सुनको मूल्य तोलामा २ लाख ९० हजार २ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँ रहेको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले बढेर ४ हजार १ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने गत शुक्रबार ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले घटेको थियो । 

Share News