कांग्रेस सहमहामन्त्री : २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । 

२ हजार ३९० मत गणना गर्दा खतिवडाले १ हजार ७५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ७७२ मत ल्याएका छन् । 

तेस्रो स्थानका डिल्लीराम सुवेदीले ५८३ मत ल्याएका छन् । चौथो स्थानका देवेन्द्रराज कँडेलले ४९९ मत ल्याएका छन् ।

पाँचौं स्थानका विकास कोइरालाले ३९४ मत पाएका छन् । छैटौं स्थानका राजीव ढुंगानाले ३५३ मत पाएका छन् । 

सातौं स्थानका रमेशप्रसाद धमलाले २८२ मत पाएका छन् । आठौं स्थानका अमृतकुमार अर्यालले २५७ मत पाएका छन् । पुछारमा रहेका विमलराज क्षेत्रीले ९३ मत पाएका छन् ।

खुलामा नौ जनाबीच प्रतिस्पर्धा भइरहेको हो, जसमध्ये दुई जनामात्र सहमहामन्त्रीमा निर्वाचित हुनेछन् । 

Share News