जापानी प्रधानमन्त्री र जर्मन चान्सलरबीच स्वतन्त्र व्यापार सम्बन्धि वार्ता

काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबे र जापान भ्रमणमा रहेका जर्मन चान्सलरबीच भएको भेटमा जापान र जर्मनीबीच स्वतन्त्र व्यापारका लागि छलफल भएको छ । जापान र यूरोपेली यूनियनबीच भएको सम्झौता अनुरूप स्वतन्त्र व्यापार कार्यान्वयनमा आएको छ । जापान र जर्मनीले स्वतन्त्र तथा खुला आर्थिक प्रणालीलाई स्थापित गर्न र मजबुत पार्न निकटमा रहेर काम गर्नेछन्, जापानी प्रधानमन्त्री आबेले मर्केलसँगको भेटपछि भएको संयुक्त पत्रकार सम्मेलनमा भएको थियो। जापानसँगको स्वतन्त्र व्यापार सहमतिले विश्वलाई महत्वपूर्ण सन्देश दिनेछ,” मर्केलले बताए । भेटमा जापान र जर्मनीका उच्च अधिकारीबीच बेलायतको इयूबाट हुने बहिर्गमन र यसबाट उक्त षेत्रमा पर्ने प्रभावका कारेमा छलफल भएको थियो । बेलायतमा काम गरिरहेका जापानी कम्पनीबारेमा चासो देखाउँदै आवेले मर्केलसँग भने बेलायतको इयूबाट हुने बहिर्गमन (ब्रेक्जिट) सम्झौताबिना नै बेलायतले इयू छोड्नुपर्ने अवस्था आउन नहुने जनाए । यसबाट विश्वव्यापी अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावलाई जोगाउनु पर्ने बताए। बेलायतको हाउस अफ कमन्सले गत जनवरीमा इयूसँग बेलायती प्रधानमन्त्री टरिजा मेले गरेको सम्झौता बेलायतको पक्षमा नभएको भन्दै विफल पारिदिएको थियो । संसदले प्रधानमन्त्रीलाई पुनः वार्ताका लागि जनादेश दिएको छ तर जर्मनी, फ्रान्सलगायत यूरोपेली मुलुक थप वार्ताका लागि तयार देखिएका छैनन् । रासस/सिन्ह्वा

भेनेजुयलामाथि प्रतिबन्धको प्रभाव, पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं । भेनेजुयलामा आर्थिक प्रतिबन्धको घोषणाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकाे छ । राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप पेट्रोलियम पदार्थमा मूल्य प्रभाव परेको हाे। ‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताएपछि यसको प्रभाव गत हप्तादेखि नै अमेरिका लगायत भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गर्ने मुलुकमा परेको छ । गत जनवरी २५ सम्म तेलको मूल्यमा सामान्य कमी देखिएको थियो । अघिल्लो हप्ता तेलको कच्चा पदार्थ, डब्लुटिआई मा ०.२ प्रतिशत र ब्रेन्टमा १.७ प्रतिशतको कमी आएको थियो । डब्लुटिआईको मूल्य प्रति ब्यारेल ५३.६९ अमेरिकी डलर र ब्रेन्टको मूल्य प्रतिव्यारेल ६१.६४ अमेरिकी डलर कायम भएको थियो । तर गत हप्ताको सोमबार डब्लुटिआईमा १.७० अमेरिकी डलर कमी आई प्रति ब्यारेल ५१.९९ अमेरिकी डलर र ब्रेन्टमा प्रतिब्यारेल १.७१ अमेरिकी डलरको कमी आई ५९.९३ प्रतिशत कायम भएको थियो । राष्ट्रपति मदुरोलाई दवाव दिन काराकासको तेलको निर्यातलाई नियन्त्रण गर्न अमेरिकाले भेनेजुयलाको राज्यद्वारा सञ्चालित तेल कम्पनीमाथि प्रतिबन्धको घोषणा गर्यो जसको प्रभाव गत साता देखि नै अमेरिकी राष्ट्रहरूमा तेलको मूल्यमा वृद्धि भएको हो । पछिल्लो परिवर्तनपछि तेलको कच्चा पदार्थ डब्लुटिआईमा १.३२ प्रतिव्यारेल अमेरिकी डलर वृद्धि भई ५३.३१ डलर कायम भएको छ भने ब्रेन्टमा १.३९ को वृद्धि भई ६१.३२ कायम हुन गयो । तर यो क्रम निरन्तर रहँदा डब्लुटिआइ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताइएको हो । रासस/सिन्ह्वा

श्रीलङ्काद्वारा चीनसँग एक अर्ब डलर ऋण प्रस्ताव

कोलम्बो । श्रीलङ्काले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ । श्रीलङ्कासँग विदेशी मुलुकलाई यसै वर्षमात्र करिब ६ अर्ब अमेरिकी डलर ऋण भुक्तानी गर्नुपर्ने दायित्व छ । अर्थ मन्त्रालयका प्रवक्ता एमआर हसनले राजमार्ग निर्माण सम्बन्धी ऋणका शर्तहरु स्वीकृत हुने अपेक्षा गरिरहेको बताए । श्रीलङ्काले हालैका वर्षहरुमा चीनबाट सबैभन्दा बढी ऋण प्राप्त गरिरहेको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारले विपक्षी महिन्दा राजापाक्षले मुलुकलाई चिनीया ऋणको जालोमा पारेको आरोप लगाउँदै आएको छ । तर, आर्थिक दबाब झेल्दै आएको वर्तमान सरकारले पुनः चीनसँग ठूलो परिमाणमा ऋण लिन लागेको छ । चीनसँगको निकटतालाई लिएर राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेबीच राजनीतिक द्वन्द्व चर्किएको थियो । रासस/एपी