नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा काठमाडौंको स्वयम्भू र बालाजुमा

<p>काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडलेबिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ मा स्वयम्भूशाखा र काठमाडौं महानगरपालिका वडा नं. १६ मा बालाजुशाखा संचालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडलेबिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ मा स्वयम्भूशाखा र काठमाडौं महानगरपालिका वडा नं. १६ मा बालाजुशाखा संचालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे ।

कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिक सेवा तथा सुविधाहरु दिने बताए । बैंकले गत महिना काठमाडौंमा अनामनगर र शंखमुल तथा ललितपुरमा सातदोबाटो र भैंसेपाटी शाखाहरु संचालनमा ल्याएको थियो ।

बैंकले हाल देशभरिमा २६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिब र २६२ वटा एटीएम मार्पmत सेवा प्रदान गरिरहेकोछ ।

Share News