सामसङका घरायसी उपकरणमा एनसेलका ग्राहकलाई ३१ प्रतिशतसम्म छुट

काठमाडौं । एनसेलले सामसङ नेपालसँगको सहकार्यमा आफ्ना ग्राहकलाई घरायसी विद्युतीय उपकरण खरिदमा विशेष छुट उपलब्ध गराउने भएको छ । 

यस सहकार्यअन्तर्गत एनसेलका ग्राहकले सामसङका टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरण खरिद गर्दा अतिरिक्त छुट प्राप्त गर्नेछन् ।

दशैं, तिहार र छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले सामसङले प्रदान गर्दै आएको चाडपर्व विशेष छुटमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन् । 

यसबाट ग्राहकले उपकरण खरिदमा कुल ३१ प्रतिशतसम्म रकम बचत गर्न सक्ने एनसेलले जनाएको छ ।

ग्राहकले पाउने अतिरिक्त छुट भने उनीहरूले प्रयोग गरिरहेको एनसेलको प्याक वा रेन्टल प्याकका आधारमा निर्धारण हुनेछ । यसअनुसार योग्य ग्राहकले ५, ८ वा १२ प्रतिशत अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट योजना असोज २२ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । योजनामा सहभागी हुन ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर आफू छुटका लागि योग्य भएरनभएको जाँच गर्नुपर्नेछ । 

योग्य ग्राहकले त्यसपछि नेपालभर रहेका सामसङका सहभागी आधिकारिक बिक्री केन्द्रमध्ये आफूलाई पायक पर्ने केन्द्रबाट उपकरण खरिद गर्दा छुट प्राप्त गर्न सक्नेछन् ।

यस सहकार्यबाट ग्राहकले विश्वसनीय ब्रान्डका घरायसी विद्युतीय उपकरण खरिद गर्दा अतिरिक्त छुटको लाभ लिन सक्ने कम्पनीको विश्वास छ ।

Share News