एनएमबि बैंकले पायो प्रडक्ट इनोभेसन र डेबिट कार्ड बिजनेस अवार्ड

काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ ।

डिजिटल भुक्तानी तथा ग्राहककेन्द्रित बैंकिङ सेवामा उत्कृष्ट योगदान गरेको भन्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्रदान गरिएको हो ।

बैंकले ग्राहकको दैनिक वित्तीय कारोबारलाई सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ डिजिटल बैंकिङ सेवामा निरन्तर पहल गर्दै आएको जनाएको छ । बैंकका अनुसार डिजिटल बैंकिङको क्षेत्रमा नवीनतम पहल र निरन्तर प्रयासलाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको हो ।

एनएमबि बैंकले आफ्ना ग्राहकलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्न सकिने डेबिट कार्ड सेवा तथा आधुनिक डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।

बैंकले ग्राहकको विश्वासलाई आफ्नो सफलताको आधार मान्दै आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

हाल एनएमबि बैंकले देशभर १९६ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share News