जनता टीभीका अध्यक्ष पौडेलको निधन

काठमाडौं । जनता टीभीका अध्यक्ष विजय पौडेलको निधन भएको छ । 

सोमबार (आज) कीर्तिपुर अस्पताल पुर्याउँदा पुर्याउँदै उनको निधन भएको अस्पतालका चिकित्सक डा. किरण नकर्मीले जानकारी दिए ।

जनता टीभीका सम्पादक टंक पन्तका अनुसार पौडेलले विष सेवन गरेका थिए ।

अस्पतालमा उपचार गर्न पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

Share News