काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९० अंकले घटेर २५८७ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार ६१ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
शुक्रबार ३५६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १०.७५ प्रतिशत डिभेन्चरको भएको छ । कम्पनीको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै रिलाइन्स स्पिीनिङको १५ करोड, आँखु खोलाको आँखु खोलाको १४ करोड र घलेम्दी हाइड्रोको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अधिकांश उपसूचक घटेका छन् । १३ मध्ये ११ वटा उपसूचक घट्दा दुईवटा मात्रै बढेका छन् ।
सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.७३ प्रतिशतले घटेर १० हजार ६३२.८३ विन्दुमा झरेको छ । हाइड्रोपावर उपसूचक ०.६४ प्रतिशतले घटेर ३ हजार ५२६.६३ विन्दुमा कायम भएको छ ।
त्यस्तै, होटल तथा पर्यटन उपसूचक ०.५२ प्रतिशत, विकास बैंक ०.५१ प्रतिशत, लगानी ०.४९ प्रतिशत, लघुवित्त ०.४१ प्रतिशत, बैंकिङ ०.३६ प्रतिशत र जीवन बीमा उपसूचक ०.३० प्रतिशतले घटेका छन् ।
वित्त उपसूचक ०.२२ प्रतिशत, निर्जीवन बीमा ०.०६ प्रतिशत र अन्य समूहको उपसूचक ०.१२ प्रतिशतले घटेको छ ।
यस दिन ट्रेडिङ उपसूचक ०.६० प्रतिशतले बढेर ३ हजार २३९.६१ विन्दुमा पुगेको छ । त्यस्तै, म्युचुअल फन्ड उपसूचक ०.२० प्रतिशतले बढेर १९.४७ विन्दुमा कायम भएको छ ।