त चामल ५ सय १८ टन विरगञ्ज, १ हजार ५५२ टन नेपालगञ्ज, १ हजार ५५२ टन सुर्खेत र १ हजार ५५२ टन काठमाडौंस्थित सस्थानको आफ्नो गोदाममा थन्क्याइएको छ । त्यस्तै जापनले आगामी बर्ष समेत नेपालाई ३५ करोड येन बराबरको चामल दिने भएको छ । संस्थानको अनुसार २५ जनवरी २०१८ मा नेपाल सरकार र जापान सरकारबीच खाद्यन्न सहयोग गर्ने उक्त सम्झौता भएको हो ।

सेयर बजार घट्दा लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए, यस्तो छ कारण

काठमाडौं । दोहोरो अंकले घटेको सोमबारको बजारमा लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा झुम्मिएका छन् । एकैदिन यस कम्पनीको ५८ हजार ६२४ कित्ता सेयर १० करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७८४ रुपैयाँ रहेको छ । सेयरधनीलाई साढे ७०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता यस कम्पनीमा झुम्मिएका हुन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४२ प्रतिशत बोनस र २८.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने घोषणा गरेको थियो । नेपाल लाइफ इन्स्योरेन्सपछि प्रभु बैंकको ५ करोड ९० लाख रुपैयाँ बराबराको सेयर किनबेच भएको छ । सोमबारको बजारमा कुल १५१ कम्पनीको ५५ करोड २४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सो दिन सेयर बजार १५.७८ अंकले घटेर १३५८.९५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा सोमबारको परिसूचक १.१५ प्रतिशतले घटेको हो । दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका सबै सूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२२ अंकले ओरालो लागेको छ ।

डा. युवराज खतिवडा अर्थमन्त्री, गृह, रक्षा र उद्योगमन्त्री क्रमश: थापा, पाेखरेल र यादव

काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्री भएका छन्।  त्यस्तै,  ईश्वर पोखरेल रक्षा मन्त्री, रामबहादुर थापा गृह मन्त्री र मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति  बनेका छन् । अर्थमन्त्री डा खतिवडा पहिलोपटक मन्त्री बनेका हुन्। यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहेका डा खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् । यस्तै, गृहमन्त्री बनेका थापा तत्कालीन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रक्षा मन्त्री थिए । एमाले अध्यक्ष केपी ओलीले खतिवडालाई अर्थमन्त्री बनाउने निर्णय गरेका हुन् । ईश्वर पोखरेल पछि हटेपछि खतिवडालाई अर्थमन्त्री बनाउन लागिएको प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले बताए । अर्थमन्त्री बनाउनकै लागि खतिवडालाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको थियो । तर सर्वाेच्च अदालतले राष्ट्रिय सभा सदस्यको सपथ भने नगराउन अन्तरिम आदेश दिएको छ । संघिय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री बनाउँदा ६ महिना भित्र संघिय संसदका सदस्य बनाउनुपर्ने सबैधानिक व्यवस्था रहेको छ । अर्थमन्त्री बन्न लागेका डा. खतिवडा प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाका हुन् । उनी यस अघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकको गभर्नर बनिसकेका छन् । खतिवडालाई मौद्रिक अर्थतन्त्रको जानकारी मानिन्छ ।

औद्योगिक वौद्धिक सम्पत्तिको छुट्टै केन्द्रिय विभाग बन्ने

काठमाडौं । औद्योगिक वौद्धिक सम्पत्ति (इन्डष्ट्रियल इन्टेलेक्चुअल प्रोपर्टी) को छुट्टै विभाग बन्ने भएको छ । उद्योग मन्त्रालयका प्रवत्ता गोपिकृष्ण खनालका अनुसार पर्यटन मन्त्रालयको कपिराईट विभाग र प्रतिलिपि अधिकार विभाग मिलेर स्वतन्त्र औद्योगिक वौद्धिक सम्पत्ति विभाग बन्नेछ । उक्त विभाग नेपाल सरकारको छुट्टै केन्द्रिय विभाग हुनेछ । अहिलेसम्म नेपालमा वौद्धिक सम्पत्ति सम्बन्धी दरिलो ऐन छैन । प्रतिलिपि लगायतका पुराना ऐनहरुलाई नयाँ बनाउने तयारी भइरहेको छ । ‘त्यसका लागि नेपाल कानुन आयोगलाई समेत जिम्मा दिइसकेका छौं,’ उनले भने ‘सँगै मन्त्रालयमा प्राविधिक कामहरु अघि बढिरेहेको छ ।’ औद्योगिक सम्पत्ति सुरक्षाको सम्बन्धमा जुन देश सवल छ उक्त देशमा वढी वैदेशिक लगानी (एफडीआई) भित्रिने गरेको छ । पेटेन्ट, डिजाइन, ट्रेडमार्क, कपिराइट लगायत वौद्धिक सम्पत्तिलाई मजवुद बनाउन नसकिए वैदेशिक लगानीमा समस्या आउने उद्योगम मन्त्रालयका प्रवत्ता खनालको भनाइ छ । त्यसको लागि उद्योग मन्त्रालले नयाँ कानुन बनाउन अघि बढेको हो । हालसम्मको छलफल अनुसार लघु, घरेलु तथा साना उद्योगहरुको जिम्मेवारी स्थानिय तहलाई दिइनेछ । वैदेशिक लगानी तथा सुरक्षा सम्बन्धि अनुमति लिनु पर्ने मदिरा लगायतका करिब २ अर्ब रुपैयाँ लागनी भएका उद्योगहरुको दर्ताको लागि प्रदेशलाई जिम्मा दिने छलफल भइरहेको छ । ठूल–ठूला योजनाको काम केन्द्रले भने कार्यान्वयनको काम प्रदेश र स्थानिय तहले गर्ने जनाइकाएको छ ।

