विदेशबाट रिज रेमिटमार्फत पठाएको रकम माछापुच्छ्रे बैंकबाट लिन सकिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र रिज रेमिट लिमिटेडबीच विप्रेषण कारोबार सञ्चालन गर्ने सम्झौता भएको छ ।

सम्झौतासँगै विदेशमा रहेका नेपालीले रिज रेमिटको मोबाइल एप प्रयोग गरी सहज रूपमा नेपालमा रकम पठाउन सक्नेछन् ।

रिज रेमिटमार्फत पठाइएको रकम माछापुच्छ्रे बैंकको ‘एमबीएल रेमिट’ सेवाबाट नगद भुक्तानी लिन सकिनेछ । साथै, माछापुच्छ्रे बैंकलगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत सिधै रकम जम्मा गर्न सकिनेछ ।

नेपालमा रहेका ३० भन्दा बढी भुक्तानी केन्द्रमार्फत सेवाग्राहीले नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय विप्रेषणलाई सरल, सुरक्षित, भरपर्दो, छिटो र किफायती बनाउने उद्देश्यले बैंकले डिजिटल रकम स्थानान्तरण सेवा प्रदान गर्दै आएको जनाएको छ । विप्रेषणले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बैंकको भनाइ छ ।

माछापुच्छ्रे बैंकले सुरक्षित, विश्वसनीय र सहज विप्रेषण सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । बैंकले प्रचलित कानुनी तथा नियामकीय व्यवस्था पालना गर्दै पारदर्शी, उत्तरदायी र अनुपालनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको छ । 

Share News