सुन तोलामा १ हजार ७०० र चाँदी ११५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ४ हजार १५० रुपैयाँ पुगेको छ ।

पछिल्ला दिनमा निरन्तर घटिरहेको सुन र चाँदीको मूल्य शुक्रबार भने बढेको हो । 

Share News