अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाअन्तर्गत काठमाडाैंका मनोज कुमार सिलवालले जिते एक लाख रुपैयाँ

काठमाडाैं  । देशकै उत्कृष्ट मध्येको एक अर्घाखाँची सिमेन्ट प्रा. लिले आफ्नो उपभोक्ताको लागि सार्वजनिक गरेको ‘धन वर्षा’ योजनाअन्तर्गत जडिबुटी, काठमाडाैंका मनोज कुमार सिलवालले एक लाख रुपैँया बराबरको नगद पुरष्कार जितेकाछन् । कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले विजेता सिलवाललाई बुधबार एक कार्यक्रमबीच उपहार रकमको चेक हस्तान्तरण गरेका छन् ।  सिलवालले घर निर्माणको लागि सातदोबाटो ललितपुरस्थित मेरु इन्टरप्राइजेजबाट गएको हप्ता अर्घाखाँची ओपिसी सिमेन्ट खरिद गरेका थिए । “इन्जिनीयर तथा अन्य साथीहरुको सल्लाहमा अर्घाखाँची सिमेन्ट नै सबैभन्दा गुणस्तरीय हो भन्नेमा ढुक्क भइ आफ्नो घरमा सोही सिमेन्ट प्रयोग गर्ने निधो गरेको थिए,” चेक पाएर हर्षित ४९ बर्षिय सिलवालले भने, “यस नगद पुरष्कार पाएपश्चात मेरो यस ब्राण्डप्रतिको विश्वास र सद्भावमा अझै बृद्धि भएको छ ।” यसरी एक लाख बराबरको नगर पुरष्कार पाउने सिलवाल दोश्रो उपभोक्ता हुन् । पहिला तीन साताअघि बुटवलकी बिन्दु खनालले पनि सोहि रकम बराबरको नगद पुरष्कार जित्न सफल भएकी थिइन् । स्थापनाको पाँचाैं वर्षगाँठको उपलक्ष्यमा अर्घाखाँची सिमेन्ट प्रा. लिले मंसिर ८ गतेदेखि दुई महिनाका लागि धन वर्षा योजना संचालनमा ल्याएको थियो । यस योजनाअन्तर्गत हालसम्म सयाैं उपभोक्ताहरुले रु १००, रु ५००, रु १०००, रु १०,०००, रु २५०००, रु ५० हजार र रु १ लाखसम्मको सुयोर सट नगद उपहार हासिल गरिसकेकाछन् । यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउनेछन् ।

उखु किसानको आन्दोलनप्रति घरेलु महासंघको ऐक्यबद्धता

काठमाडौं । केही दिन यता उखु किसानहरु राजधानीमै भेला भएर आन्दोलित हुनुपर्ने अवस्था र उनीहरुको मागप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ध्यानाकर्षण भएको जनाएको छ । विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री गरेका किसानले हालसम्म पनि उखुको भुक्तानी नपाएकोले देशको विभिन्न भागबाट चिनी मिल पीडित उखु किसान काठमाडौंमा भेला भई आन्दोलित हुनुपर्ने अवस्था र उखु किसानहरुको मागप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ । एकवर्ष अघि नै किसानहरुको उखुको भुक्तानी दिने सम्बन्धमा निजी क्षेत्र समेतको सहभागीतामा उद्योग मन्त्रालयमा सहमति भइसकेको विषयमा हालसम्म पनि किसानहरुले भुक्तानी नपाउनु दुःखद कुरा भएको महासंघको ठहर छ । उखु किसानहरु महासंघका पनि सदस्य रहेको हुँदा उनीहरुको आन्दोलनप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ऐक्यवद्धता रहेको अध्यक्ष श्याम प्रसाद गिरीले बताए । तसर्थ लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संस्थाको हैसियतमा यस महासंघ चिनी उद्योगीहरुलाई उखु किसानहरुको रकम अविलम्ब भुक्तानी दिन आग्रह गर्दै यस सम्बन्धमा थप केही विषय भए महासंघसँग समन्वय गर्न उनको आग्रह छ ।

गरिमा विकास बैंकको सिमरा शाखा उद्घाटन, ओद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने

काठमाडौं । गरिमा विकास बैंकले जितपुर सिमरा उप-महानगरपालिकावडानं.-२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सोमबार(पुस १४ गते) नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले बारा जिल्लाको ओद्योगिकरण गरी सिमरामा खोलेको विकास बैंकको सिमरा शाखाले त्यस क्षेत्रको ओद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताएका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक सुविधासहित स्थापना गरिएको सिमरा शाखाबाट विकास बैंकले ग्राहकहलाई उत्कृष्ट सेवा प्रवाह गर्ने बताएका छन् । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष १३ गतेसम्म ३७ अर्ब निक्षेप संकलन गरी करिब ३३ अर्ब कर्जा लगानी गरेको छ ।