काठमाडौं । सोर्हखुट्टे लैनचौर प्रहरी वृतमा कार्यरत एक जना प्रहरी अधिकृत निलम्बनमा परेका छन् ।
लैनचौर वृत्तमा कार्यरत प्रहरी नायव निरीक्षक (सई ) गणेश भट्टलाई निलम्बन गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार प्रहरी नायव निरीक्षक भट्टले पर्यटकीय क्षेत्र ठमेलका व्यापारीसँग रकम लिएका थिए । व्यापारीसँग रकम लिएको प्रमाण फेला परेपछि निलम्बन गरिएको उनले बताए ।
उनीमाथि अनुसन्धान भइरहेको थप प्रमाण भेटिएमा कारबाही गरिने भट्टराईको भनाइ छ ।