काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेड (बीएचसीएल) को सेयर मूल्य बोनस सेयरपछि समायोजन गरिएको छ ।
कम्पनीले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयरका आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५१० रुपैयाँ कायम भएको छ । बोनस सेयर समायोजनअघि कम्पनीको अन्तिम कारोबार मूल्य ५६१ रुपैयाँ थियो ।
१० प्रतिशत बोनस सेयरका कारण मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।