सन् २०१८ मा हङकङको व्यापार घाटा ७२ अर्ब डलरभन्दा बढि

काठमाडौं । सन् २०१८ मा हङकङको व्यापार घाटा ७२ अर्ब डलरभन्दा बढि भएको छ । हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ । गत बर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८.४ प्रतिशतको वृद्धि देखिएको छ भने निर्यात सामानको मूल्यमा ७.३ प्रतिशतको वृद्धि देखिएको चीन हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी जनगणना तथा तथ्याङ्क विभागले जनाएको छ । यसबाट हङकङलाई सन् २०१८ मा ७२ अर्ब २२ करोड अमेरिकी डलर बराबरको व्यापार घाटा भएको सरकारका प्रवक्ताले गत बर्षको शुरूको समयमा कारोबारमा मजबुत नतिजा देखिउँदै बताएका थिए । सामान निर्यातका र आयात दुवैमा गत बर्ष वृद्धि देखिएको हो । तर बर्षको अन्त्य अर्थात् डिसेम्बरमा हङकङको सामान कुल निर्यात र कुल आयातमा विगत दुई बर्षको तुलनामा क्रमशः तुलनामा ५.६ प्रतिशत र ७ प्रतिशतको न्यूनता देखिएको थियो । देखिने व्यापार घाटा डिसेम्बरमा ५१.२ हङकङ डलर अर्थात् आयात भएको सामानको मूल्यको १३.१ प्रतिशत रेकर्ड भएको छ । सन् २०१८ को चौथो चौमासिकमा अघिल्लो बर्षको तुलनामा निर्यात सामानको मूल्यमा ३.२ प्रतिशत कमी रहेको देखिएको छ भने आयात गरिएका सामानको मूल्यमा ५.१ प्रतिशतको ह्रास देखिएको छ । रासस/सिन्ह्वा

साउदी अरबको एसएबीआइसी पेट्रोल कम्पनीको खुद नाफा १७ प्रतिशतले वृद्धि

काठमाडौं । सन् २०१८ साउदी अरबको प्रसिद्ध पेट्रोल कम्पनी (एसएबीआइसी) को समग्र मूल्यमा वृद्धि भएको छ । गत बर्षको अन्तिम त्रैमासिकमा पेट्रोलको मुल्यमा देखिएको गिरावटका कारण खूद नाफामा पनि गिरावट देखिएपनि सन् २०१८ को समग्र मूल्यमा वृद्धि भएको उक्त कम्पनीले जनाएको छ । एसएबीआइसीले सन् २०१८ को समग्र कारोबारमा कम्पनीको खुद नाफा १७ प्रतिशतले वृद्धि भएको जनाएको छ । विश्वका ठूला १० शैलरासायन कारोबार कम्पनीमध्येको एक एसएबीआइसीले सन् २०१८ को खुद नाफा पाँच अर्ब ७४ करोड अमेरिकी डलर रहेको बताएको छ । अघिल्लो बर्ष उक्त कम्पनीको खुद नाफा चार अर्ब ९१ करोड रहेको थियो । साउदी अरबमा सबैभन्दा ठूलो पेट्रोल कम्पनी एसएबीआइसीले जारी गरेको विज्ञप्तिमा गत बर्षको अन्तिम त्रैमासिकमा कम्पनीको नाफा १२.४ प्रतिशतमा झर्दा ८६ करोड ४० लाख अमेरिकी डलरको कारोबार भएको थियो । सन् २०१७ को सोही समयमा कम्पनीले ९८ करोड ७० लाख अमेरिकी डलरको कारोबार गरेको थियो । कम्पनीले खुद नाफामा कमी हुनुको कारण पेट्रोलको निम्न मूल्य कायम हुनु र कम्पनी आवद्ध संस्थाको कारोबार अभियानमा देखिएको सुस्तता जिम्मेवार भनेको छ । सन् २०१८ मा पेट्रोलको मूल्यमा क्रमिकरूपमा वृद्धि देखिएको भएपनि चौथो त्रैमासिकमा ४० प्रतिशतले घटेको थियो । रासस/एएफपी

युराेपकाे १७ देशमा ५०० दरको युरो नोट प्रतिबन्ध, कारका उपभाेक्ताले जनाए विराेध

फ्रान्कफर्ट/युरोपेली केन्द्रीय बैंक (इसीबी) ले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त बैंक नोट हटाउन लागेको हो । कतिपय अपराधीहरुले सजिलोका निम्ति यो बैंक नोट प्रयोगमा ल्याएका भए पनि नगदमै कारोबार गर्न रुचाउने जर्मनीका आम नागरिकलाई इसीबीको यो निर्णयले खिन्न बनाएको छ । आइतबारदेखि नै १९ मध्ये १७ वटा युरोपेली मुलुकहरुका केन्द्रीय बैंकहरुले बैजनी रङ्गको ५०० दरको नोट जारी गर्न छाड्नेछन् । जर्मनी र अस्ट्रियाका केन्द्रीय बैंकले मात्र केही समय यो नोट प्रचलनमा ल्याउनेछन् । युरोपेली केन्द्रीय बैंकको विज्ञप्ति अनुसार सहज वातावरण निर्माणका लागि अप्रिल २६ सम्म यी दुई मुलुकले ५०० दरका बैंक नोट प्रयोग गर्नेछन् । जर्मनीको मार्गबर्गका मेडिकल प्राविधिज्ञ रल्फले युरोपको सबैभन्दा ठूलो एकल मुद्रा अर्थात् ५०० दरको नोट विस्थापित गर्न लागेकामा असन्तोष प्रकट गरे । उनले ५०० नोटले कारको किस्ता तिर्ने गरेको अनुभव सुनाए ।  “मलाई धेरै रकम भुक्तानी गर्नुपर्दा ठूलै बैंक नोट चाहिन्छ, र यो मलाई मन पनि पर्छ । यसको अर्थ म आपराधिक चरित्रको व्यक्ति त होइन ।” इसीबीको यो निर्णयसँगै युरोपेली क्षेत्रका अरु बैंकहरुले पनि विस्तारै यो नोट जारी गर्न र लिन बन्द गर्नेछन् । इसिबीले यसको साटो अरु कम मूल्यका नोटहरुको संख्या बढाउनेछ । तर, घरमा ५०० का नोट राख्दैमा आत्तिनु पर्दैन, किनभने यी सबै नोटको वैधानिकता सुनिश्चित गरिएको छ । याे नाेटकाे प्रयाेग भने कम छ । गत महिना युरो नोटको प्रवाह हुँदा ५०० दरको नोटको हिस्सा करिब २ प्रतिशत मात्र थियो ।