काठमाडौं । एभरेष्ट कलर लिमिटेडको ३० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेका अनुसार कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता साधारण सेयर सूचीकृत गरिएको हो । यससँगै कम्पनीको ३० करोड रुपैयाँ बराबरको जारी तथा चुक्ता पुँजी नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको दोस्रो बजार कारोबार साउन १ गते (शुक्रबार) देखि सुरु हुनेछ । कारोबारपछि हुने आरटीएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट उपलब्ध गराइने जनाइएको छ ।