काठमाडौंसँग पराजित भएपछि लुम्बिनीका कप्तान रोहित भन्छन्- ‘अबका दुई खेल जितेर प्लेअफ पुग्छौं’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार चौथो खेलसम्म अपराजित यात्रा पूर्णविराम लागेपछि लुम्बिनीका कप्तान रोहित पौडेलले प्लेअफमा पुग्न हारका लागि यो राम्रो समय रहेको बताएका छन् ।

शनिबारको खेलमा काठमाडौं गोर्खाजसँग हारपछि पत्रकार सम्मेलनमा पौडेलले यो समयमा हारले अगाडि बढ्न मद्दत मिल्ने विश्वास व्यक्त गरे । आगामी दुई खेलमा राम्रो गर्दा प्लेअफमा पुग्ने अवसर पनि रहेको उनको भनाइ थियो । 

यो हारपछि केही राम्रो गर्न सकिन्छ भन्ने टोलीमा विश्वास आउने पनि उनले बताए। किशोर महतोको चोटले केही परिवर्तन गर्नु परेको र त्यसले गर्दा पहिलो १० ओभरको बलिङमा असर पुगेको उनको भनाइ छ । अन्तिम तीन ओभरमा धेरै रन खाए पनि राम्रो योजनाअनुरूप बलर प्रयोग गरिएको पौडेलले बताए । 

१६१ रनको लक्ष्य पूरा हुन सक्ने खालको रहेको उनको भनाइ छ । तर पावरप्लेमा धेरै विकेट गुमाउँदा समस्या भएको उनले बताए । आसिफ शेख, डार्सी सर्टले आगामी दिनमा राम्रो खेल्ने उनको विश्वास छ ।

Share News