कर्णालीमा जडीबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापनाकाे पहल शुरु, सातै स्थानीय तहमा बोलपत्र आह्वान
जाजरकाेट । जडीबुटी भण्डार तथा प्रशोधनका साथै खेतीका लागि डिभिजन वन कार्यालय, जाजरकोटले पहल शुरु गरेको छ । सङ्घीय सरकार तथा कर्णाली प्रदेश सरकारको अनुदानमा जाजरकोटका सातवटै स्थानीय तहमा यस्तो कार्य अगाडि बढाइएको हो । जडीबुटीको भण्डार मानिएको जाजरकोटमा डिभिजन वन कार्यालयले जडीबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापनाका साथै उद्यम स्थापना गर्न लागिएको डिभिजन प्रमुख महेश कुमाईले जानकारी दिए । उनले भने, “जिल्लाका सातै स्थानीय तहमा उत्पादन, प्रशोधन र बजारीकरणका हिसाबले उपयुक्त खालको स्थानमा कार्यक्रम शुरु गर्न बोलपत्र आह्वान भएको छ ।” त्यस्तै सहरकारीमार्फत जडीबुटी खेती, भण्डारण, बजारीकरणसमेत गर्ने योजना रहेको छ । स्थानीय जडीबुटीको खेती तथा विस्तार भण्डारणसमेत गरिन लागेको कुमाईले बताए । जिल्लाका जडीबुटीको राम्रो सम्भावना भएको ठाउँमा पकेटका आधारमा खेती विस्तार गर्न लागिएको उनको भनाइ छ । त्यस्तै, भेरी नगरपालिका–१ मा घरबास कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव माग गरिएको छ । कर्णाली प्रदेश सरकारले पर्यटकलाई आवासको सुविधा दिन घरबास कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो ठाउँमा जनयुद्धको समयमा बमबारी गरेर दुई सयभन्दा बढी स्थानीयवासीको घर, टहरा जलाइएको थियो । सोही ठाउँमा अहिले सरकारले सञ्चालन गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यहाँ घरबास कार्यक्रम सञ्चालन गर्न लागिएको हो । त्यस्तै, राष्ट्रिय वन विकास तथा व्यवस्थापनका लागिसमेत कार्यक्रम शुरु भएको छ । जिल्लाका सातवटा स्थानीय तहमा सञ्चालन हुने सो कार्यक्रमले दिगोपन, व्यवस्थापनका लागि सामुदायिक वनमार्फत कार्यक्रम गर्न लागिएको छ । सो कार्यक्रमबाट स्थानीय तहमा रोजगारी सिर्जना गरी स्थानीयवासीले लाभ लिने बताइएको छ । जिल्लाका सातैवटा स्थानीय तहसँग सहकार्य गरेर वन विकास तथा प्रवद्र्धनमा गति दिने उद्देश्यले काम थालिएको छ । वन नै जीवनको आधार भएकाले यसबाट आम्दानी लिन सकिने प्रशस्त ठाउँ हुँदाहुँदै पनि गतिशील योजना नहुँदा फाइदा लिन नसकेको अवस्थामा डिभिजन वन कार्यालयले सञ्चालन गरेको प्रगतिमुखी कार्यक्रमले स्थानीयवासी खुशी भएका छन् । तीन जिल्लामा संरक्षित क्षेत्र घोषणाको तयारी जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र नलगाड नगरपालिकालाई संरक्षित क्षेत्र घोषणा गरी त्यहाँका वन्यजन्तु संरक्षणका साथै स्थानीयवासीको पशुपालन व्यवसायलाई व्यवस्थित बनाउन कार्ययोजनाको अध्ययन पूरा भएको छ । जाजरकोटका साथै डोल्पाको तल्लो भाग मुड्केचुला गाउँपालिका र जुम्लाको आधा भागलाई जोडेर संरक्षित क्षेत्र बनाउनका लागि अध्ययन पूरा भएको हो । अध्ययन भई अहिले सो प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा छलफलका लागि तयारी अवस्थामा राखिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । संरक्षित