काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.८८ अंकले घटेर २५६४ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार १७ कम्पनीको सेयर मूल्य बढ्दा २५८ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३५९ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १८ करोड रुपयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै हाथवे इन्भेष्टमेन्टको ८ करोड २९ लाख, शिवम् सिमेन्टको ८ करोड ८ लाख, हिमालयन डिस्टीलरीको ७ करोड ६७ लाख र पिपुल्स हाइड्रोको ७ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको कारोबारमा नेप्सेका अधिकांश उपसूचक घटेका छन् । १३ मध्ये १२ वटा उपसूचक ओरालो लाग्दा ट्रेडिङ उपसूचक मात्रै बढेको छ ।
बैंकिङ उपसूचक १०.७३ अंकले घटेर १ हजार ४८३.७३ विन्दुमा झरेको छ । विकास बैंक उपसूचक २९.१६ अंकले घटेर ५ हजार ३१०.२१ विन्दुमा पुगेको छ ।
त्यस्तै, फाइनान्स उपसूचक २४.३६ अंकले घटेर २ हजार १७४.६३ विन्दुमा झरेको छ । होटल तथा पर्यटन उपसूचक ७३.२८ अंकले घटेर ६ हजार ९०३.८० विन्दुमा पुगेको छ ।
जलविद्युत् उपसूचक ३६.९५ अंकले घटेर ३ हजार ४८९.६७ विन्दुमा झरेको छ भने लगानी उपसूचक १.०१ अंकले घटेर ९३.६३ विन्दुमा कायम भएको छ ।
जीवन बीमा उपसूचक ९३.८१ अंकले घटेर ११ हजार ५५७.८९ विन्दुमा पुगेको छ । उत्पादन तथा प्रशोधन उपसूचक १०४.५१ अंकले घटेर १० हजार ५२८.३१ विन्दुमा झरेको छ ।
लघुवित्त उपसूचक २७.२४ अंकले घटेर ४ हजार ४४७ विन्दुमा पुगेको छ भने म्युचुअल फन्ड उपसूचक सामान्य ०.०१ अंकले घटेर १९.४६ विन्दुमा कायम भएको छ ।
निर्जीवन बीमा उपसूचक ६०.९९ अंकले घटेर ९ हजार ३९७.१७ विन्दुमा झरेको छ । अन्य समूहको उपसूचक १६.६७ अंकले घटेर १ हजार ७९२.८१ विन्दुमा पुगेको छ ।
यता, ट्रेडिङ उपसूचक भने १०.७१ अंकले बढेर ३ हजार १९९.६० विन्दुमा पुगेको छ । ट्रेडिङबाहेक सबै उपसूचकमा गिरावट आएको हो ।