राष्ट्र बैंकका कार्यकारी निर्देशक उप्रेती एनसीएचएलको अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । बिहीबार सम्पन्न औपचारिक कार्यक्रममा उप्रेतीले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए । उप्रेतीले राष्ट्र बैंकको विभिन्न विभागमा २७ वर्षभन्दा बढी समय सेवा दिएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री हासिल गरेका उप्रेती हाल राष्ट्र बैंकको गैर-बैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको रूपमा कार्यरत छन् ।  

प्रधानन्यायाधीशबाट शपथ लिएर डा. पौडेलले सम्हाले गभर्नरको जिम्मेवारी

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा पौडेललाई शपथ ग्रहण गराएका हुन् ।  मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गभर्नर चयनका लागि  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा  तीन सदस्यीय समिति गठन गरेको थियो । 

राष्ट्र बैंकको १८औं गभर्नर बने डा. पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।  गभर्नर सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंककी कामु गभर्नर नीलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले सिफारिसको एक नम्बरमा रहेका  पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।