क्षेत्र घोषणासँगै स्थानीयवासीले पशुपालन व्यवसाय गर्नका लागि विशेष ठाउँ र क्षेत्रमा आफ्नो कार्य अगाडि बढाउनेछन् । कर्णालीका १० जिल्लामा जडीबुटी जोन घोषणा हुँदै कर्णाली प्रदेशको १० जिल्लाका ४० वडामा जडीबुटी जोन घोषण गरेर काम शुरु गर्न लागिएको वन तथा वातावरणमन्त्रीको सचिवालयका उपसचिव गणेशविक्रम शाहीले जानकारी दिए । उनका अनुसार उत्पादन हुने ठाउँको अवस्थाका आधारमा खेती गरिनेछ । कर्णाली प्रदेश जडीबुटीको भण्डारका रूपमा परिचय स्थापित भएकाले यहाँ थप विकासका लागि यस्ता खालका कार्यक्रम सञ्चालन गर्न लागिएको हो । अहिले जथाभावी सङ्कलन मात्र भएको तर संरक्षणमा ध्यान नदिइएको अवस्थामा जोन घोषणासँगै संरक्षण तथा संरक्षणलाई व्यवस्थित गर्न विशेष योजना बनाएको छ । रासस
साढे २० अर्ब लगानीमा ८ हजार उद्योग, ६ लाखलाई रोजगारी
काठमाडौं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । सरकारले देशको आर्थिक विकासको लागि लगानी सम्मेलन मार्फत पनि नेपाल लगानी गर्न आग्रह गर्दै आइरहेको छ । उद्योग स्थापनाको लागि लगानीमैंत्री ऐन, कानुन, वातावरण, लगानीकर्तालाई सहजीकरण, व्यवस्थापन तथा संरचना निर्माणले उद्योगमा लगानी बढ्दै गएको हो । उद्योग विभागका अनुसार हालसम्म नेपाली उद्योगमा २० खर्ब ५४ अर्ब रुपैयाँको लगानीमा ८ हजार उद्योग दर्ता भएका छन् । स्थापित उद्योगहरुले ६ लाखलाई रोजगारी दिएका छन् । उद्योेग विभागका तथ्याङक अनुसार हालसम्म ठूला, मझौला, लघु, घरेलु तथा साना गरी ८ हाजार १ सय ४८ वटा उद्योग स्थापना भएका छन । ठूला उद्योगमा १८ खर्ब लगानी विभागका अनुसार १७ खर्ब ७८ अर्ब ४२ करोड ५० लाख रुपैयाँ लगानीमा १ हजार १ सय ४९ वटा ठूला उद्योग स्थापना भएका छन् । ठूला उद्योगहरुले १ लाख ६१ हजार १ सय ३८ जनालाई रोजगारी दिएको विभागको तथ्याङक उल्लेख छ । मझौला उद्योगमा करिब २ खर्ब लगानी अहिलेसम्म नेपालमा १ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँको लागतमा १ हजार ८ सय २२ वटा मझौला उद्योग स्थापना भएका छन् । मझौला उद्योगहरुले १ लाख ६६ हजार ६ सय ७४ जनालाई रोजगारी दिएको विभागको छ । साना उद्योगमा ८८ अर्ब लगानी विभागका अनुसार ८८ अर्ब ६९ करोड ९० लाख रुपैयाँको लागतमा ५ हजार १ सय ८८ वटा साना उद्योग स्थापना भएका छन् । साना उद्योगहरुले २ लाख ८३ हजार ७ सय ५२ जनालाई रोजगारी दिएको छ । कानुनी सुधार विभागले यो अवधिसम्म धेरै प्रगति तथा सुधारका काम भएको जानकारी दिएको छ । विभागले हालसम्म संरचनागत सुधार, प्रकृयागत सुधार, नीतिगत सुधारहरु भएको वताएको हो । राजनैतिक स्थिरता र सरकारको स्थायित्व, लगानीमैत्री ऐन, ऊर्जाको पर्याप्तता, औद्योगिक पूर्वाधारमा प्राथमिकताका साथ सरकारको लगानी बृद्धि यस क्षेत्रका सवल पक्ष भएको छ । यस्तै, पछिल्लो समय श्रम सम्बन्धमा आएको सुधारले पनि लगानीलाई आकर्षित गरेको छ । क्षेत्रगत उद्योग उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । पर्यटन, कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज