ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जन नियुक्त

काठमाडौं । ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जन नियुक्त भएकी छिन् । कात्तिक २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी महर्जनलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक महर्जनले कात्तिक २७ गतेदेखि नै आफ्नो पदको कार्यभार सम्हालि सकेकी  छिन् ।

एनएमबि बैंकले माग्यो १८६ जना कर्मचारी, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । एनएमबि बैंकले १ सय ८६ जना कर्मचारी माग गरेको छ । बैंकले आज सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । वरिष्ठ प्रबन्धक १ जना, अफिसर तथा सिनियर अफिसर तहका ब्रान्च म्यानेजर १५ जना, रिलेसनसिप म्यानेजर पदमा २० जना, विजनेस डेभलपमेन्ट एक्जुकेटिभमा १० जना, लिगल अफिसरमा २ जना, सेक्युरिटी विभागमा २ जना, चार्टर्ड एकाउन्टेन्ट ६ जना, प्रोजेक्ट फाइनान्समा २ जना, सफ्टवेयर डेभलपरमा ३ जना, म्यानेजमेन्ट ट्रेनी २५ जना, जुनियर असिस्टेन्ट १ सयजना गरी १८६ जना कर्मचारी माग गरेको बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक व्यक्तिले मंसिर ११ गतेसम्म अनलाईनबाटै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

एनएमबि बैंकको सञ्चालकमा सैंजु र श्रेष्ठ

काठमाडौं । एनएमबि बैंकको सञ्चालकमा रवि शंकर सैंजु र सुनीती श्रेष्ठ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट रिक्त संचालकमा दुई जनालाई नियुक्त गरेको हो । कम्पनीले रिक्त सञ्चालक पदमा बाँकी अवधिका लागि कोटेश्वरका सैंजु र नयाँ बानेश्वरका श्रेष्ठलाई नियुक्त गरेको हो । बैंकको सञ्चालक समितिको बैठक कात्तिक २४ गते बसेको थियो ।