सेञ्चुरी बैंकको सी-आस्वा सेवा सञ्चालनमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र खरिद गर्न सी-आस्वा सेवा सञ्चालनमा ल्याएको छ । अब सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा सी-आस्वा मार्फत हुने भएकोले बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो । उक्त सेवाको लागि ग्राहकले बैंकबाट सीआरएन(सी-आश्वा रजिष्ट्रेशन) नम्बर लिनुपर्ने छ । ग्राहकहरुले बैंकको जुनसुकै कार्यालयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधीक गरी सीआरएन नम्बर लिन सक्नेछन् ।

एक्साइड ब्याट्रीको पूर्वि क्षेत्रीय डिलर मिट सम्पन्न

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. अन्तर्गत एक्साइड ब्याट्रीले पूर्वि क्षेत्रीय डिलर मिट २०१७/१८ सम्पन्न गरेको छ । साथै, कम्पनीले सोही कार्यक्रममा आफ्ना डिलरहरुलाई सम्मान गरेको छ । कार्यक्रममा आफ्नो उत्कृष्ट प्रतिफल दिने डिलरहरुलाई क्रमशः डाइमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधिले सम्मानित गरिएको थियो । जसमा नेशनल इन्टरप्राइजेज, इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरिएको थियो भने टायर सेन्टर, विराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरिएको थियो र गोल्डेन डिलरको उपाधि राम कृष्ण इलेक्ट्रो पावर, झुम्कालाई प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै, नयाँ विधामा मोष्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री ट्रेडर्स, धरान र आकर्षक शोरुमको उपाधि नेशनल इन्टरप्राइजेज, इटहरीलाई प्रदान गरिएको थियो । साथै, यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि देशका विभिन्न शहरहरुमा समेत आयोजना गरिने कुरा कम्पनीका महा-प्रबन्धक सुरेशकुमार तिवारीले बताए ।

३ वर्षमा ५०० प्रतिशत नाफा बढ्ने प्राइम लाइफ इन्स्योरेन्सको प्रक्षेपण, इपीएस ५२ रुपैयाँ पुग्ने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो ३ वर्षमा नाफा ५०० प्रतिशत बढाउने प्रक्षेपण गरेको छ । प्रईम आर्थिक वर्ष ०७६/०७७ मा नाफा ५ सय प्रतिशत बढाएर १ अर्ब ४ करोड ५३ लाख रुपैयाँ पर्याउने भएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीले २२ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवमा ३९ करोड ९८ लाख र आगामी आवमा ६५ करोड ४५ लाख रुपैयाँ खुदनाफा गर्ने कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीले प्रक्षेपित वित्तीय विवरण आफैले तयार पारेको जानकारी दिएको छ । नाफा बढेपछि कम्पनीको ३ वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ५२ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५४ पैसा थियो । चालु आवमा घटेर २२ रुपैयाँ ४० पैसामा झर्ने छ । आगामी आवमा बढेर ३२ रुपैयाँ ६० पैसा पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षमा कम्पनीको आम्दानी १ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ । गत आवमा कम्पनीले २६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा बढाएर ४२ करोड ५९ लाख र आगामी आवमा ७० करोड ८५ लाख रुपैयाँ पुग्ने देखिएको छ । यस्तै कम्पनीको संचित नाफा बढेर २ अर्ब २६ करोड रुपैयाँ पुग्ने छ । गत आवमा कम्पनीको संचित कोषमा ८० करोड ७६ लाख रुपैयाँ थियो । प्राइमले फागुन २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्कासन बन्द बैशाख २ गते हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ । आगामी वर्षमा बढेर २ अर्ब रुपैयाँ पुग्ने प्राइमले जानकारी दिएको छ ।  

पोखरा फाइनान्सले शुरु गर्यो मोवाइल बैंकिङ्ग सेवा

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । फाइनान्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा एक समारोहका बीच संस्थाका अध्यक्ष भुवनसिं गुरुङबाट मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको हो । यस सेवाबाट ग्राहकले आफ्नो मोवाईलबाटै रकम स्थानान्तरण, महसुल भुक्तानी, बैंक स्टेटमेण्ट, चेकबुककोे आदेश आदि सेवा सहज रुपमा प्राप्त गर्नेछन् । साथै, सोही दिन संस्थाले आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि बीआईएम मार्फत् १ दिने तालिम समेत सञ्चालन गरेका फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताएका छन् ।