नेपाल थाइल्यान्ड ट्रेड र बुमरुङग्राड इन्टरनेशनल अस्पतालबिच सहकार्य

काठमाडौं। नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले हेल्थकेयर प्रोभाइडर बुमरुङग्राड इन्टरनेशनल थाइल्यान्डसँग सहकार्य गर्ने भएको छ । बुमरुङग्राड एसियाकै ठुलो मध्यको एउटा अस्पातल हो । जहाँ ५८० बेड रहेका छन् भने ३० स्पेशल यूनिट सेन्टरहरु संचालनमा रहेका छन् । त्यस्तै यहाँ ७० वटा सहायक स्पेशल सेन्टर संचालनमा रहेको छन् । यो अस्पताल बैंकको मुख्य बजार सुकिम्भीत सोई ३ मा रहेको छ । नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले चर्चित कम्पनी एसिया प्यासिफिक हेल्थकेयर इन्डस्ट्रि र बुमरुङग्राड इन्टरनेशनलसँग सहकार्य गर्दै थाइल्यान्डबाट वस्तु तथा सेवाहरु सहज रुपमा आयात गर्नेछ । बुमरुङग्राडले नेपाली विमारीको सेवा गर्दै स्थानीयको समर्थन पाउने अपेक्षा लिएको छ । यसका साथै बी टु बी कस्टुमरको डाउन स्ट्रिममार्फत नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडको नेटवर्क विस्तार गर्ने छ । यो साझेदारीबाट ग्राहकहरुले बुमरुङग्राडको गुणस्तरीय मेडिकल डायग्नोष्टिक र उपचारको अवसर प्राप्त गर्नेछन् । साथै यहि सहकार्यमार्फत विमारीहरुका लागि अनुभवी डाक्टर तथा नर्स, वल्र्ड क्लास क्लिनिकल इन्नोभेसन, र टेक्नोलोजीको व्यवस्था गरिनेछ । बुमरुङग्राड अन्तर्राष्ट्रिय अस्पतालले उच्च गुणस्तरीय मेडिकल केयर प्रदान गर्नुका साथै विभिन्न सेक्टरमा विशेषज्ञहरुको व्यवस्थापन गर्नेछ । बुमरुङग्राड अस्पताल पूर्णत मेडिकल इक्युपमेन्टले सुविधा सम्पन्न रहेको अस्पता हो । विश्वस्तरिय मेडिकल सेवा दिदै आएको यो अस्पताल विश्वकै उत्कृष्ट १० अस्पतालमा पर्दै आएको छ । वालस्ट्रिट जर्नलका अनुसार यो मेडिकल टुरिजमको सबैभन्दा उत्कृष्ट अस्पतालको सूचीमा रहेको छ । ग्लोवल हेल्थले प्रदान गर्ने एसिया प्यासेफिकको उत्कृष्ट मेडिकल टुरिजम अवार्ड २०१८समेत बुमरुङग्राडले जितेकोे छ । हेल्थ एसिया म्याग्जिनले ट्राभल एन्ड मेडिकल अफ दि एयर अवार्ड प्रदान गरेको थियो ।

