एनपीएलमा आज कर्णाली-पोखरा र चितवन-काठमान्डु भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् ।

आजको पहिलो खेलमा कर्णाली र पोखरा दुवै टोली जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछन् । चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको कर्णाली तालिकाको छैटौँ स्थानमा छ ।

पोखरा भने पहिलो जितको खोजीमा हुनेछ । चार खेल खेलेको पोखराले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन । यी दुई टोलीबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं​​​​​​​ गोर्खाज भिड्नेछन् । दुवै टोली जित निकाल्दै अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुनेछन् ।

चार खेलबाट तीन जित र एक हारसहित चार अंक जोडेको काठमाडौं तालिकाको दोस्रो स्थानमा छ । चितवनले चार खेलबाट दुई जित र एक हारसहित पाँच अंक जोडेको छ । एक खेल भने वर्षाका कारण रद्द भएको थियो । चितवन तालिकाको चौथो स्थानमा रहेको छ । यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।

Share News