तथा सेवामूलक उद्योगमा बढी आकर्षण देखिन्छ । विभागमा दर्ता भएका उद्योगमा सबैभन्दा धेरै उत्पदनमूलक क्षेत्रका छन् । विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४ खर्ब ६० अर्ब ५२ करोड २० लाख रुपैया लगानीमा ३ हजार ५४ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३ लाख २६ हजार ५ सय ५५ जनालाई रोजगारी दिएका छन् । सेवामुलक क्षेत्रमा १ खर्ब ५६ अर्ब ४५ करोड ६० लाख रुपैयाँ लगानीमा २ हजार २ सय २० वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले १ लाख २५ हजार २ सय ५ जनालाई रोजगारी दिएका छन् । सेवामुलककै पनि पर्यटन क्षेत्रसँग सम्बन्धित १ खर्ब ५६ अर्ब ३९ करोड ७० लाख रुपैयाँ लगानीमा १ हजार ८ सय २ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ७१ हजार ५ सय ७६ जनालाई रोजगारी दिएका छन् । उर्जा क्षेत्रमा ११ खर्ब ६७ अर्ब १५ करोड १० लाख रुपैयाँ लगानीमा ३ सय ९९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३४ हजार ६ सय ७६ जनालाई रोजगारी दिएका छन् । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । परम्परागत रुपमा पनि कृषि व्यवसायमा संलग्न नेपालीको संख्या ठूलो छ । यो क्षेत्रमा २८ अर्ब १० करोड ९० लाख रुपैयाँ लगानीमा ४ सय ६९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३६ हजार १ सय ५० जनालाई रोजगारी दिएका छन् । सूचना तथा संचार क्षेत्रको विकास पनि गर्व गर्न लायक छ । अहिलेसम्म नेपालमा ४ अर्ब ६७ करोड ८० लाख रुपैयाँ लगानीमा ७० वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ४ हजार १ सय १ जनालाई रोजगारी दिएका छन् । खनिजमुलक उद्योगमा लगानी हेर्दा अहिलेसम्म ६ अर्ब ८८ करोड ३० लाख रुपैयाँ लगानीमा ६९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ७ हजार २ सय ४ जनालाई रोजगारी दिएका छन् । निर्माण क्षेत्रमा काम गर्ने उद्योगको उपस्थिति पनि बलियो छ । उद्योग विभागका अनुसार अहिलेसम्म ४९ अर्ब ९२ करोड २० लाख रुपैयाँ लगानीमा ५८ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३ हजार ८ सय १ जनालाई रोजगारी दिएका छन् ।
किन झुम्दिैछन् हिमालयन डिष्टिलरीमा लगानीकर्ता ? (समग्र विश्लेषण)
काठमाडौं । जावलाखेल ग्रुप अफ कम्पनीले प्रबद्र्धन गरेको हिमालयन डिष्टिलरीको सेयर मूल्य बढ्दो क्रममा छ । कम्पनीले सहायक कम्पनी स्थापना गरी २ करोड १८ लाख रुपैयाँमा ४ विगाह जमिन पनि खरिद गरेको छ । हिमालयन डिष्टिलरी के कस्तो नयाँ योजनामा छ ? सेयर लगानीकर्ता यसको सेयरमा किन झुम्मिएका छन् ? यो कम्पनीमा लगानी गर्नु कत्तिको उपयुक्त हुन्छ होला भन्ने जस्ता सन्दर्भमा विकासन्युजले यो कम्पनीको समग्र विश्लेषण गर्ने प्रयास गरेको छ । सन् १९८५ मा स्थापना भएको हिमालयन डिष्टिलरी कम्पनी पछिल्लो समय बजारमा कारोबार भइरहेका उत्पादनमुलक समूह अन्तरगतको कम्पनी हो । बजार सेयर मूल्य (रु. १२१५) को आधारमा कम्पनी यस समूहमा चांैथो स्थानमा छ । सन् २००० मा पब्लिक कम्पनीमा रुपान्तरण भएको यस कम्पनीको माउ कम्पनीको