काठमाडौं । अरुण काबेली पावर लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ३ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले संस्थापक समूहको नाममा रहेको इङ्वा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता सेयर दोस्रो बजारमार्फत बिक्री गर्न लागिएको जनाएको छ ।
कम्पनीका अनुसार विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम सर्वसाधारणको जानकारीका लागि १५ दिने सूचना प्रकाशित गरिएको हो ।
बिक्रीमा राखिएको सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । प्राप्त आवेदनका आधारमा प्रचलित कानुनी व्यवस्था अनुसार सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीको भनाइ छ ।