कांग्रेस महाधिवेशन : खुलातर्फ केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहानदेखि

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहानदेखि सुरु हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतपत्र नम्बर ४ अन्तर्गतका खुलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणना भोलिबाट सुरु गर्ने भएको हो ।

मतगणना नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा हुने जनाइएको छ ।

Share News