ओयोले गर्‍यो पोखरा प्रिमियर लिगको आतिथ्य साझेदारी घोषणा

काठमाडौं । ओयो, दक्षिण पुर्वी एसियाको सबैभन्दा ठुलो श्रृंखला होटेलले पोखरा प्रिमियर लिगको पहिलो सस्करणको आतिथ्य (हस्पिटालिटी) साझेदारीको घोषणा गरेको छ । साझेदारको रुपमा ओयोले लिगमा भागलिने खेलाडिहरु र लिग मेम्बरका लागी बस्ने सुविधा प्रदान गर्ने छ । काठमाडौं रोयल, पोखरा पल्टन्स, चितवन राइनोज, बुटवल ब्लास्टर, बिराटनगर टाइटान्स र धनगढी ब्लुज कार्तिक ९ गते देखि सुरु हुने उक्त पोखरा प्रिमियर लिगमा सहभागी हुनेछन् । ज्ञापन पत्रमा हस्ताक्षर ओयोका नेपाल प्रमुख निशिद्ध हलानी तथा क्विन्स इभेंट म्यानेजमेन्टका कार्यकारी निर्देशक छुम्बी लामाद्वारा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का तथा नेपाल हेड कोच जगत बहादुर तमट्टाको उपस्थितिमा रोयल एम्पायर बुटिक होटलमा भएको हो । कार्तिक ७ देखी खेलाडीहरू खेलमैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका बेला खेलको मज्जालिन फ्यानहरूले सजिलै ओयो होटलमा ५०% छुटमा रुम बुक गर्नसक्नेछन् । निशिद्धहलानीले भने, ‘पोखरा प्रिमियर लिगको आधिकारीक आतिथ्य साझेदारको रुपमा हामी सबै लिगसँग सम्बन्धित सबै फ्यानहरुका लागि आरामदायी तथा विश्वसनिय बसाइँको अनुभुति प्रदान गर्नेछौ । फ्यानहरूले आफ्नो टिमको खेल हेर्दै मनोरन्जन लिन सक्नेछन्।’

दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र स्थापना हुदै, सरकारले थाल्यो अध्ययन

घोराही । प्रत्येक प्रदेशमा कम्तीमा १ हजार बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने केन्द्रीय सरकारी नीतिअनुरुप प्रदेश नं ५ को दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि प्रस्ताव गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं ५ साविकको लक्ष्मीपुर र धर्ना गाविस मा औद्योगिक क्षेत्र स्थापनाको तयारी गरिएको हो । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीको संयोजकत्वमा, गठित कार्यदलले सो क्षेत्रको पहिलो चरणको अध्ययन÷अनुगमन गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतसहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो । घोराहीको लक्ष्मीपुरमा रहेको करीब ५४९ हेक्टर क्षेत्रफलमा नयाँ औद्योगिक क्षेत्र घोषणा गर्ने तयारी अनुरुप मन्त्रालयको टोलीले सो क्षेत्रको अध्ययन  शुरु गरेको संयोजक मरासिनीले जानकारी दिए । उनले भने, “औद्योगिक क्षेत्रको लागि उक्त ठाउँ निकै उपयुक्त भएको हामीले पायौँ ।” अनुगमनबाट फर्किएपछि दाङ उद्योग वाणिज्य सङ्घ र पत्रकारको टोलीसँग मरासिनीले सो क्षेत्र समथर भूभाग भएको र वनको क्षेत्र पर्ने हुँदा अधिकांश जग्गाको मुआब्जासमेत तिर्न नपर्ने हुँदा कम खर्चिलो हुने बताए । उहाँले जिल्लाका उद्योगी व्यवसायीलाई औद्योगिक क्षेत्रमा के–कस्ता उद्योग व्यवसायको स्थापना गर्ने र बजार कुन क्षेत्र हुने भन्ने बारेमा थप अध्ययन गर्न आग्रह गरे। शुरुको चरणमा प्रतिहेक्टर २ करोड रुपैयाँको लगानी लाग्न सक्ने अनुमानसमेत गरे । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेका अध्यक्ष बस्नेतले ५४९ हेक्टरमध्ये १५ हेक्टर जग्गाको मात्र सरकारले मुआब्जा दिनुपर्ने देखिएको हुदाँ लगानी कम पर्ने बताए । दाङ भारतसँग सिमाना जोडिएको र प्रशस्त पहाडी बजार भएको हुदाँ दाङको घोराही नजिक औद्योगिक क्षेत्र स्थापनाको उपयुक्त स्थान भएको उनको भनाइ थियो । दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र घोषणाका लागि मन्त्रिपरिषद्को गत साउन १८ गते बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय संयोजक रहने गरी शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपछी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र गृह मन्त्रालय रहने कार्यदल गठन गरेको थियो ।कार्यदलबाट प्रस्तावित औद्योगिक क्षेत्रका बारेमा स्थलगत रूपमै विस्तृत अध्ययन एवं थप गृहकार्य गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको थियो । रासस