काठमाडौं । विवादित व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको छ । शनिवार भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार सार्न लागिएको हो ।
नख्खु कारागारका एक प्रहरी अधिकृतले भट्टलाई सिन्धुपाल्चोक कारागारमा लैजान लागिएको जानकारी दिए ।
उनले विकासन्युजसँग भने, 'अबको ५-१० मिनेटमा कारागारबाट भट्टलाई लगिन्छ । कारागार विभागबाट पत्र आएको छ । सबै पक्रिया पुर्याएर कारागारबाट आजै लैजान लागिएको छ ।'
किन सिन्धुपाल्चोक लागिएको भन्ने प्रश्नमा उनले आफूलाई जानकारी नभएको बताए ।
असारको तेस्रो साता व्यवसायी भट्टलाई डिल्ली बजारको कारागारबाट नख्खु कारागारमा सारिएको थियो । विशेष अदालतको आदेशअनुसार व्यवसायीहरू दीपक भट्टलाई लागि थुनामा पठाइएको हाे ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा मुछिएका उनीलाई विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।