रुपमा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिस रहेको छ । कम्पनीले वार्षिक वित्तीय विवरणमा स्पष्ट रुपमा सेयर स्वामित्वको जानकारी दिएको छैन । तर, प्रबन्धपत्र संशोधन प्रस्तावमा ६२ दशमलव ११ प्रतिशत संस्थापक र ३७ दशमलव ८९ प्रतिशत सर्वसाधारण सेयर स्वामित्व रहेको उल्लेख छ । त्यस्तै, कम्पनीले गत वर्ष चुक्ता पुँजीको ६८ दशमलव ४२ प्रतिशत नगद लाभांश बाडेको छ । २६ करोड ३८ लाख नगद लाभांशको आधारमा आरआर सप्लायर्सले ५ करोड ७४ लाख (२१ प्रतिशत), फुड एण्ड वेभरेज टेक्नोलोजिजले ५ करोड ३९ लाख (२० प्रतिशत) र मेजेस्टिक भेन्चरले ८३ लाख रुपैयाँ (३.१५ प्रतिशत) लाभांश पाएका छन् । कम्पनीमा विजय शाहलगायतको बलियो पकड छ । उत्पादन कम्पनीले हिमालयन ऐला, रोयर ट्रेजर ह्विस्की, ब्ल्याक ओक र गोल्डेन ओक जस्ता मदिरा उत्पादन गर्दै आएको छ । गोल्डेन ओकको बजार माग बढ्दो रहेको छ भने कम्पनीले प्रति ४० युपि रहेको ब्ल्याक ओकको बजार प्रवद्र्धनमा जोड दिदै आएको छ । ब्ल्याक ओकलाई प्रमियम ब्राण्डको रुपमा लिएको छ । ७ सय ५० मिलिलिटरसम्म उपलब्ध हुने यसको अधिकत्तम ग्राहक मूल्य १ हजार ८० सम्म छ । हिमालयन ऐला १५ युपि शक्ति भएको ७ सय ५० मिलिटिलरको १ हजार ६ सय रुपैयाँसम्म बिक्री गर्दै आइरहेको छ । कम्पनीको बार्षिक उत्पादन क्षमता १ करोड ७० लाख लिटर छ । –पछिल्ला महिना दैनिक औसत ८ हजार कित्ता सेयर किनबेच –थप दुई कम्पनीमा लगानी विस्तार गर्दै –विजय शाहलगायतको पकड सरकारले अन्तः शुल्क कानुनमा प्रतिक्वीन्टल ग्रेनबाट उत्पादन गर्नुपर्ने स्प्रिटको दर बढाएको कारण ग्रेन इएनए उत्पादन बन्द गर्नु परेको थियो । हाल यसमा संशोधनको तयारी भइरहेकोले कम्पनीले उत्पादन सुचारु गरेको छ । पहिलो पटक बोनस १ पुसमा १९औं बार्षिक साधारणसभा गरेको कम्पनीले ५० प्रतिशत नगद लाभांश र ५० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव स्वकृत गरेको छ । यससगै चक्ता पुँजी ३८ करोडबाट वृद्धि भएर ५७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । पाँच वर्षमा कम्पनीले औसतमा ४६.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नगद लाभांश मात्रै प्रस्ताव गर्दै आएको कम्पनीले पहिलो पटक बोनस सेयर दिएको हो । सामान्यतः उत्पादनमुलक कम्पनीहरुले थप लगानी गर्ने सोच भएर पुँजी आवश्यक हुँँदा मात्रै बोनस सेयर लाभांश प्रस्ताव गर्छन् । अन्य कम्पनीमा लगानी र कारोबार कम्पनीले हिमालयन मल्टि एग्रो लिमिटेड र हिमालयन फिसरीज लिमिटेड नामका दुई सहायक कम्पनी दर्ता गरेको छ । हिमालयन मल्टि एग्रोको लागि २ करोड १८ लाख रुपैयाँमा चार विगाहभन्दा बढि जग्गा खरिद गरेको छ । हिमालयन फिसरिज दर्ता मात्र भएको छ । यसमा करीब ६४ हजार ५ सय रुपैयाँ खर्च भएको छ । कम्पनीले आफ्ना उत्पादनहरुको माग उच्च भएको भन्दै सञ्चालकहरु आबद्ध अन्य कम्पनीहरुबाट थप उत्पादनसमेत गरिरहेको छ । गोल्डेन ओकको बजार माग उच्च रहेको भन्दै कम्पनीले विजय डिष्टिलरी लगायतका अन्य कम्पनीबाट समेत यसको उत्पादन गर्दै आएको छ । त्यस्तै गोल्डेन ओकलाई २०७४ देखि रोलिङ रिभर डिष्टिलर्सबाट समेत उत्पादन गरेर बिक्री गर्दै आएको छ । माउ कम्पनी जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले यस कम्पनीमा कार्यरत कर्मचारीहरुको मूल्यांकन लगायतका व्यवस्थापकीय काम गर्दै आएको छ । यी तीनवटै कम्पनीमा हिमालयन डिष्टिलरीका सञ्चालकहरुका आफन्तको लगानी छ । कम्पनीले बार्षिक वितीय विवरणमा यसलाई खुलाएको समेत छ । वित्तीय अवस्था चालु आवको पहिलो त्रैमाशमा कम्पनीको उत्पादन बिक्री आम्दानी ६.२६ प्रतिशतले घटेपनि नाफा रकममा ३३.९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले उत्पादन र बिक्री खर्च कम गर्न सकेको कारण खुद नाफा वृद्धिमै सहयोग पुगेको छ । कम्पनीले उत्पादनको लागि स्टोर गरिने कच्चा पद्धार्थहरुको प्रयोग राम्ररी गरिरहेको देखिन्छ । पहिलो त्रैमाश अवधिमा बार्षिक ४२ करोड बराबरको इन्भेन्ट्रिज (कच्चा पद्धार्थ) रहने गरेको छ । यो अवधिमा भने यसमा शुन्य दशमलव ३३ प्रतिशतले कमि आएको छ । कम्पनीले व्यापारको क्रममा भुक्तानी गर्नुपर्ने रकम ५५ प्रतिशतले घटेर ९ करोड ८८ लाखमा सिमित भएको छ । कम्पनीले लिनुपर्ने रकम भने ३८ प्रतिशतले बढेर ४२ करोड ५५ लाख रुपैयाँ पुगेको छ । यसमा सुधार गर्नुपर्ने देखिन्छ । यसले कम्पनीले बजारबाट पैसा उठाउन सके नसकेको देखाउँछ । ह्रास कट्टी खर्चमा वृद्धि देखिदैन । यसमा १ करोड २१ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीका सामानहरुको पुन खरीदलाई यो रकम प्रयोग हुनेछ । कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३० पैसा, मूल्य आम्दानी अनुपात ५८ दशमलव ३९ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ८२ रुपैयाँ छ । कम्पनीको १ रुपैयाँको कमाईलाई बजारका लगानीकर्ताले ५८ रुपैयाँसम्म हालिरहेको मूल्य आम्दानी अनुपातले देखाउँछ । सेयर विश्लेषण पछिल्लो समय कम्पनीको सेयर कारोबारमा तीव्रता आएको छ । पछिल्लो १ वर्षमा कम्पनीको सेयर कारोबार दैनिक औसत ३ हजार कित्ताको दरमा भइरहेको छ । यो दरमा वृद्धि भएर ८ हजार कित्तासम्म पुगेको छ । कम्पनीको आरएसआई सूचक ४२ छ । यसले कारोबार सन्तुलित क्षेत्रमा रहेको संकेत गर्छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । बोनस सेयर समायोजन पछि पनि ७ दिने रेखा २१ दिनेभन्दा माथि रहेकोले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गरिरहेको छ । तर, यी रेखा नजिकिएकोले ध्यान दिनुपर्ने देखिन्छ । पीभट विश्लेषणले आगामी महिना काराबोरमा १ हजार २ सय ६८ मा पहिलो प्रतिरोध र १ हजार १ सय ६९ मा पहिलो टेवा पाउने संकेत गर्छ । कम्पनीको सेयर मूल्यले अन्तिम दुई दिनमा ग्रेभस्टोन डोजी आकृति बनाएको छ । यसको शुरुमा ठूलो आकारको कालो मारुबोजु अन्तिम दिन कालो डोजी बनेको हो । डोजीको माथिल्लो धागो शरीरभन्दा दोब्बर मात्रै छ भने तल्लो धागो लगभग छदैछैन भन्ने तहको छ । यसले मूल्य बढ्ने संकेत गरेपनि यो दरिलो संकेत होइन । अर्को दिनको कारोबारमा मूल्य डोजीको आकारभन्दा माथिबाट खुले बजार बढ्ने सुनिश्चित हुन सकिन्छ ।