काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको थियो ।
चालु आवको ९ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २८.१३ प्रतिशत बढेर १ अर्ब ६ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड १९ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो ।
चालु आवको चैत मसान्तसम्म १ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कुल बीमाशुल्क आर्जन १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.०३ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९६ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
चालु आवको ९ महिनामा कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ कुल आम्दानी गरी ९० करोड ४३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ कुल आम्दानी गरी १ अर्ब २० करोड रुपैयाँ कुल खर्च गरेको थियो ।
कम्पनीको स्पेसल रिजर्भ १ अर्ब ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यस्तै, महाविपत्ति कोषमा ७ करोड ६७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १२ लाख १५ हजार रुपैयाँ तथा अन्य इक्विटीमा ८७ करोड ४९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको बीमा कोष ८ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ ।