पूँजी सृजना र उद्योग विकास नै समाजवाद–उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा स्थायीत्वसँगै स्थायी सरकारको निर्माण भएको बताए । उनले कानून र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानीमैत्री वातावरण सरकारले यथासक्य छिटो तयार गर्ने जानकारी दिए । नेपाल उद्योग परिसंघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसँगको बिहीबार भएको भेटवार्ताको अवसरमा उनले मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढेको जनाए । विकास नभएको दोष र जिम्मा कसैले लिने र दिनेभन्दा पनि भएका कमीकमजोरी हटाई सरकार र निजी क्षेत्र एक अर्कोलाई विश्वास गर्दै अघि बढ्नु पर्ने धारणा उनको थियो । उनले पूँजीको सृजना र उद्योग व्यवसायको विकासबाट नै समाजवादको विकास हुने भन्दै सरकार त्यसै त्यो बाटोमा अघि बढेको जानकारी दिए । परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकको लक्ष्य आर्थिक समृद्धि भएकोले यसालई कार्यान्वयन गर्न पर्नेमा जोड दिए । उनले परिसंघ–प्रवुद्ध परिषद समेतको सहकार्यमा तयार गरिएको समृद्धिको मार्ग चित्रबारे उपराष्ट्रपतिलाई विस्तृत जानकारी गराउदै हस्तान्त्रण गरेका थिए ।
जगदम्बा सिमेन्टद्धारा विश्वस्तरीय प्रविधी भीआरएम जडान, उत्पादनमा दोब्बर वृद्धि हुने
काठमाडौं । जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएल इस्मिथ(डेनमार्क र इन्डिया)को अत्याधुनिक प्रविधि भर्टिकल रोलेल मिल्स(भीआरएम) जडान गरी उत्पादन शुरु गरेको छ । सिमेन्टले उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले उक्त विश्वस्तरीय प्रविधि जडान गरेको हो । हालको उत्पादन ४५,००० बोरा प्रतिदिन रहेकोमा भीआरएम प्रविधि जडान पश्चात कम्पनीको उत्पादन करिव करिव दोब्बरको हाराहारीमा पुग्ने कम्पनीले जनाएको छ । भीआरएम प्रविधि पश्चात कम्पनीको उत्पादन ८०,००० बोरा प्रतिदिन उत्पादन हुनेछ । भीआरएम प्रविधि नेपालमा भित्र्याउने जगदम्बा सिमेन्टको दोस्रो कंम्पनी हो भने यो प्रविधि जगदम्बा सिमेन्टको विरगञ्ज स्थित शुभश्री जगदम्बा सिमेन्ट मिल्स् प्रा.लि मा जडान गरिएको छ । त्यस्तै, यही प्रविधि जडान गरी कम्पनीले आफ्नो तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्ट ई.प्रा.लि बाट पनि चाडै नै उत्पादन शुरु गर्ने जनाएको छ । तेस्रो उद्योग संचालन पश्चात कम्पनीको उत्पादन प्रतिदिन १,१०,००० बोरा रहने कम्पनीले जनाएको छ । देशको बढ्दो सिमेन्टको मागलाई सम्बोधन गर्दे सिमेन्ट उद्योगलाई नै आत्मनिर्भर हुन टेवा दिइरहेको छ । त्यस्तै, ग्राहक तथा उपभोक्ताको गुणस्तर प्रतिको चाहनालाई आत्मसाथ गर्दे उपलब्धताको सुनिश्चितता प्रदान गरेको छ । यसरी नै आगामी दिनहरुमा आफ्ना सम्पूर्ण उद्योगलाई प्रविधी मैत्री बनाउने कम्पनीको प्रतिबद्धता छ ।
स्वदेशी भन्दा आयातित चिनी २० रुपैयाँ सस्तो, विदेशी चिनीकाे मूल्य प्रतिकेजी ५५ रूपैयाँ मात्र
काठमाडौं । नेपाली उद्योगले उत्पादन गरेको चिनी भन्दा आयातीत चिनी निकै सस्तो देखिएको छ । विदेशबाट आयात हुने चिनी प्रतिकेजी ५५ रुपैयाँमा नेपाल आउने गरेको छ भने नेपाली उत्पादन त्यसको तुलनामा करिब २० रुपैयाँ प्रतिकेजी महंगो रहेको छ । कृषि मन्त्रालयले चिनीको अनुमानित उत्पादन मूल्य प्रतिकेजी ६२ रुपैयाँ ५० पैसामा हुनुपर्छ भनिरहेको छ । त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ५ प्रतिशत मुनाफा राखेर बजारमा पठाउँदा ७३ रुपैयाँ ५६ पैसा पर्न जान्छ । सरकारी तथ्याङक अनुसार पनि हाम्रो उत्पादन आयातित चिनी भन्दा करीब १८ रुपैयाँ महँगो देखिएको हो । नेपालमा उत्पादन हुने चिनीको उत्पदान लागत प्रतिकेजी ७५ रुपैयाँ रहेको नेपाल चिनी मिल संघले जनाएको छ । २०७३ सालमा तत्कालीन सरकारले मन्त्रिपरिषदको निर्णयबाट चिनी आयात खुल्ला गरिदिएपछि भने झनै हाम्रा स्वदेशी चिनी उद्योगहरु र किसान पिडामा परेका छन् । सरकारले भन्सार दरसमेत निकै न्युन (१५ प्रतिशत) लगाएर चिनी आयत गर्न दिएको छ । नेपालका चिनी उत्पादकहरुले आयातित चिनीमा भन्सार दर बढाउन दवाव दिदै आएका छन् । ‘दक्षिण एसियाली मुलुकहरुले चिनीमा १०० प्रतिशतसम्म भन्सार लगाउँदै आएका छन् । भारतले चिनी आयातमा १०० प्रतिशत भन्सार लगाउँदै आएको छ’ संघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपालमा समेत सरकारले उखु बालीलाई प्रमुख बालीको घोषणा गरेर किसानलाई यस खेतीप्रति आर्कषित गर्ने प्रयास गरिरहेको समयमा यसरी चिनी आयातलाई प्रहोत्सान पुग्ने गरी भन्सार दर परिर्वतन गर्नुपर्ने संघको तर्क छ । यदि सरकारले आयातलाई निरुत्साहीत गर्ने हो भने नेपाली उत्पादनको मूल्य ७५ रुपैयाँ नबढ्ने गरि बजारमा चिनी पुर्याउन सकिने चिनी उत्पादक संघको भनाई रहेको छ । संघका अनुसार नेपाल सबैभन्दा महंगोमा चिनी उत्पादन गर्ने मध्येको एउटा देश हो । नेपालमा उखुमा लागत निकै धेरै रहेको उद्योगीहरुको दाबी रहेको छ । तर किसानहरुले ऊखुमा उचित मूल्य नपाएको भन्दै विरोध जनाउँदै आएका छन् । साँढे ३ अर्बको लगानीमा नेपालमा चिनी उद्योगहरु संचालन भइरहेका छन् । अहिले करिब १ लाख किसानले उखु खेती गरिरहेका छन् भने करिब २० लाख मेक्ट्रिटन उखु उत्पादन भइरहेको छ । चालु आर्थिक बर्ष २०७४/०७५मा ११ अर्ब रुपैयाँको उखु किसानले बिक्री गरेका छन् । यस बर्ष १ लख ७५ हजार मेक्ट्रिटन चिनी उत्पादन भएको छ । ऊखु र चिनीको मूल्यमा विवाद जारी रहदा आयातित चिनीले नेपाली बजारमा पकड जमाउँन थालेको छ । यहि अवस्था लामो समय रहेमा चिनी उद्योगहरु बन्द हुनुको साथै ऊखु किसानहरु गम्भिर संकटमा पर्ने जानकारहरु बताउँछन् ।