एकैदिन सुन तोलामा ११०० र चाँदी २२० रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २२० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्ला दिनमा नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट देखिएको छ । 

Share News