ग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध, आजै लिए सपथ

काठमाडौं । ग्लोबल आईएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले बैंकको अध्यक्षमा ढकाललाई निर्विरोध चयन गरेको हो । सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ । अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेको छन् । नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन् । सम्बन्धित समाचार ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी २१ अर्ब ६३ करोड नाघ्यो

काठमाडौंमा जब फेयर हुने, ३ हजारलाई रोजगारी दिने एस्पायर जब्सको दावी

काठमाडौं । काठमाडौंमा नेपाल जब फेयर–२०२१ को आयोजना हुँदैछ । एस्पायर जब्सले भोली बिहिबारदेखीदेखी आयोजना गर्न लागेको जब फेयर तीन दिनसम्म सञ्चालन हुनेछ । रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाता कम्पनीलाई एकै स्थानमा भेला गराउने उद्देश्यले कार्यक्रम आयोजना हुन लागेको हो । यस फेयरले कामको खोजीमा रहेका युवा र रोजगारदाता कम्पनीबिच सिधै छलफल, अन्र्तक्रिया गर्ने अवसर जुराउँदैछ । यसमा करिब फेयरमा एक सय भन्दा बढी रोजगारदाता कम्पनीको सहभागिता रहनेछ । आयोजक एस्पायर जब्सले ३ हजार बढीलाई रोजगारी प्रदान गर्ने दावी गरेको छ । फेयरमा भर्चुअल तथा भौतिक रुपमा सहभागी बन्न सकिनेछ । कम्पनीले अन्तवार्ताका माध्यमबाट दक्ष कामदार छनौट गर्नेछन् । फेयरमा हस्पिटालिटी, एभियसन, उद्यमशीलता, वैदेशिक अध्ययन लगायत विविध क्षेत्रसँग सम्बन्धित करिअर सेमिनार सेसनहरु चल्नेछन् । अशक्त नागरिकहरुका लागी विशेष अवसर रहेको आयोजकले बताएको छ । यस बाहेक कार्यालय सहयोग, रिसेस्सनिष्ट, कल सेन्टर एजेन्ट, डाटा इन्कोडर जस्ता क्षेत्रमा जागिरको अवसर रहेको छ । काठमाडौंको सोल्टि क्राउन प्लाजामा  फेयर सञ्चालन हुने छ । यस फेयरमा राजनीतिक विश्लेषक एवं अर्थशास्त्री हरि रोका, रोजगार विज्ञ प्रा.डा.रमेशप्रसाद कोइराला, नेपाल विद्युत प्राधिकरकणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नोट स्पिकरका रुपमा रहनेछन् । यस्तै सिएनएन हिरो अनुराधा कोइराला, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, रोजगारविद् डा. गणेश गुरुङ, बैंकर रविना देशराज श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । आयोजक एस्पायर जब्सका अनुसार यो नेपालकै ठूलो मानव शंसाधन सम्बन्धीको फेयर हो । यस कार्यक्रमलाई नर्दन लाइट् एकेडिमी अफ एभियसन एण्ड टेक्नोलोजी, इन्टरस्काफ सेफ्टी ट्रेनिङ सोल्युसनले प्रायोजन गरेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा खतिवडा नियुक्त, काे हुन् उनी ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा नियुक्त भएका छन् । उनी आज सो बैंकको सीईओमा नियुक्त भएको बताइएको हो । निवर्तमान सीईओ अनिल ज्ञवालीको २ वर्षे समयावधि सकिएसँगै उनलाई बैंकको सीईओमा ल्याइएको हो । बैंक सञ्चालक समितिको आज बसेको बैठकले खतिवडालाई सीईओमा नियुक्त गरेको हो । पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेका खतिवडासँग विद्युत नियमन आयोगको सदस्य र लगानी बोर्डको परामर्शदाताका रूपमा काम गरेको अनुभव पनि छ । उनले यसअघि एनआइबीएल एस क्यापिटलमा पनि काम गरिसकेका छन् ।