एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसिर २ र ३ गते काठमाडौंमा

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।

एमालेका संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टीका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय कार्यकर्ता भेलाको मिति र स्थानबारे जानकारी गराएका हुन् ।

भेला आगामी मंसिर २ र ३ गते काठमाडौंमा हुन लागेको हो ।

एमालेले राष्ट्रिय कार्यकर्ता भेलामार्फत पार्टीका नेता तथा कार्यकर्तालाई संगठित बनाउने, संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने र पार्टीको भावी कार्यदिशाबारे छलफल गर्ने तयारी गरेको बुझिएको छ ।

यद्यपि, भेलामा सहभागी हुने प्रतिनिधिको संख्या, छलफलका मुख्य एजेन्डा र कार्यक्रमको विस्तृत कार्यतालिकाबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ ।

Share News