‘द ब्रिटिस कलेज’को पाँचौ दीक्षान्त समारोहमा दीक्षित भए ३२९ विद्यार्थी
काठमाडौँ । ‘द ब्रिटिस कलेज’ले आयोजना गरेको पाँचौ दीक्षान्त समारोहमा ३२९ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बौद्धस्थित हायत रिजेन्सीमा भएको उक्त समारोहमा द एमस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट एण्ड बिबिए (हन्स) बिजनेस एण्डका विद्यार्थीलाई यूनिभसिर्टी अफ वेष्ट इंग्ल्याण्डका कार्यकारी डिन म्याक’डोउलले दीक्षित गरेका थिए । त्यस्तै, बिएएस्सी (हन्स) कम्प्युटिङ) लाई लिड्स बेकेट यूनिभसिर्टीका उपकूलपति तथा प्रोफेसर एन्ड्रीउ स्लेड्सले दीक्षित गरेकी थिइन् । दीक्षित हुनेमा ५१ जना बिबिए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट, ४८ जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड, ब्रिस्टल), २३० जना बिएस्सी (हन्स) कम्प्युटिङका विद्यार्थी लिड्स बेक्केट युनिभर्सिटीबाट दीक्षित भएका हुन् । यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीहरु दीक्षित भएको वर्ष रहेको र यसले कलेजको सफलताको पक्षलाई दर्शाएको कलेजका अपरेशन डाइरेक्टर महेन्द्रराज कडेँलले बताए । यस दीक्षान्त कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरु, एकेडेमिसियनहरु, विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथिमा बेलायतका हाउस अफ लर्डका प्रतिनिधि एघारौ अर्लअफ स्याण्डवीच जोन एडवर्ड हलिस्टर मोन्टागु रहेका थिए । त्यस्तै, अन्य अतिथिहरुमा माइकल रटल्याण्ड ओबिइ (भुटानका लागि ब्रिटिस अनरी काउन्सेल तथा द ब्रिटिस कलेजका सल्लाहाकार), द ब्रिटिस कलेजका सिइओ तथा संस्थापक राजन कँडेल, कलेजका अपरेशन डाइरेक्टर महेन्द्रराज कडेँल उक्त कार्यक्रममा सहभागी थिए । त्यसैगरी, पाउल क्लिभेस (इटोन कलेजका पुर्व भुगोल प्रमुख तथा द ब्रिटिस कलेजका सल्लाहाकार), डाक्टर चिरन थापा (मान्यताप्राप्त शिक्षाविद् तथा द ब्रिटिस कलेजका सल्लाहाकार), पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर, एच. ही रिचार्ड मोरिस (नेपालका लागि बेलायती राजदूत), अनुबन्ध प्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुमा लिड्स बेकेट यूनिभसिर्टीका डेपूटी उपकूलपति तथा प्रोफेसर एन्ड्रीउ स्लेड्स, यूनिभसिर्टी अफ वेष्ट इंग्ल्याण्डका कार्यकारी डिन रेमण्ड म्याक’डोउलको उपस्थिति रहेको थियो । कार्यक्रम सुरुवातमा ‘द ब्रिटिस कलेज’का प्रिन्सिपल जोए फोस्टर एलिसले सम्बोधन गरेका थिए । ‘द ब्रिटिस कलेज’का सिइओ तथा संस्थापक राजन कँडेलले नेपालको शैक्षिक क्षेत्रको विकासको लागि नेपालभरी गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेका बारेमा प्रष्ट पारेका थिए । साथै उनले भूतपूर्व विद्यार्थीहरुको लागि कलेजले सँधै सहयोग गर्ने वाचा गरेका छन् । उनले कलेजमा रहेको ‘अल्मुनाई’मा आबद्ध हुनको लागि समेत विद्यार्थीहरुलाई अनुरोध गरेका थिए । त्यस्तै, नेपालका लागि राजदुत रिचार्ड मोरिसले ब्रिटिस कलेजले नेपालमा नै अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त बेलायती विश्वविद्यालयहरुको सम्वन्धन लिएर नेपालमै विदेशी डिग्री प्रदान गरेर उल्लेखनीय काम गरेको बताए । द एमस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट तर्फबाट दीक्षित भएकी कुसुम निरौलाले द ब्रिटिस कलेजले दिएको अवसर र अनुभवलाई धन्यवाद दिइन् । प्रमुख अतिथि मोन्टागुले ब्रिटिस कलेजले भौतिक परिवर्तन भन्दा पनि दिमाग र हृदयमा हुने परिवर्तनलाई बुझेको बताए । उनले दीक्षित भएका विद्यार्थीहरु कर्मशिल भएर काम गर्नको लागि प्रेरणा समेत दिए । त्यस्तै, उनले कलेजले दिएको गुणस्तरीय शिक्षाको तारिफ गर्दै सिइओ कँडेल तथा कलेज परिवारलाई पनि बधाइ समेत दिए ।
