काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले अग्रता कायमै राखेका छन् ।
३ हजार ५८६ मतगणना हुँदा खतिवडाले १ हजार ५८६ मत प्राप्त गरेका छन् । उनी निकटतम प्रतिस्पर्धी अजयबाबु शिवाकोटीभन्दा ४५८ मतले अगाडि छन् ।
शिवाकोटीले १ हजार १२८ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । त्यस्तै, डिल्लीराम सुवेदी ९०९ मतसहित तेस्रो स्थानमा छन् ।
यसैगरी, देवेन्द्रराज कँडेलले ७५३, विकास कोइरालाले ५९५ र राजीव ढुंगानाले ५७८ मत प्राप्त गरेका छन् ।
यस्तै, अमृतकुमार अर्यालले ४२१, रमेशप्रसाद धमलाले ४११ र विमलराज क्षेत्रीले १४१ मत पाएका छन् ।
हालसम्मको मतपरिणामअनुसार खतिवडाले सुरुवातदेखि नै आफ्नो अग्रता कायम राखेका छन् । दोस्रो स्थानका शिवाकोटी र तेस्रो स्थानका सुवेदीबीच २१९ मतको अन्तर छ ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी नै रहेकाे छ ।