काठमाडौं । सरकारले नेकपा एमालेको केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरीलाई आजदेखि फिर्ता बोलाएको छ । आज बिहानैदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलको सुरक्षामा तैनाथ सुरक्षाकर्मी हटाइएको हो ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार प्रहरी नायव निरीक्षक सईको कमाण्डमा रहेको सुरक्षा तैनाथी आजबाट एक्कासी हटाइएको हो । सरकारको निर्णयसँगै एमाले केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरीलाई फिर्ता गरिएको हुनसक्ने आछार्यको बुझाई छ ।
यसअघि एमाले पार्टी कार्यालयको सुरक्षाका लागि प्रहरी आवाशियरुपमै च्यासलमा रहने गरेको आचार्यले जानकारी दिए ।
११ जनाभन्दा धेरै प्रहरी सुरक्षकर्मी कार्यालयको पछिल्लो भागमा आवाशियरुपमै बस्ने गरेको आचार्यले जानकारी दिए । उनले भने आज एक्कासि प्रहरी दिइरहेको सुरक्षा हटेको छ ।