एनएमबि र डीकेसी बीचको सहमतिले ल्यायाे जापानमा रोजगारीको अवसर
काठमाडौं । एनएमबि बैंकले जापान र नेपालमा रहने नेपाली समुदायको बैंकिङ आवश्यकतालाई सहजीकरण गर्ने उद्देश्यले जापानको दाइ–इची कङ्ग्यो क्रेडिट कोअपरेटिभ (डीकेसी) सँग सहमति पत्रमा हस्ताक्षर गरेको छ । केडिसीले एनएमबिको सिफारिसमा नेपाली नागरिकहरुलाई जापानमा रोजगारी तथा कर्जा उपलब्ध गराउने यस सम्झौतापत्रको मुख्य उद्देश्य रहेको छ । एनएमबि बैंकको परामर्शमा जापानमा मानिसहरूलाई रोजगारी र ऋणका अवसर प्रदान गर्ने तथा मार्गप्रशस्त गर्नुका अलावा सहमतिपत्रमा जापानमा रहेका गैर आवासीय नेपालीहरू (एनआरएन) लाई विदेशी मुद्राको खाता तथा जापानबाट नेपालमा रेमिट्यान्स् प्रवाहमा पनि सहजीकरण गर्ने उल्लेख छ । ग्लोबल एलाइन्स फर बैंकिङ्ग अन भ्यालुज (जीएबीभी) को भारतको कोचीमा सम्पन्न तेस्रो एसिया प्यासिफिक च्याप्टरको बैठकका क्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र डीकेसीका प्रमुख निर्देशक (चिफ डाइरेक्टर) मोबुयुकी नित्ताले सहमतिपत्रमा हस्ताक्षर गरेकी हुन् । एनएमबि बैंक र डीकेसी दुवै जीएबीभीका सदस्य छन्, जसमा दुवै संस्थाहरू आफ्ना व्यवसायको मूल्यमा आधारित बैंकिङ सिद्धान्तमा निहीत भइ सञ्चालन भइरहेका छन् । एनएमबि बैंक नेपालमा जीएबीभीको एकमात्र सदस्य हो भने डीकेसी जापानमा आफ्ना सहकारीका सदस्यहरू बसोबास गरिरहेका क्षेत्रहरूमा दिगो विकास र जीवनस्तरमा सुधार गर्ने उद्देश्य राखेर सन् १९२१ मा स्थापना भएको संस्था हो ।
सहसचिव र उपसचिवमा खुल्लामा भिड्दा पहिलेको सेवा गणना नहुने
काठमाडौ । निजामती सेवामा रहेका कर्मचारीले उपसचिव तथा सह–सचिवमा खुल्लामा प्रतिष्पर्धा गर्दा पहिलेको सेवा अवधिको गणना नहुने भएको छ । उक्त प्रावधान राख्ने विषयमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको संघिय निजामती सेवाको गठन, संचालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन माथिको छलफलमा सहमति भएको हो । राजपत्राङ्कित द्धितिय श्रेणीमा (उपसचिव) र प्रथम श्रेणी (सहसचिव) को हकमा १० प्रतिशत खुल्ला, १० प्रतिशत अन्तरतह खुल्ला प्रतिष्पर्धा, १० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र ७० प्रतिशत कार्यक्षमता र ज्येष्ठताका आधारमा बढुवा हुने भएको छ । निजामती सेवा भन्दा बाहिरका विशिष्ट क्षमता भएका प्रतिभाशाली व्यक्तीहरुलाई उपसचिव र सहसचिवमा प्रवेश गराउनका लागि खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएको बताइएको छ । सदस्य नवराज सिलवालले भने– ‘यसको मुख्य उदेश्य भनेको ९० प्रतिशत भित्रकै कुरा हो, १० प्रतिशत न्यूनतम बाहिरबाट फ्रेस इनोभेटीभ, क्रिएटिभ, नयाँ ब्रेन पावर भएको, इन्टलिजेन्स मान्छे आएर निजामतीमा आओस् भन्ने हो ।’ राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) मा पनि ७० प्रतिशत खुल्ला, १० प्रतिशत अन्तरतह र १० प्रतिशत कार्यमूल्याङ्कनका आधारमा हुने प्रावधान राख्ने विषयमा सहमति भएको छ । राजपत्र अनङ्कित श्रेणीविहिन पाँचौ तहका सबै पद खुल्ला प्रतियोगिताबाटै लिने राजपत्र अनङ्कित द्धितीय श्रेणी ८० प्रतिशत खुल्ला र २० प्रतिशत अन्तरतह प्रतियोगीता, राजपत्र अनङ्कित प्रथम श्रेणी ५० प्रतिशत खुल्ला, ५० प्रतिशत कार्यक्षमताका आधारमा बढुवाका आधारमा हुने व्यवस्था राख्न सहमति भएको छ । श्रेणी विहीन कार्यालय सहयोगी र सवारी चालकलाई स्थायी बनाउने कि नबनाउने भन्ने विषयमा भने समितिमा जुटिसकेको छैन । यस्तै, एउटै दलका सदस्यबीचमा पनि मत बाझिएको हो ।