सिटिजन्स क्यापिटलको २० औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सोमबार (आज) सम्पन्न भएको सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आव २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ ।

त्यस्तै, आव २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण र संस्थाको नियमावलीअनुसार गरिएको सञ्चालकको नियुक्तिलाई पनि सभाले अनुमोदन गरेको छ ।

सिटिजन्स क्यापिटल सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी हो । 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रार तथा डिम्याट खातालगायत पुँजी बजारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीमा कर्मचारी सञ्चय कोष तथा विभिन्न उद्योगी–व्यवसायीको समेत लगानी रहेको छ । 

Share News