मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिमा विशेष छुट, कहाँ कहाँ पाइन्छ ?

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकारी समिर शेखर बज्राचार्य र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तर्फबाट बिक्रि तथा बजारीकरण निर्देशक प्रभाकर [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकारी समिर शेखर बज्राचार्य र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तर्फबाट बिक्रि तथा बजारीकरण निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बमोजिम बैंकका सबै ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा सो मात्राको छुट पाउने छन् ।

कहाँ कहाँ पाइन्छ छुट ?

Share News